१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार १७:४५:१९
![](https://nepalbahas.prixacdn.net/media/albums/aayat_eUJxuDp9Mt_Y9oA4GTgp9.jpg)
७ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा आयात २.३९ प्रतिशत र निर्यात ३.६१ प्रतिशतले घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि वैशाखसम्मको तथ्यांकले व्यापार घाटा २.२६ प्रतिशत रहेको देखाएको छ । विभागका अनुसार १० महिनामा १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ ।
गत वर्ष सोही अवधिमा १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ । साउनदेखि वैशाखसम्म १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ । गत आर्थिक वर्ष सोही अवधिमा १ खर्ब ३० अर्ब ९० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।
चालु आर्थिक वर्षको दश महिनाको अवधिमा कूल १४ खर्ब २९ अर्ब ५३ करोड ५ लाख रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ । अघिल्लो वर्षको १० महिनाको तुलनामा २.५० प्रतिशतले वैदेशिक व्यापारमा गिरावट आएको छ ।
गत वर्षको १० महिनाको अवधिमा भने १४ खर्ब ६६ अर्ब २२ करोड २४ लाख रुपैयाँबराबरको वैदेशिक व्यापार भएको थियो । चालु आर्थिक वर्षको समिक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा आयातमा २.३९ प्रतिशतले गिरावट आएको छ । अघिल्लो वर्ष यहि अवधिमा भने १२ खर्ब ४ अर्ब ४२ करोड २४ लाख रुपैयाँबराबरको व्यापार घाटा भएको थियो ।
यो वर्ष १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख रुपैयाँबराबरको विभिन्न मुलुकबाट नेपालमा वस्तु आयात भएको छ । अघिल्लो वर्ष यहि अवधिमा भने १३ खर्ब ३५ अर्ब ३२ करोड २४ लाख रुपैयाँबराबरको विभिन्न सामान आयात भएको थियो ।
आयात दरजस्तै निर्यात दर पनि यो वर्ष खुम्चिएको छ । तथ्याँक अनुसार चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ३.६१ प्रतिशतले निर्यात दर खस्किएको छ । यो वर्ष १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख रुपैयाँबराबरको नेपालको विभिन्न वस्तु भारतसहित तेश्रो मुलुकमा निर्यात भएको छ ।
अघिल्लो वर्ष यहि अवधिमा १ खर्ब ३० अर्ब ९ करोड रुपैयाँबराबरको नेपाली वस्तु विभिन्न मुलुकमा निर्यात भएको थियो । अघिल्लो वर्षको १० महिनाको तुलनामा यो वर्षको १० महिनामा २.२६ प्रतिशतले व्यापार घाटामा कमी आएको छ । अर्थात चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख रुपैयाँबराबरको व्यापार घाटा भएको छ ।
समीक्षा अवधिमा भारतसँग नेपालले सात खर्ब २९ अर्ब ७० करोड बराबरको व्यापार घाटा व्यहोरेको छ । भारतबाट आठ खर्ब १५ अर्ब ७२ करोडको आयात र ८६ अर्बको निर्यात भएको छ । नेपालसँग दोस्रो ठूलो वैदेशिक व्यापार छिमेकी मुलुक चीनसँगको व्यापार घाटा दुई खर्ब ३८ अर्ब ५५ करोड बराबर रहेको छ । दश महिनामा चीनसँग दुई खर्ब ४० अर्ब ८३ करोड बराबरको आयात हुँदा २२ अर्ब ७४ करोड बराबरको निर्यात भएको छ ।
वैशाख मसान्तसम्मको वैदेशिक व्यापारमा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ । यो अवधिमा एक खर्ब १५ अर्ब ६७ करोड बराबरको डिजेल ५६ अर्ब ८० करोड बराबरको डिजेल र ४६ अर्ब बराबरको खाना पकाउने ग्यास आयात भएको छ । सोही अवधिमा २४ अर्ब एक करोड बराबरको मोबाइल फोन आयात भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्ग र अर्थमन्त्री पुनबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार