श्रीलंकाको राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे र राजापाक्षे भिड्ने सम्भावना
नेपालबहस संवाददाता
बैशाख २०, २०८१ बिहिबार ९:४९:५
२० वैशाख, काठमाडौं । श्रीलंकामा राष्ट्रपतीय निर्वाचन नजाकिँदै छ र त्यसलाई लिएर राजनीतिमा हलचल मच्चिएको छ । यसैबीच राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि निर्वाचनमा उम्मेदवार बन्ने बताइएको छ । यदि विक्रमसिङ्घेले आफ्नो दाबी प्रस्तुत गरे भने उनले आफ्नै मन्त्रीमण्डलका सहकर्मी विजयादास राजापाक्षेबाट चुनौती सामना गर्न सक्ने मिडिया रिपोर्टमा बताइएको छ । राजापाक्षे हाल श्रीलंकाको कानून मन्त्रीको पदमा छन् ।
श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी) का अध्यक्ष तथा पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नोभेम्बर १५ अघि हुने राष्ट्रपति चुनावमा ६५ वर्षीय विजयादास राजापाक्षे आफ्नो पार्टीको उम्मेदवार हुने बताएका छन् । सिरिसेनाले राजापाक्षे एसएलएफपीका लागि उपयुक्त उम्मेदवार भएको बताए ।
यसअघि राजपाक्षे श्रीलंका पोदुजाना पेरामुना (एसएलपीपी) पार्टीको सदस्य थिए, जुन अहिले फुटेको छ । यो पार्टी महिन्दा राजापाक्षेप्रति वफादार युनाइटेड पिपुल्स फ्रिडम एलायन्सका नेताहरूको भेला थियो । ७५ वर्षीय विक्रमासिङ्घे एसएलपीपी नेताहरूको टोलीको नेतृत्व गरिरहेका छन् । यसबाहेक, पार्टीका अन्य सदस्यहरू विपक्षी नेता सजित प्रेमदासको नेतृत्वमा रहेको समगी जन बलवेगया (एसजेबी) राजनीतिक गठबन्धनमा आवद्ध छन्। विशेष कुरा के छ भने यो निर्वाचनमा एसएलपीपीले उम्मेदवार दिने सम्भावना देखिँदैन । वास्तवमा, पार्टीले २०२२ मा ठूलो विरोधको सामना गर्यो, जब प्रदर्शनकारीहरूले श्रीलंकाको आर्थिक संकटको लागि राजपक्षे परिवारलाई दोष दिए ।
अर्कातर्फ, विक्रमसिङ्घेले आफ्नो उम्मेदवारी घोषणा गरेका छैनन्, यद्यपि उनी देशलाई दिवालियापनबाट बाहिर ल्याउनका लागि पुन: चुनावका लागि क्रसपार्टी समर्थनमा भरोसा गरिरहेका छन् । अर्कातर्फ प्रमुख प्रतिपक्षी दलका नेता सजिथ प्रेमदासा र माक्र्सवादी जनता विमुक्ति पेरामुना (जेभीपी) पार्टीकी नेतृ अनुरा कुमारा दिसानायकेले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
सिरिसेनाको पार्टी एसएलएफपी अप्रिलको सुरुदेखि नै अस्तव्यस्त रहेको देखिन्छ । यस अवधिमा उनले राजापाक्षेलाई पार्टीको कार्यवाहक अध्यक्षको रूपमा मनोनयन गरे तर अदालतको आदेशले सिरिसेनालाई नेताको रूपमा प्रतिबन्ध लगाइदिएको थियो ।
यति मात्र होइन, अदालतले राजापाक्षेलाई काम गर्नबाट रोक्न पनि आदेश दिएको थियो । समग्रमा सिरिसेना र पूर्व राष्ट्रपति चन्द्रिका कुमारतुंगा नेतृत्वको दुई समूह गम्भीर कानुनी विवादमा फसेका छन् ।
श्रीलंकाको आगामी राष्ट्रपतिको निर्वाचन सेप्टेम्बरदेखि अक्टोबरको बीचमा हुँदै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजिप्टबाट केरम शालोम हुँदै सहायता ट्रकहरू गाजामा प्रवेश
जेठ १३, २०८१ आइतबार
राजकोट आगलागी : मालिक र व्यवस्थापक सोधपुछका लागि प्रहरी नियन्त्रणमा
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा डोजर चालकको मृत्यु
जेठ १३, २०८१ आइतबार
तिनाउ नदीमा डुबेर आज एक जनाको मृत्यु
जेठ १२, २०८१ शनिबार
छ सय ६० जना गर्भवती र सुत्केरीको हवाई उद्धार
जेठ १३, २०८१ आइतबार
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन अनुरोध
जेठ १३, २०८१ आइतबार
पौने चार करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु , डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
इजिप्टबाट केरम शालोम हुँदै सहायता ट्रकहरू गाजामा प्रवेश
जेठ १३, २०८१ आइतबार
राजकोट आगलागी : मालिक र व्यवस्थापक सोधपुछका लागि प्रहरी नियन्त्रणमा
जेठ १३, २०८१ आइतबार