'पुजार सार्की’मा विभेद र वर्गीय सङ्घर्षको कथा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार १५:१९:७
२६ वैशाख, काठमाडौं । चलचित्रले पार्ने प्रभाव अन्य माध्यमको तुलनामा बलियो मानिन्छ । यसले आम मानिसमा एककिसिमको सन्देश र भाष्य निर्माण गर्छ । त्यसैले चलचित्रमार्फत विभेद र वर्गीय सङ्घर्षको कथा देखाउने उद्देश्यले निर्देशक दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ‘पुजार सार्की’ प्रदर्शनको तयारीमा छ ।
‘पुजार सार्की’ को विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा निर्देशक राउतले चलचित्रकर्मीको दायित्व बोध गरेर सामाजिक विषयवस्तु चलचित्रमार्फत ठूलो पर्दामा ल्याउन लागेको बताए ।
“हामीले जातीय विभेद र यसले समाजमा पारिरहेको प्रभावलाई भन्नुपर्छ । उक्त समुदायले धेरै बोलिसकेका छन्, अब हामीले चलचिलत्रको माध्यमबाट विभेद अन्त्यमा सघाउनुपर्छ”, निर्देशक राउतले भने, “व्यवस्था परिवर्तन भयो तर अवस्था उस्तै छ । यो विषयमा हामीले ध्यान दिनु जरुरी छ, मैले यही कथालाई चलचित्रमा ल्याएको हुँ ।”
सुरुआती समयमा प्रेम कथानक चलचित्र निर्देशन गरेका निर्देशक राउतले ‘प्रसाद’, ‘प्रकाश’ जस्ता सामाजिक विषयमा चलचित्र निर्देशन गरिसकेका छन् । ‘प्रसाद’ मा जातीय विभेद र अन्तरजातीय विवाहको मुद्दालाई उठान गरेका थिए । उनले ‘प्रकाश’ मा वर्गीय सङ्घर्षलाई प्रस्तुत गरे । यसपटक मिश्रित समाजमार्फत अघिल्ला दुवै चलचित्रको मुद्दालाई उठाएको उनको भनाइ छ ।
“समय अनुसार पात्र र परिवेश फरक हुन्छ । यसपटक हामीले प्रजातन्त्र आउनु अगाडि र पछिको समयलाई चलचित्रमा प्रस्तुत गरेका छौँ । मिश्रित समाज र त्यसमा सङ्घर्ष गरिरहेका समुदायको कथा भन्ने कोसिस गरिएको हो । तर, यो काल्पनिक कथा नभइ समाजमा घटेको घटनामा आधारित छ”, निर्देशक राउतले भने ।
‘पुजार सार्की’ चलचित्रका लेखक विकास सुवेदीले बाल्यकालमा देखेको आफ्नै गाउँको घटनाक्रमलाई कथाको रुपमा लेखेको बताए । उनले भने, “पछिल्लो समय हामीले तयार गरिरहेको चलचित्रकै सिलसिलामा नयाँ चलचित्रमा अब यो कथालाई भन्नुपर्छ भन्ने लाग्यो । किनकि काठमाडौँमा बसेर नेपाल बुझ्न सकिँदैन, ग्रामीण संसार र जनजीवन अझै सङ्घर्षशील छ ।”
‘पुजार सार्की’मा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाहलगायतका अभिनेताले अभिनय गरेका छन् । अभिनेता सिग्देलले चलचित्र विषय प्रधानसँगै मनोरञ्जनात्मक पनि रहेको बताए ।
“यसमा हामीले विषय उठाएका छौँ । तर, यो चलचित्र भएकोले यसलाई कलाको शैलीमा तयार गरिएको छ । मैले निभाएको चरित्रले उसले देखेको समाजलाई आफ्नो गाउँमा देख्न चाहन्छ । त्यसका लागि त्यो पत्रा सङघर्षशील छ”, अभिनेता सिग्देलले भने ।
ग्रामीण युवाको भूमिकामा देखिनुभएका अभिनेता खड्काले आफ्नो परिचय आगामी दिनमा ‘मैतबहादुर’ बन्ने विश्वास व्यक्त गरे। “मैले एउटा फरक जीवन बाँच्ने कोसिस गरेको छु । त्यो जीवनले मलाई त्यो समुदायको समस्यासँग जानकार गरायो”, अभिनेता खड्काले भने “हामीले आफ्नो आँखाले अरूको समस्याले हेर्दा बुझ्न सक्दैनौँ । महसुस गर्न त्यो समुदाय भएर बाँच्नु जरुरी छ ।”
उनले कास्कीको कास्कीकोट गाउँको स्थानीय लवजदेखि रहनसहनलाई आत्मसात गर्न प्रशिक्षण लिएको बताए । उनले भने, “हामीले हरेक भूमिका निर्वाहका लागि उत्तिकै मेहनत गरेका छौँ । तर, नतिजाले मात्र मेहनतको चर्चा हुनेछ ।”
सङ्गीतकार सुभाष भुसालले निर्माण गर्नुभएको चलचित्रमा अन्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्यलगायतको अभिनय हेर्न पाइने छ । चलचित्र बुद्धजयन्तीको अवसर पारेर जेठ १० गतेदेखि प्रदर्शन हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकिम्फमा महिला चलचित्रकर्मीबारे छलफल, कसले के भने ?
जेठ १८, २०८१ शुक्रबार
‘ज्वाइँ साब’को छायांकन शुरु, जितु र नीति प्रमुख भूमिकामा
जेठ १८, २०८१ शुक्रबार
सुशील श्रेष्ठको फिल्म ‘आउट ल’ संबिधान दिवसमा प्रदर्शन हुने
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय ( हेर्नुस सुचिसहित )
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १९, २०८१ शनिबार
बजेट अर्थमन्त्री र माओवादीप्रति ढल्किएको ओलीको आरोप
जेठ १९, २०८१ शनिबार
यार्सा संकलनमा गएका दुईजनाको मृत्यु, एक सिकिस्त
जेठ १९, २०८१ शनिबार
कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड-२०२४’ बाट सम्मानित
जेठ १९, २०८१ शनिबार
दार्चुलामा यार्सा टिप्न गएका युवकको लडेर मृत्यु
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार