गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार २१:९:४
२६ वैशाख, काठमाडौं । गृहमन्त्री रवि लामिछानेको बचाउन प्रकरणमा महान्यायाधिवक्ता दीनबन्धु पोखरेल विवादमा तानिएका छन् । उनले गृहमन्त्री एवं रास्वपाका सभापतिसमेत रहेका रवि लामिछानेलाई पदको दुरुपयोग गरी दोषबाट उन्मुक्ति दिने काम गरेको कुरा बाहिरिए पछि पोखरेल विवादमा तानिएका हुन् ।
उनले सत्ताको आडमा महान्यायाधिवक्ताको कार्यालयबाट क्लिनचिट दिएको प्रसंग बाहिरिएको छ । पोखरेलले दोस्रो पटक पदको दुरूपयोग गरेको पाइएको छ । एक वर्षअघि राहदानी मुद्दामा पनि उनले नै उन्मुक्ति दिएको खुलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आडमा महान्यायाधिवक्ताको कार्यालयको दुरूपयोग गरेर पोखरेलले यसपटक सहकारी ठगी प्रकरणमा त्यसै गरेको भेटिएको छ ।
गृहमन्त्री लामिछानेले सहकारीको बचत हिनामिना प्रकरणमा आफू संलग्न नरहेको भनी महान्यायाधिवक्ताको कार्यालयबाट लिएको पत्रले थप संशय पैदा गराएपछि पोखरेल विवादमा तानिएका हुन् । लामिछानेले वैशाख १० मा लेखेको पत्रको जवाफमा सोमबार महान्यायाधिवक्ताको कार्यालयले क्लिन चिट दिएको खुलेको छ ।
सहकारीको रकम हिनामिनाबारे रुपन्देही, चितवन र कास्कीका जिल्ला सरकारी वकिल कार्यालयमा बुझ्दा लामिछानेविरुद्ध कुनै उजुरी÷जाहेरी, अनुसन्धान तथा अभियोजनसमेत भएको महान्यायाधिवक्ताको कार्यालयले दिएको पत्रमा उल्लेख छ । सुप्रिम सहकारीको रकम हिनामिनाबारे रुपन्देही जिल्ला अदालतमा प्रस्तुत प्रहरी प्रतिवेदनमा भने लामिछानेले ‘विना धितो, बिनाप्रक्रिया ऋण लिएको’ उल्लेख छ । अनुसन्धान प्रतिवेदनका विभिन्न सात पृष्ठका नौ ठाउँमा नाम भए पनि लामिछानेलाई प्रतिवादी बनाइएको छैन ।
पोखराको सूर्यदर्शन सहकारी पीडितले लामिछानेसहित १८ जनाविरुद्ध प्रहरीमा पूरक जाहेरी दिएका थिए । पीडित बचतकर्ताले रवि लामिछानेको नामै तोकेर थप ४ जना र १४ कम्पनीविरुद्ध गत माघ २२ मा उजुरी दिएका थिए । यसअघि भदौमा जाहेरी परेपछि असोज १८ मा १९ जनाविरुद्ध सहकारी ठगी अभियोगमा कास्की अदालतमा मुद्दा चलिरहेको छ । ।
सभामुखले बोलाएको राजनीतिक दलका शीर्ष नेताहरूको बैठकमा नेपाली कांग्रेसले सहकारी ठगीमा रविको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग दोहोर्याउँदा गृहमन्त्री लामिछानेले आफूमाथि कुनै उजुरी र अभियोग नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले चिठी दिएको बताएका थिए । त्यो चिठी उनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले नियुक्त गरेका महान्यायाधिवक्ता दिनमणि पोखरेल नेतृत्वको महान्यायाधिवक्ता कार्यालयले दिएको हो ।
उक्त पत्रमा पोखरा, चितवन र बुटवलका सहकारी ठगीमा रविविरूद्ध उजुरी नपरेको, अनुसन्धान जारी नरहेको र अभियोग पनि नलगाइएको उल्लेख छ । जसबाट महान्यायाधिवक्ताको कार्यालयको काम कुनै पनि आरोप लागेको व्यक्तिलाई सफाइको पत्र दिने हो कि होइन भन्ने प्रश्न उठेको छ । महान्यायाधिवक्ता कार्यालयले कुनै पनि मुद्दामा मुछिएका व्यक्तिलाई यसरी सफाइ दिन पाउने कानुन र अधिकार नभएको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
तीव्र हावा तथा भारी वर्षा कारण श्रीलङ्कामा दश हजारभन्दा बढी प्रभावित
जेठ ७, २०८१ सोमबार
आगलागी नियन्त्रणमा आएपछि देखिएको दृश्य
जेठ ७, २०८१ सोमबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार