मनै लोभ्याउने जाकाराण्डा फूल !
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार १२:२५:३८
२६ वैशाख, ललितपुर । ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानस्थित चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको जाकाराण्डा फूलले त्यहाँ जाने हरेकलाई लोभ्याउने गरेको छ । यो वर्षमात्रै होइन हरेक वर्ष वसन्त ऋतुमा सातदोबाटोदेखि एकान्तकुनासम्मको सडक छेउमा जाकाराण्डा यसरी नै ढपक्कै फुलेको देखिन्छ । जसले चक्रपथ क्षेत्रको शोभासमेत बढाएको छ ।
महालक्ष्मीस्थान चोक, चापागाउँ दोबाटो चोक र थसीखेल चोकमा जाकाराण्डा फूलका ठूला रुखहरू छन् । अहिले हरेक दिन बेलुका पख फूललाई पृष्ठभूमिमा पारेर फोटो खिच्नेहरूको लाम लाग्ने गरेको छ । बैजनी रङ्गमा फुलेको जाकाराण्डा फूलको सुन्दर दृश्यमा धेरै जना रमाइरहेका देखिन्छन् ।
थसीखेल चोकमा फुलेको जाकाराण्डा देखेर मनै प्रफुल्ल हुने गरेको बताउँछन् स्थानीय वीरेन्द्र तितुङ । उनी भन्छन्, “हरेक वर्षको एकपटक जाकाराण्डा फुलेको देख्दा मन आनन्द हुन्छ । जाकाराण्डाले चक्रपथको मात्र नभएर वरपरको वस्तीको पनि शोभा बढाएको छ ।”
सोही फूलको दृश्य नियालिरहेका सर्जु रिजाल पनि जाकाराण्डा फूलले वर्षको एकपटक भए पनि वसन्त ऋतुको सम्झना गराउने गरेको बताउँछन् । विश्वका विभिन्न देशको भ्रमण गरिसकेको बताउने सर्जु अन्य देशमा फरक फरक रङ्गका जकाराण्डा देखिने भए पनि यहाँ एकै रङ्मा सजिएका दृश्य थप मनमोहक रहेका धारणा राखे । रिजालले भने, “जर्मनलगायत अन्य देशमा जाकाराण्डा विभिन्न रङ्गको हुन्छ तर यो चक्रपथमा एकै रङ्गको छ । हुन त यो पनि राम्रै देखिएको छ तर फरक–फरक रङ्गको भयो भने झन् शोभनीय देखिन्थ्यो ।”
ललितपुर महानगरपालिकाले चक्रपथ छेउमा जाकाराण्डा फूलका बिरुवा रोपेका छन् । तीमध्ये केही फुल्न सुरूगरेका छन् भने केही भर्खर हुर्कंदैछन् । केही रूखहरु फुलेर सडक ढपक्कै ढाकेका छन् । अहिले ललितपुरको जावालाखेल, लगनखेल, कुपण्डोललगायत विभिन्न स्थानमा जाकाराण्डा फुलेका देख्न सकिन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
दुई हजारभन्दा बढी किसानलाई उन्नत बीउमा अनुदान
जेठ ७, २०८१ सोमबार
हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिमको निधन
जेठ ७, २०८१ सोमबार
भक्तराजको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने
जेठ ७, २०८१ सोमबार
बस्न सकेन कार्यव्यवस्था पराशर्म समितिको बैठक
जेठ ७, २०८१ सोमबार
सर्वोच्च छल्न हतारिए प्रधानमन्त्री, के होला विश्वासको मत ?
जेठ ७, २०८१ सोमबार
कार्यदलको बैठक बस्न नसक्दा संसदीय छानबिन समिति गठन प्रक्रिया अन्योलमा
जेठ ७, २०८१ सोमबार