जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार १४:१:२५
२४ वैशाख, जनकपुरधाम । असमय मै प्रहरी प्रमुख एसपीको काज सरुवा गरेपछि तराईका जिल्लाहरूमा अपराधका घटनाहरू बढ्न थालेका छन् । नयाँ एसपी आएको उक महिना पनि नपुग्दै धनुषाका आधा दर्जन ठूला अपराधका घटनाहरू घटिसकेका छन् ।
पत्रकारको हत्यादेखि जघन्य हत्या कै अरु तीन ठूला घटना घटिसकेको जनकपुरमा आज फेरि लुटपाट काण्ड घटेको छ । जनकपुरमा बैंकबाट सहकारीका लागि लगिँदै गरेको रकम बाटोमै लुटिएको हाे । हतियारधारीले सहकारी संस्थाका कर्मचारीले बोकेको ८० लाख रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको हो । महतोले मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा भएको रकम लुटेको बताएका छन् ।
महतो बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै थिए । सहकारीका बचतकर्तालाई दिन सो रकम लगिएको र यस घटनाका विषयमा अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार
स्वर्णलक्ष्मी सहकारीका ५२८ जना पीडितले कालिमाटी प्रहरीमा दिए उजुरी
बैशाख १६, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार