वर्षौँदेखि उज्यालोको पखाईमा धैनकोट गाउँ
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार १६:२६:७
खड्क सुनार
३१ वैशाख, मुगु । मुगु सदरमुकाम गमगढीबाट झण्डै एक दिन हिँडेपछि पुगिन्छ, मुगुको सोरु गाउपालिकाको धैनकोट गाउँ । स्वच्छ हावापानी, उर्वर भुमि अनि सुन्दर र शान्त वातावरण भए पनि विद्युतको पहुँच नहुँदा यहाँका नागरिक अँध्यारोमै रात कटाई रोग सँग लडि रहेका छन् । देशका सबै घरधुरीमा विजुली पु¥याउने सरकारको लक्ष्य छ ।
अहिले वैकल्पिक उर्जासहित ९४ प्रतिशत जनसङ्ख्या विजुलीको पहुँचमा छ । मुगुमा ६१ प्रतिशत नागरिक अझै विजुलीको पहुँच बाहिर छन् भने ३९ प्रतिशत विजुलीको पहुँचमा छन । सोरु गाउँपालिका वडा नं १० र ११ वडाका नागरिकहरु करिब ६ बर्ष देखि अध्याँरोमै रात कटाई रहेका छन् ।
वर्षौँदेखि अन्धकारमा रहेको धैनकोट गाउँलाई उज्यालो बनाउने योजना नभएको होईन । एक दशक भन्दा अगाडी १५ किलोवाट क्षमताको विद्युत सञ्चालनमा रहेको थियो । बिगत केही वर्ष देखिनै धैनकोट गाउँका करिब ५ सय भन्दा बढि घरधुरीलाई उज्यालो बनाउने उद्धेश्यले दैं खोला जलविद्युत आयोजना निमार्ण गरिएको थियो । जुन अझै अलपत्र अवस्थामा छ । विद्युत नबल्दा स्थानीय झरो बालेर बस्न बाध्य भएको धैन गाउँका स्थानीय बिरवल बिकले बताए ।
धैनकोट गाउँमा करिब पाँच सय भन्दा बढि घरधुरी र एक हजार बढि जनसंख्या रहेको दुई वडाका नागरिक अध्याँरोमै रात कटाउन बिवश छन् । विद्युत सेवा नहुदा बिशेष गरेर ज्येष्ठ नागरिक , बालवालिका , लक्षित बर्गहरु मर्कामा परेका छन् । विद्युतको पहुँच नहुदा विद्यार्थी लाई पनि पठनपाठनमा थप समस्या हुनुका सार्थ भविष्य माथि खेलवाड भएको जगत माला मावि कक्षा १२ मा अध्यनरत विद्यार्थी सुरेन्द्र सार्किको भनाई छ ।
चुलो चौको , भान्सामा बढि सामेल हुने महिलाहरु लाई पनि सास्ती भएको छ । अध्याँरोमै भान्सामा खाना पकाउदा , अन्य घरायासि कार्य गर्दा समस्या उत्पन्न हुन्छ । विद्युत सेवा भए छोराछोरी लाई पठनपाठनमा सहज हुने स्थानीयले अपेक्षा राखेका छन् । सोरु गाउँपालिकाको १० र ११ नम्वर वडामा बत्ति बले नागरिकको जीवनस्तरमा सुधार आउने स्थानीय महिला बिष्णु टमटाले अपेक्षा छ ।
करिब आधा दर्जन बढि गाउँ रहको १० र ११ वडाका नागरिकहरु लाई विद्युत पहुँचमा ल्याउन स्थानीय सरकारले बिस्तारै बामे सार्देछ । यि दुई वडाहरुमा रहेका दै खोला र प्याँउ खोलामा विद्युत निर्माणका लागि डिपिआर भैसकेको छ । यि दुबै बिद्युत आयोजनाहरु मुर्तरुप लिन गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरिने गाउपालिकाले जनाएको छ ।
दुबै आयोजना लाई सयुक्त रुपमा आयोजना गरि १० र ११ नम्वर वडाका मानिस लाई बिजुली बाल्ने सपना पुरा गर्न गाउपालिका लागि रहेको सोरु गाउपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले जानकारी दिए । ५ वर्ष अघि नै बत्ति बलेको आयोजना स्थलमा अहिले कुनै पनि विद्युतीय सामग्री छैनन् ।
भएका सामान पनि अलपत्र अवस्थामा छन । आयोजना सञ्चालनका लागि यी दुई वडाका हजारौं परिवार सरकारको बाटो हेरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकहिले खोला धमिलो होला र पानी बन्द गरौँला भनेर बसिरहेको छ मेलम्ची खानेपानी !
असार ३, २०८१ सोमबार
दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको दोस्रो अडिटमा सुरुङको काम सुरु
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना
असार ३, २०८१ सोमबार
बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच
असार ३, २०८१ सोमबार
भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’को गीत सार्वजनिक
असार ३, २०८१ सोमबार
आन्दोलनरत ट्यांकर चालक र सरकारी पक्षबीचको वार्ता सकारात्मक, इन्धन आपूर्ति सहज
असार ३, २०८१ सोमबार
सशस्त्रमा आफू भए सबै ठीक, नभए संगठन नै बेठीक ?
असार ३, २०८१ सोमबार