रायोको साग बेचेर वार्षिक लाख आम्दानी
नेपालबहस संवाददाता
बैशाख २३, २०८१ आइतबार १३:२०:५०
२३ वैशाख, गलकोट 'बागलुङ' । गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन् । गाउँबाट बजार पठाउने स्थानीय उत्पादन नभएपछि अहिले अधिकांश गाउँमा आयातीत उत्पादनको उपभोग हुने गर्दछ ।
तर बागलुङको रायडाँडामा भने यो लागु हुँदैन । यहाँका किसानले सवारीसाधन कृषि उपजले भरेर बजार पठाउने गरेका छन् । यहाँ बाह्रैमास रायोको साग उत्पादन हुन्छ । अहिले यहाँको रायोको साग बागलुङ बजार हुँदै पोखरासम्म पुग्ने गरेको छ । कृषिमा निकै सम्भावना बोकेको रायडाँडामा उत्पादन भएको साग अहिले ब्राण्ड बनिसकेको छ । यहाँका किसानले व्यावसायिक रुपमा नै रायोको साग खेती गर्दै आएका छन् । रायडाँडाबाट प्रत्येक बिहान रायोको सागले भरिएको जीप बागलुङ बजार आउने गरेको छ ।
रायडाँडाको धारापानी गाउँ कृषिमा आत्मानिर्भर रहेको छ । यहाँका किसानले दैनिक एक पिक आप जिप भरी साग मात्रै बागलुङ बजार पठाउँदै आएको स्थानीय हिराबहादुर थापाले बताए । थापाले यहाँको साग मौसमी र बेमौसमी दुबै समयमा उत्पादन भइरहेको बताए । “दैनिक जसो एक जीप भरी रायोको साग बागलुङ बजार पुग्छ, चिसो ठाउँमा उत्पादन भएको रायोको साग बागलुङ बजारका व्यवसायीले धेरै मूल्य पाउन पोखरा पठाउने गरेका छन्”, थापाले भने, “हिले रायडाँडाको साग भनेपछि मूल्य बढी पर्न थालेको छ, रायडाँडाको साग पाएपछि उपभोक्ताले मूल्यमा सम्झौता गर्दैनन्, अहिले ताराखोलाको आलु र भाङ्गो भनेजस्तै रायडाँडाको साग भन्ने ब्राण्ड नै बनिसकेको छ ।”
यहाँका बालिका थापा, रुद्रबहादुर थापा, दलबहादुर थापा, चन्द्रबहादुर थापा, तिलमाया थापा, टीकाबहादुर थापाले वार्षिक दुई लाखसम्म सागबाटै कमाउने गरी पाखोबारी भरी साग खेती गर्दै आएको बताए ।
रायडाँडा टाढाको गाउँ भएकाले वर्षाद्मा भने बजारीकरणका लागि अझै समस्या रहेको थापाको भनाइ छ । वर्षाद्मा गाडी नचल्दा उत्पादन भएको साग गाई भैँसीलाई हाल्नुपर्ने बाध्यता रहेको स्थानीय कृषकको भनाइ छ । “एक वर्षमा रायोको साग मात्रै बिक्री गरेर एउटा किसानले तीन लाखसम्म कमाएको रेकर्ड छ, बजारमा मूल्य भने स्थिर छैन, अहिले धारापानीबाट एउटा जीपभरी साग मात्रै बजार जान्छ, कहिले धेरै कहिले थोरै मूल्य पर्छ, न्यूनतम रु २० मुठोमा बिक्री भएको पाइन्छ, त्यहाँका व्यापारीले हाम्रो साग पोखरा पठाएको पाइन्छ” साग किसान बालिकाले भनिन्, “यहाँको कालो माटोमा रायोको साग निकै झाङ्गिन्छ, यहाँको साग खाएपछि अर्कोपटक माग आइहाल्छ, माग र उत्पादनलाई मिलाउन नसकेको मात्रै हो, बजारको तीन पसलमा रायडाँडाको रायोको साग जुनसुकै समयमा खरिद गर्न सकिन्छ ।”
साग सस्तोमा बिक्री भए पनि उत्पादन धेरै गर्न सके राम्रो फाइदा हुने स्थानीय रुद्रबहादुर थापाले बताए । यहाँको साग दैनिकजसो टिप्न सकिने बताउँदै थापाले माग बढेपछि उत्पादन बढाउन थालिएको बताए । “अहिले प्रचारप्रसार धेरै भएपछि माग समेत बढेको छ, रायडाँडाको साग पोखराका ठूला होटलमा समेत पुग्न थालेपछि साग खेती विस्तार गरिरहेका छौँ” उनले भने “गाउँबाट रित्ता सवारी पठाएर बजारबाट भरेर गाउँ ल्याउने चलनलाई रायडाँडाले फरक सन्देश दिएको छ, यहाँबाट प्रत्येक दिन रायोको साग, मुला, काउली र बन्दाले भरिएको जीप बागलुङ बजार पुग्छ ।”
बसाईसाईको चपेटामा रहेको रायडाँडाको धारापानीमा बगर बस्ती भएकाले कम बसाईसराई छ । रायडाँडावासीले रायोको सागसँगै मुला, काउली र बन्दा समेत उत्पादन गर्दै आएका छन् । बागलुङ नगरपालिकाको सबैभन्दा टाढाको गाउँका रुपमा रहेको ११ नम्बर वडा रायडाँडा बसाईसराईले उजाडिएको गाउँ हो । तर यहाँको रायडाँडाको धारापानीका किसानले साग बिक्रीबाटै राम्रो आम्दानी समेत गर्दै आएका छन् ।
यहाँ उत्पादन भएको रायोको साग निकै स्वादिष्ट भएपछि उपभोक्ताले खोजी–खोजी खाने गर्दछन् । यहाँको सागलाई सुरुमा सहकारीमार्फत् बजारीकण गर्न सघाएको बागलुङ नगरपालिका–११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिए । उनले किसानलाई बजारीकरणमा सघाएपछि अहिले किसानले आफैँ बिक्री गर्न थालेको गोतमको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार