श्रीराम हस्पिटलको आयोजनामा १४ महिलासहित ६० जनाले गरे रक्तदान
आबिद हुसेन
बैशाख २२, २०८१ शनिबार १९:२९:३६
२२ वैशाख, वीरगञ्ज । श्रीराम हस्पिटलको आयोजनामा वीरगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । वीरगञ्जको बिर्तास्थित श्रीराम हस्पिटल परिसरमा सम्पन्न कार्यक्रममा १४ जना महिलासहित ६० जनाले रक्तदान गरेको स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा। प्रिती यादवले जानकारी दिइन् ।
अहिले अस्पतालका शैयामा कयौं बिरामीहरू रगतको अभाव भई उपचारमा बाधा भएको भन्ने बिभिन्न सञ्चारमाध्यममा सुनिएको र रगतको अभाव हुन नदि मद्दत पुगने भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए ।
डा. यादवकाअनुसार नम्रता घिमिरे, ईशा बराल, प्रिती रिमाल, अमृता श्रेष्ठ, ज्योतीलाल पण्डित, डा. मनिष खन्ना, डा. सुनिल यादव, अम्जद अन्सारी, बिक्कि सर्राफ, शशांक लामा, डा. रामनरेश यादव, प्रेम भण्डारी लगायतले रक्तदान गरेका हुन् ।
अस्पतालकी प्रबन्ध निर्देशक स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. दिप्ती यादवको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ बालरोग विशेषज्ञ डा. श्यामसुन्दर यादवले निजी अस्पताल भएर पनि सामाजिक क्षेत्रमा सक्रिय रहेको भन्दै श्रीराम अस्पतालको सह्राना गरे । साथै अरु निजी संघ संस्थाले पनि सामाजिक क्षेत्रमा योगदान दिनुपर्नेमा उनले जोड दिए ।
श्रीराम हस्पिटलले यो सहित लगातार तेस्रो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको डा. दिप्ती यादवले बताइन् । अहिले बढ्दै गरेको गर्मीका कारण रगतको माग पनि वृद्धि भएको अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ । उनकाअनुसार रक्तदान गर्ने सबै रक्तदातालाई प्रमाण पत्रका साथै विरुवा पनि प्रदान गरिएको थियो ।
कार्यक्रममा मधेश प्रदेशकी पूर्व प्रदेश सभा सदस्य एवम् जनता समाजवादी पार्टी 'जसपा' की केन्द्रीय सदस्य भिमा यादव, वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक पुस्कर बोगटी, वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, रामप्रसाद यादव लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमा रक्तसञ्चार केन्द्र वीरगञ्जका सौरभराज पाण्डे नेतृत्वको टोलीले प्राविधिक सहयोग गरेको थियो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
जग्गा विवादको क्रममा कोदालोले प्रहार गर्दा एक जनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार