अशोक राईसँगको 'ब्रेकअप'ले राजनीतिक यात्राको कमजोर घुम्तीमा उपेन्द्र !
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार ८:११:३९
२४ वैशाख, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, २०७७ वैशाख ११ गते पार्टी उपाध्यक्ष रेणु यादवको नेतृत्वमा विभाजनको सँघारमा पुगेर रोकिएको थियो । यसैगरी २०७९ असार ३१ गते डा.बाबुराम भट्टराईले केही नेता लिएर जसपा नेपाल विभाजन गरे । भट्टराईले महिन्द्र राय यादव, रमेश यादवलगायत केही प्रभावशाली नेतालाई साथमा लिएर गएका थिए ।
त्यसको दुई वर्ष नपुग्दै जसपा फेरि विभाजनको सिकार भएको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्मा प्रतिनिधित्व गर्ने ७ सांसदहरू राईसहित नवल किशोर साह सुडी, रज्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन् । साथै उनीहरूसँग ३० जना केन्द्रीय सदस्य रहेका छन् ।
मधेसमा कमजोर भए उपेन्द्र
जनता समाजवादी पार्टी (जसपा) विभाजित भएपछि मधेश प्रदेशमा सबैभन्दा पहिलो असर देखिएको छ ।पार्टीका लागि मधेशमा प्रभावशाली मानिएका नेताहरु रेणु यादव, प्रदीप यादव, मोहम्मद इस्तियाक राई, वीरेन्द्र महतो, नवल किशोर साह आदि अशोक राईको पक्षमा छन् ।
मधेस प्रदेशका पश्चिमी भेगका जिल्लाहरूमा राई पक्षको वर्चश्व रहेको छ भने पूर्वी तराईका जिल्लाहरूमा डा.सीके राउत नेतृत्वको जनमत पार्टीको प्रभाव देखिन्छ । पर्सामा राम्रो जनलहर रहेको मानिएका प्रतिनिधिसभा सदस्य प्रदीप यादवको छिमेकी जिल्लाहरू बारा, रौतहट लगायतमा मजबुत प्रभाव रहेको मानिन्छ । त्यसैले यी जिल्लाका अधिकांश नेता कार्यकर्ताहरूले उपेन्द्रको साथ छाड्ने राजनीतिक क्षेत्रका जानकारहरुको विश्लेषण छ ।
मुलुककै आर्थिक नगरीको रुपमा परिचित वीरगञ्ज रहेको पर्सा जिल्लालाई जसपाको पकड जिल्लाका रुपमा चिनिन्छ । प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदीप यादव विजयी भएका छन् । कुल १४ वटा स्थानीय तहमध्ये ५ वटा जसपाले जितेको छ । मधेश प्रदेशकै एक मात्र महानगरपालिका रहेको वीरगञ्ज महानगरका प्रमुख (मेयर) राजेशमान सिंह पनि राई समूहमा मिसिएका छन् ।
उनी राई नेतृत्वको जसपाको केन्द्रीय सदस्य समेत बनिसकेका छन् । सिंह वीरगन्जको चर्चित एवं प्रभावशाली युवा नेताका रुपमा परिचित छन् । योसँगै सांसद यादव र मेयर सिंहले साथ छाडेपछि यस क्षेत्रमा उपेन्द्रको पार्टीको उपस्थिति लगभग शून्य जस्तै हुने आँकलन गरिएको छ ।
यसैगरी मधेश केन्द्रित दलको रुपमा परिचित जसपाले राष्ट्रिय पार्टी बनाउने हेतुले हिमाल र पहाडका जिल्लाहरूमा पनि संगठन विस्तार गर्दै लगेको थियो । अशोक राई, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरूको प्रभाव रहेका क्षेत्रहरूमा जसपाको पार्टी संगठन फैलिँदै जाने क्रममा थियो । पार्टी विभाजनसँगै यी क्षेत्रहरूमा उपेन्द्रको प्रभाव कम हुने देखिन्छ ।
संसदमा प्रतिस्पर्धी सीके राउत भन्दा पनि कमजोर
तराई मधेशको राजनीतिमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत र उपेन्द्र यादवलाई एक अर्काको कडा प्रतिस्पर्धीका रुपमा चिनिन्छ । सीके राउतसँगको टक्करका कारण २०७९ को प्रतिनिधि सभाको निर्वाचनमा सप्तरीमा तीतो हार चाख्नु पर्यो ।
संसद भवन पस्ने ढोका नै बन्द भएपछि उनले चोर बाटो खोजेर पछि बाराबाट निर्वाचित रामसाहय प्रसाद यादवलाई उपराष्ट्रपति बनाएर संसद भवनको यात्रा तय गरे । उनलाई जिताउन पर्साका सांसद प्रदीप यादव, मेयर राजेशमान सिंह लगायतका नेताहरूको ठूलो भूमिका रहेको थियो ।
पछिल्लो समय जनताका सवाल र मधेशको मुद्धालाई लिएर राउत नेतृत्वको जनमत पार्टीले प्रभाव बढाउँदै गएपछि उपेन्द्र यादवको प्रभाव कम हुँदै गएको अवस्थामा पार्टी विभाजनले झन कमजोर बनाएको छ ।
यतिबेला उनी माधव नेपालको एकीकृत समाजवादी भन्दा मात्रै होइन, उनका प्रतिस्पर्धी सीके राउतको जनमत पार्टीभन्दा पनि एक सीट कम अर्थात् जम्मा पाँच सांसदको नेतामा सीमित हुन पुगेका छन् । उनी यतिबेला आफ्नो राजनीतिक करिअरमा सर्वाधिक कमजोर घुम्तीमा आइपुगेका छन् ।
जसले आफू अमेरिका भ्रमणमा रहेका बेला पार्टी फुटको सामना गर्नुपर्यो । उनले दुई वर्षअघि आफ्नो दलबाट फुटेका महन्थ ठाकुर, राजेन्द्र महतो लगायतले लोसपा बनाउँदा पनि यत्रो संकट सामना गर्नुपरेको थिएन ।
पार्टी महाधिवेशनको मुखमा उनी कमजोर बन्न पुगेका छन् । यसको पहिलो असर सत्ता गठबन्धनमा परेको जस्तो देखिए पनि खास मूल्य मधेश प्रदेशको सरकारले चुकाउनुपर्नेछ । केन्द्रमा गठबन्धनको सरकार सुरक्षित बने पनि मधेशमा गठबन्धन फेरबदलको खतरा बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वप्रकाशको प्रश्न, महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था हो ?
जेठ १३, २०८१ आइतबार
गृहमन्त्रीको राजीनामा माग्दै संसददेखि सडकसम्म कांग्रेसको नाराबाजी
जेठ १३, २०८१ आइतबार
सत्ता गठबन्धनले देखाएको रवैया निरंकुशताउन्मुख र अनुदारवादी : महामन्त्री थापा
जेठ १३, २०८१ आइतबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा डोजर चालकको मृत्यु
जेठ १३, २०८१ आइतबार
तिनाउ नदीमा डुबेर आज एक जनाको मृत्यु
जेठ १२, २०८१ शनिबार
छ सय ६० जना गर्भवती र सुत्केरीको हवाई उद्धार
जेठ १३, २०८१ आइतबार
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन अनुरोध
जेठ १३, २०८१ आइतबार
पौने चार करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु , डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
इजिप्टबाट केरम शालोम हुँदै सहायता ट्रकहरू गाजामा प्रवेश
जेठ १३, २०८१ आइतबार
राजकोट आगलागी : मालिक र व्यवस्थापक सोधपुछका लागि प्रहरी नियन्त्रणमा
जेठ १३, २०८१ आइतबार