संसद अधिवेशन अघि कांग्रेसका दुई बैठक, कस्तो आउँछ निर्णय ?
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार १०:४३:१
२६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले सरकारी ठगी प्रकरणमा सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको विषयलाई मुख्य आधार बनाएर देशभरका सहकारी ठगीबारे अनुसन्धान र छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग राखेर संसदको हिउँदे अधिवेशनमै लगातार आवज उठाएको थियो । यो माग अहिले पनि जारी नै छ ।
प्रतिनिधि सभाको अर्को बैठकमा संसदीय समिति बनाएको घोषणा सरकारले नगरे संसद बैठक चल्न नदिने अडान कांग्रेसले राखेकै कारण सरकारले समय नपुग्दै अधिवेशन अन्त्य गरेको थियो । अब पर्सि २८ गते संसदको बर्खे अधिवेशन बोलाइएको छ । समिति गठन नगरेसम्म संसद चल्न नदिने अडान कांग्रेसको कायमै छ ।
कांग्रेसको मागलाई लिएर सभामुख देवराज घिमिरेले सबै दलका शीर्ष नेतालाई राखेर यसै विषय छलफल चलाए । तर, सहमति भएन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समिति बनाउन सकारात्मक देखिए पनि सत्ता समीकरणको ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सकारात्मक छैनन् । उनले गृहमन्त्री रवि लामिछानेलाई समितिमा मुछ्न नसकिने भन्दै बचाउ गरिरहेका छन् ।
कांग्रेसका अनुसार २८ गते नेताहरूको सम्बोधनका लागि संसद् बैठक चल्न दिए पनि त्यसपछिको संसदीय कारवाही अगाडि बढाउन दिइने छैन । समिति नबने कांग्रेस नयाँ आर्थिक वर्षको बजेट नै संसदमा पेश गर्न नदिने रणनीति बनाउँदैछ । यसबारे छलफल गर्न आज बुधबार सभापति देउवाले बुढानिलकण्ठ निवासमा बैठक बोलाएका छन् ।
देउवाले पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका हुन् । बैठक दिउँसो २ बजे देउवा निवास बूढानीलकण्ठमा बस्नेछ । समसामयिक राजनीतिक परिस्थिति र २८ गतेदेखि सुरु हुने बजेट अधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
बजेट अधिवेशनमा कांग्रेसका सांसदहरूले उठाउने विषयबारे छलफल गर्न बिहीवार संसदीय दलको बैठकसमेत बोलाइएको छ । संसदीय दलको बैठक बिहीवार दिउँसो २ बजे बस्ने तय भएको छ । बर्खे अधिवेशन पनि भनिने बजेट अधिवेशनको पहिलो बैठक वैशाख २८ गते दिउँसो २ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दै छ । त्यो बैठकलाई कांग्रेसका दुई बैठकले कसरी लिन्छ भन्ने कुरा यतिबेला सरकारले पनि चासोका रुपमा लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबस्न सकेन कार्यव्यवस्था पराशर्म समितिको बैठक
जेठ ७, २०८१ सोमबार
सर्वोच्च छल्न हतारिए प्रधानमन्त्री, के होला विश्वासको मत ?
जेठ ७, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार
विष्णुमती नदीमा पानीको सतह बढ्यो
जेठ ७, २०८१ सोमबार
गुराँसेमा लगाइएको आलु खेती
जेठ ७, २०८१ सोमबार
सुन्तला खेतीका लागि प्रसिद्ध रहेको अर्जेवा गाउँ
जेठ ७, २०८१ सोमबार
गङ्गा गोदावरी सिद्वेश्वर महादेव मन्दिर
जेठ ७, २०८१ सोमबार