गण्डकीका मुख्यमन्त्रीको विश्वासको मत विवादमा, कांग्रेस अदालत जाने
नेपालबहस संवाददाता
बैशाख २३, २०८१ आइतबार १९:४६:१२
२३ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत पाएको घोषणा गरिएको छ । गण्डकी प्रदेशमा आज भएको मत विभाजनमा मुख्यमन्त्री अधिकारीले पेश गरेको विश्वासको मतको पक्षमा ३० मत परेको थियो भने विपक्षमा २७ मत परेको थियो । त्यस्तै २ मत तटस्थमा परेको थियो । मतदान प्रक्रियामा ५९ सदस्यले भाग लिएका थिए ।
६० सदस्यीय प्रदेश सभामा बहुमतको लागि ३१ मत आवश्यक रहको अवस्थामा सभामुख कृष्ण प्रसाद धितालले संविधान अनुसार निर्णायक अवस्थामा आफूले मत दिन पाउने भन्दै मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए । सभामुखले घोषणा गर्नासाथ कांग्रेसका सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए ।
अब यो विषय फेरी अदालतमा पुग्ने भएको छ । चैत २५ गते मुख्यमन्त्री पदमा नियुक्त भएका अधिकारीले सरकार दाबि गर्दा सभामुखको मत गणना गरेको भन्दै सर्वोच्चमा रिट दायर भएकोमा सर्वोच्चले प्रदेश सभाबाट विश्वासको मत लिएर नै सरकारको बहुमत तय हुने भन्दै रिट खारेज गरेपछि मुख्यमन्त्रीलाई विश्वासको मत लिने बाटो खुलेको थियो ।
नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले आफुहरु फेरी अदालत जाने बताएका छन् । उनले सभामुखले संविधान विपरीत काम गरेको भन्दै आफुहरु फेरी अदालत जान बताएका हुन् ।
गण्डकी प्रदेशसभामा जम्मा ६० सदस्य हो । प्रदेशसभामा सभामुखलाई गणना नगर्दा ५९ हुन्छ । ५९ को ३० बहुमत भयो भन्ने अदालतको आदेश छ । तर संविधानको गणपूरक संख्या र मतदानसँग सम्बन्धित प्रावधानमा सम्पूर्ण सदस्यको बहुमतबाट गर्नुपर्ने व्यवस्था छ । यो भनेको कुल संख्या नै हो । कुल संख्या भनेको ३० भएकाले बहुमत पुग्न ३१ नै हुनुपर्छ ।
यहाँ मुख्यमन्त्री नियुक्तिको विवाद निरूपणका सवाले सर्वोच्चले बोलेको कुरालाई विश्वासको मतमा लगेर जोड्न खोजिएको छ । संविधानको धारा १६८ (२) मा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति गर्न सक्नेछ भनेर भनिएको छ । गण्डकीमा मुख्यमन्त्रीका लागि दुइटा दाबी थिएनन् ।
यस्तो अवस्थामा सभामुखलाई बाहेक गर्दा पनि ३० अर्थात् बहुमत नै भएकाले संसद्मा विश्वासको मत प्राप्त गर्न सक्ने बलियो सम्भावना अधिकारीमा देखिएको थियो । त्यसैले त्यही कुरा सर्वोच्चले बोलेको थियो । तर आइतबार कुल संख्यामा सभामुखलाई बाहेक गरेर विश्वासको मतमा पनि ३० मतलाई बहुमत भन्ने अर्थ लगाएर विश्वासको मत दिलाइयो ।
गण्डकीमा एमाले संसदीय दलका नेता अधिकारी मुख्यमन्त्री नियक्त हुँदा पनि सभामुख प्रयोग भएका थिए । २५ चैतमा अधिकारीले मुुख्यमन्त्री नियुक्तिका लागि पेश गरेको दाबीमा माओवादी संसदीय दलको संख्यामा सभामुख धिताललाई समेत गणना गरिएको थियो । आइतबार मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा धारणा राख्ने क्रममा कांग्रेस नेता पाण्डेले सभामुख दुरुपयोग हुन सक्ने आशंका गरेका थिए । उनले तटस्थ बस्न सभामुखलाई पटक–पटक आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकार बनेको महिना दिन पुग्दापनि सुदूरपश्चिममा मन्त्रिपरिषद्ले किन पूर्णता पाएन ?
जेठ १२, २०८१ शनिबार
देशमा संविधान र विधिको शासन हुनुपर्दछ : पूर्वराष्ट्रपति यादव
जेठ १२, २०८१ शनिबार
कार्यदलको बैठकमा जुटेन सहमति, टीओआर टुंग्याउन शीर्ष नेताको बैठक भोलि बस्ने
जेठ १२, २०८१ शनिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
जेठ १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १२, २०८१ शनिबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
सरकार बनेको महिना दिन पुग्दापनि सुदूरपश्चिममा मन्त्रिपरिषद्ले किन पूर्णता पाएन ?
जेठ १२, २०८१ शनिबार
देशमा संविधान र विधिको शासन हुनुपर्दछ : पूर्वराष्ट्रपति यादव
जेठ १२, २०८१ शनिबार
पत्रकार पूर्णिमाद्वारा सगरमाथा आरोहणमा विश्व कीर्तिमान
जेठ १२, २०८१ शनिबार
भारतको सहयोगमा दाङ जिल्लामा निमार्ण गरिएको विद्यालय भवनको उद्घाटन
जेठ १२, २०८१ शनिबार
‘थाइराइड देखिँदैमा सन्तान जन्मिदैन भन्ने भ्रममात्र’
जेठ १२, २०८१ शनिबार
नुवाकोटमा पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु
जेठ १२, २०८१ शनिबार