मारवाडी क्रिकेट लिगः वीरगञ्ज ब्लास्टर र लुम्बिनी लायन्स विजयी
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार २१:४८:२८
२७ वैशाख, लुम्बिनी 'मर्चवार' । चौथो संस्करणको नेपाल मारवाडी क्रिकेट लिगअन्तर्गत समूह ‘बी’ का आज भएका दुई खेलमा वीरगञ्ज ब्लास्टर र लुम्बिनी लायन्स विजयी भएका छन् । वीरगञ्जले नेपालगञ्ज वारियर्सलाई ९ विकेट र लुम्बिनीले शिवम् वारियर्स हेटौँडालाई ८ विकेटले पराजित गर्दै जित निकालेका हुन् ।
लुम्बिनीको यो लगातार दोस्रो जित हो भने वीरगञ्जको पहिलो जित हो । नेपाल राष्ट्रिय मारवाडी युवा सङ्ठगन केन्द्रीय समितिको आयोजनामा भइरहेको प्रतियोगिताको आजको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको नेपालगञ्जले निर्धारित २० ओभरमा १० ओभर ४ बलमा सबै विकेट गुमाउँदै ५० रनको झिनो स्कोर खडा गर्यो ।
उसका लागि शिनु अग्रवालले १७ तथा प्रशान्त मुनधारा र निखिल अग्रवालले समान १०–१० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न नसक्दा टिम सस्तैमा रोकियो । उसलाई झिनो स्कोरमा रोक्न बलिङमा वीरगञ्जका सुरज जोशीले ४ तथा केयल र पियुस शर्माले समान २–२ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको वीरगञ्जले ४ ओभर ४ बलमा १ विकेटको नोक्सानीमा ५१ रन बनाउँदै सानदार जित निकाल्यो । उसका लागि सुमित कदमियाले अविजित सर्वाधिक ३४ रन बनाए । बलिङमा नेपालगञ्जका अभी अग्रवालले १ विकेट लिनुभयो । खेलमा सुरज जोशी प्लेयर अफ द म्याच भए ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको शिवमले १६ ओभर ३ बलमा सबै विकेट गुमाएर जम्मा ५४ रनमात्रै बनाउन सक्यो । उसका लागि दिवेश शर्माले १५ रन बनाउनु भए पनि अन्य ब्याटर्सले दोहोरो अङ्कमा रन बुटल्न सकेनन् । बलिङमा उसलाई सस्तैमा रोक्न लुम्बिनीका दिनेश अग्रवालले ४, शुभम अग्रवालले ३, दामोदर शर्माले २ र सोमेस अग्रवालले १ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको लुम्बिनीले ५ ओभर ६ बलमा २ विकेटको नोक्सानीमा ५६ रन बनाउँदै सहजै जित दर्ज गर्यो । उसको जितमा शुभम् अग्रवालले सर्वाधिक २७ रनको योगदान दिए। बलिङमा शिवम् वारियर्स हेटौंडाका आर्यन अग्रवालले २ विकेट लिए । खेलमा शुभम् अग्रवाल म्यान अफ द म्याच भए।
प्रतियोगितामा १४ टिम सहभागी छन् । यसमध्ये समूह ‘ए’ र ‘सी’ का खेल विराटनगरमा भइरहेका छन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भने मूलपानी क्रिकेट मैदान काठमाडौँमा हुने आयोजक संस्थाका केन्द्रीय अध्यक्ष मनोजकुमार अग्रवालले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध
जेठ ५, २०८१ शनिबार
भारतको राष्ट्रिय क्रिकेट टिमको नयाँ प्रशिक्षकमा गौतम गम्भीरको सम्भावना कति ?
जेठ ५, २०८१ शनिबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ७, २०८१ सोमबार
कलुवापुर–बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन
जेठ ७, २०८१ सोमबार
संसदीय दलको बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने
जेठ ७, २०८१ सोमबार
बारामा दश महिनामा रु दुई करोड ४३ लाख राजस्व संकलन
जेठ ७, २०८१ सोमबार
तीव्र हावा तथा भारी वर्षाका कारण श्रीलङ्कामा दश हजारभन्दा बढी प्रभावित
जेठ ७, २०८१ सोमबार