एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार २०:२४:५६
२६ वैशाख, काठमाडौं । कलंकीबाट एक सातादेखि हराइरहेकी २२ वर्षीया स्नेह लामिछाने पशुपतिनाथ मन्दिर परिसरमा भेटिएकी छन् । चितवनको कालिका नगरपालिका–६ जमुनापुर घर भएकी लामिछाने बुधबार साँझ पशुपति मन्दिर क्षेत्रको आरती गर्ने ठाउँमा भेटिएको हो ।
काठमाडौँको सगरमाथा इन्जिनियरिङ कलेजमा कम्प्युटर इञ्जिनियरतर्फ पहिलो सेमेस्टरमा अध्ययनरत थिइन् । आफन्तको सहयोगमा उनलाई पशुपतिनाथ मन्दिरको आरती गर्ने ठाउँबाट उद्धार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एससएपी वसन्त रजौरेले जानकारी दिए ।
उनले कसरी एक साता बिताइन् खुल्न सकेको छैन । भर्खरै भेटिएकाले स्वास्थ्य जाँच गरेपछि सोधखोज हुन्छ अनि मात्रै विस्तृत विवरण खुल्न सक्ने एससएपी रजौरेले बताए ।
स्नेह १९ वैशाखदेखि सम्पर्क विहीन थिइन् भने उनको मोबाइल पनि १९ वैशाखबाटै स्विच अफ थियो । अन्तिम पटक उनी एक्लै घरबाट निस्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार