सर्लाहीमा आगलागीबाट १० महिनामा एक सय ६१ घर जले
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार ११:५९:६
३० वैशाख, सर्लाही । सर्लाहीमा चालु आर्थिक वर्षका १० महिनामा भएका आगलागीका घटनाबाट एक सय ६१ घर जलेका छन् भने करोडौंको धनमाल जलेर नोक्सानी भएको छ ।
जिल्लाका विभिन्न स्थानमा भएका एक सय २३ वटा आगलागीका घटनाबाट तीनवटा पक्की, एक सय ५८ वटा कच्चि गरेर एक सय ६१ घर जलेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । साथै आगलागीबाट रु तीन करोड ६८ लाख ७४ हजार ४ सय बराबरको धनमाल जलेर नष्ट भएका र एक जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गत श्रावण १९ गते पर्सा गाउँपालिकामा भएको आगलागीमा एक महिलाको जलेर मृत्यु भएको थियो भने आगो निभाउने तथा मालसामान झिक्ने क्रममा आगोले पोलेर आठ जना महिला र पाँच जना पुरुष गम्भीर घाइते भएका छन् । घाइतेमध्ये केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भएको र केही अहिले पनि उपचार जारी रहेको छ । कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठ आगलागीबाट १७ वटा गोठ जलेर नष्ट हुँदा १३ पशु चौपाया मरेका र दुई वटा घाइते भएको बताए । उनले खाना पकाउन बालेको आगो ननिभाउँदा र बिजुलीको तार सर्ट हुँदा अधिकांश आगलागीका घटना भएका बताए ।
गत वैशाख २० गते जिल्लाको दक्षिण पश्चिम क्षेत्र विष्णु गाउँपालिका–१, बाराउद्योरण गाउँको पुर्वारी टोलमा भएको आगलागीबाट ६१ घर जलेर नष्ट भएका र आगलागी पीडित परिवारले कष्टकर जीवन बिताउनुपरेको वडाध्यक्ष बिकाउ ठाकुरले बताए ।
२० पालिका रहेको सर्लाहीमा दुई पालिकासँग मात्र वारुणयन्त्र छन् । स्थानीय तहले आगलागीका घटना न्यूनीकरण तथा पीडित परिवारको व्यवस्थापनमा ध्यान नदिँदा समस्या भइरहेको स्थानीयको गुनासो छ ।
नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले स्थानीय पालिकाले सम्भावित विपद् जोखिम मूल्याङ्कन, सचेतना अभिवृद्धि तथा पूर्व तयारीमा ध्यान नदिएको बताउँछन् । ‘‘मधेशमा हरेक वर्षका चैत वैशाखमा आगलागी घटनाको उच्च जोखिम हुन्छ भन्ने कुरा सबैलाई थाहा छ तर जोखिम न्यूनीकरणका लागि पालिकाले न वारुणयन्त्रको व्यवस्थापन गरेका छन् न त अन्य तयारी गरेका छन् । यसले साना घटनाबाट पनि ठूलो जोखिम बेहोर्नु परिरहेको छ”, उनले भने ।
स्थानीय सामाजिक अगुवा रजनिकान्त झाले अब जिल्लाका हरेक स्थानीय तहले विपद् पूर्वतयारी, जोखिम न्यूनीकरण र प्रतिकार्य योजना बनाउन जरुरी रहेको बताए । “विपद् हरेक वर्ष आउँछ र आकस्मिकरूपमा आउँछ । त्यसकारण यहाँका हरेक पालिकासँग आफ्ना नागरिकलाई विपद्बाट जोगाउने योजना र तयारी हुनुपर्छ”, उनको सुझाव छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
निर्माणाधीन बर्दिबास रेल्वेको कारण १४ घरपरिवारको बिचल्ली
जेठ २०, २०८१ आइतबार
सुनसरीमा स्रोत नखुलेको एक करोडसहित १ जना पक्राउ
जेठ २०, २०८१ आइतबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
गृहमन्त्रीको नजरः सुन तस्करीमा संलग्न निजामतिलाई काखा, प्रहरीलाई पाखा
नेपालबहस संवाददाता
जेठ १८, २०८१ शुक्रबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
जेठ २०, २०८१ आइतबार
‘नेलपलिस’को गन्ध आएपछि श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्काइयो
जेठ २०, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ २०, २०८१ आइतबार
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान
जेठ २०, २०८१ आइतबार
जेठ अन्तिमदेखि मनसुन भित्रिदै, सरदरभन्दा बढी वर्षा हुने
जेठ २०, २०८१ आइतबार
एम्बाप्पेको रियल म्याड्रिडसँग सम्झौता
जेठ २०, २०८१ आइतबार
काठमाडौं महानगरले 'वुमन अफ द वर्ल्ड' फेस्टिभल आयोजना गर्छ : उपप्रमुख डंगोल
जेठ २०, २०८१ आइतबार
प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन
जेठ २०, २०८१ आइतबार
मापसे गरेकालाई सडकमा स्वयंसेवकको काम गराउने गृहमन्त्रीको निर्णयमा सर्वोच्चको रोक
जेठ २०, २०८१ आइतबार