कृषकलाई अनुदानमा धानको बीउ वितरण
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार १५:१३:५१
७ जेठ, झापा । भद्रपुर नगरपालिकाले कृषकलाई उन्नत जातको धानको बिउ ५० प्रतिशत अनुदानमा वितरण गरिरहेको छ । प्रति किलो रु ६० देखि रु ९५ मा खरिद गरी किसानलाई बिउ वितरण गरिरहेको हो ।
नगरपालिकाको कृषि विकास शाखाका प्रमुख सुमन विमलीले धानको बिउमा गुणस्तर नियन्त्रण गर्न दुई बिउ उत्पादक संस्थासँग सम्झौता गरेर वितरण गरिरहेको जानकारी दिए । उनले धानको बिउ नउम्रेमा, बाली नलागेमा बिउमा मिसावट देखिएमा वा बाली बिग्रन गई आर्थिक क्षति भएमा बिउ उत्पादकले नै क्षतिपूर्ति उपलब्ध गराउने सम्झौता गरिएको बताए ।
धानको उत्पादन तथा बिउमा गुणस्तर नियन्त्रणका लागि उत्पादकसँग सम्झौता गरी वितरण गर्न लागिएको भन्दै भद्रपुर पहिलो नगरपालिका भएको कृषि अधिकृत विमलीले दाबी गरे । उनका अनुसार नगरभित्रका किसानको मागका आधारमा २९ हजार आठ सय ८० किलो धानको बिउ खरिद गरी अनुदानमा वितरण गरिरहेको छ ।
कृषि विकास शाखाका अनुसार लल्का बास्मती, सुक्खाधान–३, बहुगुणी–१, बहुगुणी–२, सुद्धोधन कलानामक, साँवा मसुली सव–१, रामधान, स्वर्णा सव–१ र राधा–१२ जातका धानको बिउ खरिद गरिएको हो । कृषि अधिकृत विमलीका अनुसार सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय तथा सहकार्यमा गुणस्तरीय बिउ बिजनको उत्पादन, आपूर्ति तथा वितरण प्रणालीको सुदृढीकरणका साथै स्वदेशी जातको बिउ प्रवर्द्धन गर्न धानको बिउ वितरण गरिएको हो । उहाँले किसानका मागका आधारमा औसतमा ३० किलोसम्म बिउ उपलब्ध गराइरहेको जानकारी दिए ।
कृषकलाई व्यावसायिक खेतीमा आत्मनिर्भर बनाउनुका साथै उत्साहित बनाउन नगरपालिकाले समय समयमा अनुदानमा बिउ वितरण गर्दै आएको कृषि विकास शाखाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार
कुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा
असार २, २०८१ आइतबार
साढे दुई कट्ठामा १४ क्विन्टल धान उत्पादन
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
सशस्त्रमा आफू भए सबै ठीक, नभए संगठन नै बेठीक ?
असार ३, २०८१ सोमबार
शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण
असार ३, २०८१ सोमबार
बालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार
कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
असार ३, २०८१ सोमबार