माधव नेपाल लाइनमा नआएसम्म सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत नदिन ओलीको निर्देशन
नेपालबहस संवाददाता
बैशाख २३, २०८१ आइतबार ११:५:१५
२३ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशबाट सत्ता समीकरणमा पेचिलो खटपट सुरु भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समीकरणको हित विपरित काम गरको भन्दै सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले विश्वासको मत अड्काएर राखेको छ । विश्वासको मत लिन डाकिएका दूई वटा बैठक स्थगित भएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिन हतार नगर्न नेपालहरुलाई निर्देशन दिएपछि सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको पद धरापमा देखिएको छ । सोडारीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभाको बैठक छाडेर काठमाडौं आएका एमाले नेताहरुलाई अध्यक्ष ओलीले तत्काल विश्वासको मत दिने कुरा नहुने बताएका छन् ।
नेकपा एसका अध्यक्ष माधव नेपाललाई साइजमा ल्याउन ओलीले विश्वासको मत रोक्न निर्देशन दिएका छन् । एमाले सुदूरका प्रमुख सचेतक सुरेन्द्र पाल, पूर्वमुख्यमन्त्री समेत रहेका एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललगायतका नेतालाई ओलीले हतार नगर्न निर्देशन दिएका हुन् ।
ओलीसँगको भेटपछि दलका नेता रावलले अध्यक्ष निवास बालकोटमा करिब साढे २ घण्टासम्म कुराकानी भएको र मुख्यमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा हतार नगर्न निर्देशन दिएको बताए । ६ वैशाख एमालेसहित गठबन्धनमा आवद्व दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा एसका सोडारीले २१ वैशाखमै विश्वासको मत लिने तयारी गरेका थिए । तर, एमालेले विश्वासको मत दिन नसकिने अडान लिएपछि प्रदेश सभाको बैठक अनिश्चितकाललाई स्थगित गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च
जेठ १, २०८१ मंगलबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार