कोशीमा नयाँ सरकार गठनको आह्वान
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार ६:४७:१६
२७ वैशाख, विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । बुधबार राति प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) अनुसार २८ गते शुक्रबार अपरान्ह ५ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका हुन् ।
कोशीका मुख्यमन्त्री केदार कार्कीलाई वैशाख २५ गतेसम्म विश्वासको मत लिन संकल्प प्रस्तावमार्फत प्रदेशसभाले समय सीमा दिइएको थियो । संकल्प प्रस्तावको पक्षमा ५२ जना सांसद उभिएका थिए ।
तर, विश्वासको मत नलिने र राजीनामा पनि नदिने अडानमा कार्की रहेपछि एमाले र माओवादीले नयाँ सरकार गठनका लागि आह्वान गर्न भन्दै बुधबार नै निवेदन दिएका थिए । सरकार गठनको आव्हान भए लगत्तै एमाले माओवादीले हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग लिएर बहुमत सदस्यको दाबी गर्ने तयारी गरेका छन् ।
संसदको यो कार्यकालमा यो सहित सरकार गठनको छैटौँ पटक सरकार गठनको आव्हान भएको हो । यसअघि कोशीमा २ पटक हिक्मत कार्की, २ पटक उद्धव थापा मुख्यमन्त्री बनिसकेका छन् । केदार कार्की असोज २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबस्न सकेन कार्यव्यवस्था पराशर्म समितिको बैठक
जेठ ७, २०८१ सोमबार
सर्वोच्च छल्न हतारिए प्रधानमन्त्री, के होला विश्वासको मत ?
जेठ ७, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
प्रदीप खड्का : रोमान्टिक हिरोबाट ‘पुजार सार्की’को मैतबहादुरसम्म
जेठ ७, २०८१ सोमबार
विष्णुमती नदीमा पानीको सतह बढ्यो
जेठ ७, २०८१ सोमबार
गुराँसेमा लगाइएको आलु खेती
जेठ ७, २०८१ सोमबार
सुन्तला खेतीका लागि प्रसिद्ध रहेको अर्जेवा गाउँ
जेठ ७, २०८१ सोमबार
गङ्गा गोदावरी सिद्वेश्वर महादेव मन्दिर
जेठ ७, २०८१ सोमबार