राफाहबाट आठ लाख मानिसहरू विस्थापित
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार १४:४७:३९
७ जेठ, तेल अभिभ । मे महिनाको शुरूदेखि इजरायलले राफाह क्षेत्रमा सैन्य कारबाही सुरु गरेदेखि करिब आठ लाख मानिसहरु राफाहबाटे विस्थापित भएका छन् ।
प्यालेस्टाइनस्थित संयुक्त राष्ट्रसङ्घीय शरणार्थी निकाय (युएनडब्लुएआर) का प्रमुखले शनिबार गाजामा नागरिकहरूको अधिक सुरक्षा, सुरक्षित मानवीय पहुँच र युद्धविरामको लागि नयाँ अपील गर्दै विस्थापित प्यालेष्टिनीको पछिल्लो विवरण सार्वजनिक गरिएको हो।
राफाहको लगभग आधा जनसङ्ख्या वा आठ लाख मानिसहरू सडकमा रहेको युएनडब्लुएआरका आयुक्त फिलिप लाजारिनीले सामाजिक सञ्जाल एक्समा गरेको पोस्टमा उल्लेख छ ।
मानिसहरूलाई तथाकथित सुरक्षित क्षेत्रहरू खाली गर्नका लागि गरिएको आदेशपछि, मानिसहरू मुख्यतया गाजा र खान युनूसका मध्य क्षेत्रहरूमा गएका हुन् । गाजा र खान युनिसमा अत्यधिक भवनहरू ध्वस्त भएको र उनीहरूको व्यवस्थापनमा कठिनाई हुने उनले बताए ।
गाजाका मानिसहरू ‘सुरक्षित’ वा ‘मानवीय’ क्षेत्रमा सर्न सक्छन् भन्ने दाबी झुटो रहेको बताउँदै प्रत्येक पटक यसले नागरिकहरूको जीवनलाई गम्भीर जोखिममा पारेको लाजारिनीले उल्लेख गरे । गाजामा कुनै सुरक्षित क्षेत्र नभएको र त्यस ठाउँका कुनै पनि मानिसहरु सुरक्षित नरहेको उनले उल्लेख गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु
असार ३, २०८१ सोमबार
भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु
असार ३, २०८१ सोमबार
मध्य चीनमा गाडीमा निसास्सिएर आठ जनाको मृत्यु
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
६ किलो सुन र ४८ लाख नगदसहित पक्राउ परेका चिनियाँसँग भेटियो नेपाली नागरिकता
असार ३, २०८१ सोमबार
रौतहटको बजारमा विषादी प्रयोग गरी पकाइएको आँप छ्यापछ्याप्ती
असार ३, २०८१ सोमबार
कोशी प्रदेशमा दश वर्षमा चट्याङ लागेर दुई सय ५४ जनाले ज्यान गुमाए
असार ३, २०८१ सोमबार
साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु
असार ३, २०८१ सोमबार
'माया बस्यो' भन्दै आए सुरेश र डा.एलिया
असार ३, २०८१ सोमबार