संसद अवरुद्धबारे रणनीति बनाउन कांग्रेसले बोलायो दलको बैठक
नेपालबहस संवाददाता
बैशाख २३, २०८१ आइतबार १६:२२:०
२३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले वैशाख २७ गते बस्ने गरी संसदीय दलको बैठक बोलाएको छ । सरकारले सहकारी ठगीको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति नबनाए संसद चल्न नदिने कांग्रेसको रणनीति छ । यसै विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट वैशाख २८ गते बजेट अधिवेशन आह्वान गरेका छन् । कांग्रेसले वैशाख २७ गते दिउँसो १ बजे संसदीय दलको कार्यसमिति र २ बजे दलको बैठक बोलाएको छ । नयाँ बानेश्वरस्थित लोत्सेहलमा बस्ने दलको बैठकमा संघीय संसदको बजेट अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल गर्ने कांग्रेसले जनाएको छ ।
सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग कायमै राखेको छ । कांग्रेसले अडान नछोडेपछि सत्ता पक्षले पनि सहकारी छानबिनका लागि संसदीय समिति बनाउने विषयमा मध्यमार्गी प्रस्ताव बनाउने तयारी गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार