गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत मागेपछि ३० मिनेटका लागि बैठक स्थगित
नेपालबहस संवाददाता
बैशाख २३, २०८१ आइतबार १७:०:२२
२३ वैशाख, पोखरा । गण्डकी प्रदेशको प्रदेशसभा बैठक ३० मिनेटका लागि स्थगित गरिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेपछि गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।
आइतबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले प्रदेशसभा सदस्यहरुसँग विश्वासको मत मागेका छन् । उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेताले धारणा राखेपछि सभामुख कृष्ण धितालले सभा आधा घण्टाका लागि स्थगित गरेका हुन् ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । सत्तारुढ नेकपा एमालेसँग २२, नेकपा माओवादी केन्द्रसँग ७ र स्वतन्त्र सांसद दीपक मनाङेसमेत गरी उनको पक्षमा ३० प्रदेशसभा सदस्य देखिएका छन् ।
त्यसअघि माओवादी केन्द्रले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाए मध्यावधि चुनाव हुने खतरा रहेको बताएको ट । मध्यावधि निर्वाचन रोक्न मुख्यमन्त्रीलाई विश्वासको मत दिनुपर्ने माओवादीको भनाइ छ । नेपाली कांग्रेसले भने मध्यावधिको धम्की नदिन भनेको छ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिए मध्यावधिमा जान्छ भनेर नधम्क्याउन आग्रह गरेका छन् ।
मुख्यमन्त्री अधिकारीले मागेको विश्वासको मतमाथिको छलफलमा बोल्दै मुख्यमन्त्री पाण्डेले सरकार निर्माण हुने संविधानका अन्य धाराहरु बाँकी नै रहेकाले मध्यावधिमा जान्छ भनेर नतर्साउन आग्रह गरेका हुन् । माओवादीका नेता हरिबहादुर चुमानले मध्यावधिमा जाने होइन भन्ने आशंका गर्दै खगराजलाई मत दिनु भनेको मध्यावधिलाई रोक्नु भएको बताएका थिए । चुमानलाई जवाफ दिँदै निवर्तमान मुख्यमन्त्री पाण्डेले कसैलाई मध्यावधिमा जान्छ भनेर नतर्साउन आग्रह गरेका हुन् ।
गम्भीर मोडमा उभिएको चुमानको भनाइलाई जवाफ दिँदै पाण्डेले तेस्रो पटक स्थिरताका लागि संसदमा उभिएको भन्दै व्यंग्य गरे । समाजवादको बिऊ रोप्न कसले रोकेको थियो भन्दै माओवादी नेता चुमानप्रति पाण्डेको प्रश्नसमेत गरे । मुख्यमन्त्री खगराज अधिकारीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थन गर्दै चुमानले यसै यसै जाँदा मध्यावधितिर जाने त होइन, मध्यावधितिर जाने खतरा त छैन भनेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीलाई पूूर्णखोप सुनिश्चितता दिगोपना घोषणा
जेठ १, २०८१ मंगलबार
प्लाष्टिकजन्य निषेधित वस्तु प्रयोगमा रोक लगाउने तयारी
बैशाख ३१, २०८१ सोमबार
बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
बैशाख ३०, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार