रुखमा टाँगिएको जोखिमयुक्त तारको साहारमा उपभोक्ता सेवा लिन बाध्य
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार १५:३:५०
२१ वैशाख, स्याङ्जा । स्याङजाको वालिङ ६ पाण्डेगाउँमा विद्युत गएको झण्डै तीनदशक पुगेको छ । तीनदशक देखी यहाँका बासिन्दाले रुखको सहारामा विद्युत सेवा प्रयोग गर्दै आएका छन् । टुकी बालेर रात गुजारेका यहाँका नागरिकलाई गाउँमा विद्युत सेवा आइदिए मात्रै हुन्थ्यो भन्ने आशा थियो । तर रुखमा बाँधिएर लगिएको विद्युत कति गुणस्तर र जोखिम हुन्छ भन्ने थाहा समेत थिएन ।
तर अहिले सम्म पनि रुखमा टाँगिएको जोखिमयुक्त तारको सहारामा उपभोक्ताहरू सेवा लिन बाध्य छन् । रुखमा टाँगिएर लगिएको विद्युत कति जोखिम हुन्छ भन्ने विषयमा अनविज्ञ रहेका पाण्डे गाउँका मानिसलाई बिजुली बत्ति आए मात्रै हुन्छ भन्ने लागेको थियो । तर अहिलेसम्म पनि रुख हटाएर पोलमा ति तारहरु सारिएको छैन । पाण्डे गाउँ मात्रै होइन झण्डै तीन दशक देखी वालिङ ८ भिमटारीका नागरिक पनि रुखमै टाँगिएको तार मार्फतको विद्युत प्रयोग गर्न बाध्य छन् ।
नगरपालिकाको राजधानी रहेको वडामा त यस्तो अव्यवस्थित सेवा प्रवाह गरेको वीपीसीले अन्य क्षेत्रमा समेत गुणस्तरीय सेवा प्रवाह गर्न सकेको छैन भन्ने तथ्य सहजै अनुमान गर्न सकिन्छ । बुटवल पावर कम्पनी मार्फत आँधीखोला जलविद्युत केन्द्रले वितरण गरेको विद्युत सेवा लामो समयदेखि गुणस्तरीय भएन भन्ने गुनासो आइरहे पनि अहिलेसम्म यसतर्फ कसैको ध्यान पुगेको छैन ।
यी दुई गाउँ जोखिमयुक्त सेवा लिने प्रतिनिधि मात्रै हुन । वीपीसीले वितरण गरेको भीरकोट, वालिङ, गल्याङ, चापाकोट र रामपुर नगरपालिकाका ग्रामीण क्षेत्रमा अझै पनि रुखमा टाँगेको कालो तारको विद्युत सेवा लिन उपभोक्ता बाध्य छन् । स्याङ्जा र पाल्पाका झण्डै ४० हजार घरधुरीमा वीपीसीले विद्युत सेवा प्रवाह गरेको छ । कति प्रतिशत घरधुरीले जोखिमयुक्त बत्ति बालेका छन् भन्ने तथ्याङ्क वीपीसीसगँ छैन ।
कम्पनीका वितरक प्रमुख प्रकाश श्रेष्ठका अनुसार रुखको साहारमा सेवाग्राहीले बत्ति बालेको स्विकार गरे । कति प्रतिशत नागरिकले जोखिमयुक्त बत्ति बालेका छन् भन्ने तथ्याङ्क छैन उनले भने, ‘तर यसको स्टिमेट भने निकालिएको छ, अब छिट्टै रुखबाट झिकेर पोलमा सार्छौं ।’ बजेट धेरै लाग्ने भएकाले यो काममा ढिलाई भएको हो उनले भने । आँधीखोला जलविद्युत केन्द्रबाट उत्पादित विद्युतमा घाटा भएकाले महसुल समायोजन गरिदिन श्रेष्ठले आग्रह समेत गरे ।
विद्युत प्राधिकरणले पटक—पटक महशुल बढाउन पाउदा वीपीसीले बढाउन पाएन उनले भने, ‘महसुल बृद्धि नहुँदा कम्पनीले गुणस्तरीय सेवा प्रवाह गर्न कठिन भयो ।’ जसले गर्दा नागरिकलाई गुणस्तरीय विद्युत सेवा प्रवाह गर्न पाएका छैनौ भन्ने महसुस हामीलाई भएको छ उनले भने । अहिलेको उत्पादनले कर्मचारी व्यवस्थापन खर्चमा मात्रै पुग्ने भएकाले कम्पनी अप्ठ्यारोमा परेको श्रेष्ठले बताए ।
२०४९ सालदेखी स्याङ्जाको गल्याङमा आँधीखोलाबाट ५ दशमलव १ मेगावाट विद्युत उत्पादन गर्दै शुरु गरेको आयोजना अहिले ९ दशमलव ४ मेगावाट विद्युत उत्पादन गर्दै आएको छ । विद्युत उत्पादन गरेदेखी पहिलो पटक गल्याङमा वितरण शुरु गरेको वीपीसीले अहिले सम्म हरिया रुखलाई प्रयोग गरेर विद्युत सेवा दिदै आएको छ । गुणस्तरीय सेवामा ध्यान दिन नसकेको कम्पनीले अहिले घाटा भयो भन्दै विद्युत नियमन आयोगमा विद्युत महसुल समायोजन गरिदिन प्रतिवेदन पेश गरेको छ । बुटवल पावर कम्पनीले प्रवाह गरेको विद्युत सेवाबाट स्थानीय सरकारका प्रमुखहरु समेत सन्तुष्ट छैनन् ।
अस्तव्यस्त बनाएर सेवा प्रवाह गर्दा नागरिकले असुरक्षित विद्युत सेवा प्रयोग बाध्य भएको स्थानीय सरकारका प्रमुखहरु बताउँछन् । गुणस्तरीय सेवा दिएर मात्रै विद्युत महसुल समायोजन हुनुपर्ने माग उनीहरुको छ । यस तर्फ विद्युत नियमन आयोगको ध्यान जान समेत उनीहरुले माग गरेका छन् । कम्पनीले वितरण गरेको क्षेत्रमा पुगेर अनुगमन गरिदिन समेत आयोगललाई स्थानीय सरकारका प्रमुखहरुको भनाई छ । कहिले हट्ला जोखिम : वालिङ ८ भिमटारी गाउँमा रुखमा झुण्डाइएको विद्युतको तार । रुखलाई विद्युतको पोल बनाएर वीपीसीले जोखिमयुक्त विद्युतीय सेवा दिँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँ छिर्दा र बाहिरिँदा खोलेको तगारो नलगाए जरिवाना तिर्नुपर्ने
जेठ १३, २०८१ आइतबार
गण्डकीका एक लाख १० हजार बालबालिकालाई आइपिभी खोप
जेठ १२, २०८१ शनिबार
निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल
जेठ ११, २०८१ शुक्रबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा डोजर चालकको मृत्यु
जेठ १३, २०८१ आइतबार
बूढानीलकण्ठका मेयरसहित तीन वडाअध्यक्षलाई एक महिना कैद गर्न अदालतको आदेश
जेठ १३, २०८१ आइतबार
सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब
जेठ १३, २०८१ आइतबार
दक्षिण एसियामा सबैभन्दा बढी वन क्षेत्र भुटानको, सबैभन्दा कम अफगानिस्तानको
जेठ १३, २०८१ आइतबार
राप्रपा नेपालले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान संचालन गर्ने
जेठ १३, २०८१ आइतबार
चालु आवमा थप तीन लाख जनसङ्ख्यामा सुरक्षित खानेपानी सेवा
जेठ १३, २०८१ आइतबार
चालू आवमा नेपालीको प्रतिव्यक्ति आय बढ्ने, कति बढ्यो त ?
जेठ १३, २०८१ आइतबार