खगराजले आइतबार विश्वासको मत लिने, एमालेका कारण सोडारी अन्योलमा
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार १४:४८:३१
२१ वैशाख, काठमाडौं । बहुमतको विवादमा परेको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिने भएका छन् । उता, आजका लागि विश्वासको मत लिने समय लिइसकेका सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई सत्ता सहयात्री दल नेकपा एमालेले धोका दिएका कारण अलमलमा परेका छन् ।
गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने भएका हुन् । विश्वासको मतका लागि आइतबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा अधिकारी गत चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री अधिकारीले सभामुखलाई गणना गरेर दाबी पेस गरेपछि निवर्तमान मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गत चैत २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट सर्वोच्च वैशाख १७ गते खारेज गरिदिएको थियो ।
अधिकारीलाई २ सीट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समर्थन गर्ने भनिएपछि नगर्ने संकेत गरेको छ । यो अवस्थामा विश्वासको मत पाउन सकस देखिन्छ । तर, सर्वोच्चको व्याख्याअनुसार ३० सांसदको समर्थन हुँदा बहुमत पुग्ने गठबन्धन नेताहरू दाबी गर्दै आएका छन् । कांग्रेसका नेताहरू भने विश्वासको मत लिँदा बहुमतका लागि ३१ जनाकै समर्थन हुनुपर्ने अडान लिएका छन् । गण्डकी प्रदेशसभामा ६० जना सांसद छन् ।
यता, विश्वासको मत लिने प्रयोजनाका लागि शुक्रबार बोलाइएको सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित हुने सम्भावना देखिएको छ । दलहरूबीच सहमतिको प्रयास असफल भएपछि सभामुख भीम भण्डारीले शुक्रबार साँझ ५ बजेका लागि बोलाइएको बैठक स्थगित गर्ने तयारी गरेका छन् ।
अर्को बैठक कहिले राख्ने भन्नेबारे सभामुख भण्डारीले अहिले छलफल अघि बढाएका छन् । मुख्यमन्त्री सोडारीलाई सत्ता गठबन्धनकै दलहरूको साथ नमिल्ने भएपछि विश्वासको मतको कार्यक्रम स्थगित हुने भएको हो । सहमतिको अधिकतम प्रयास गर्दा पनि सफल हुन सकेको छैन, अब बैठक स्थगित गर्नेबारे छलफल चलिरहेको छ ।
शुक्रबार प्रदेश सभा बैठकअघि बस्ने भनिएको कार्य व्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेन । बिहान ८ बजे तय भएको बैठक दिउँसो २ बज्दा पनि बस्न सकेन । सत्तारुढ दल एमालेको अडानले सोडारीले विश्वासको मत लिने कार्यक्रम अनिश्चित बनेको हो । एमालेले शुक्रबार विश्वासको मत नदिने अडान लिइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘आलुचिप्स’ का लागि उपयोगी हुने आलु खेती गरिँदै
जेठ १०, २०८१ बिहिबार
महेन्द्रनगरमा अवैध संरचना हटाउन थालियो
जेठ ९, २०८१ बुधबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध
जेठ १३, २०८१ आइतबार
अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द
जेठ १३, २०८१ आइतबार
निजामतीमा महिलाको प्रतिनिधित्व १३ दशमलव ६ प्रतिशत
जेठ १३, २०८१ आइतबार
स्वास्थ्य मन्त्रालयको बेरुजु ३ अर्ब
जेठ १३, २०८१ आइतबार
पत्नी बलात्कार मुद्दामा निलम्बित न्यायाधीश गिरी दोषी ठहर
जेठ १३, २०८१ आइतबार
ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच सबै स्थानीय तहको केन्द्रसम्म
जेठ १३, २०८१ आइतबार