राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
नेपालबहस संवाददाता
जेठ ७, २०८१ सोमबार २०:५८:५७
७ जेठ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा विभिन्न पाँच खेल थप गरेको छ ।
मिसन–२०२६ अन्तर्गत दोस्रो चरणमा पाँच खेल थप गरिएको हो । पहिलो चरणमा पनि पाँचै खेल समावेश थिए । मिसन–२०२६ अन्तर्गत पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकका लागि आज यहाँ आयोजित उत्प्रेरणा कार्यक्रममा राखेपका सदस्य–सचिव टङ्क लाल घिसिङले थप गरिएका खेलहरूमा महिला कबड्डी, महिला भलिबल, भारत्तोलन, कुस्ती र एथ्लेटिक्स रहेको बताए । ५२ खेलाडी र १० प्रशिक्षकलाई दोस्रो चरणमा समावेश गरिएको छ । कबड्डी र भलिबलमा समान १२–१२ खेलाडीले स्थान पाएका छन् । भारत्तोलन र कुस्तीमा समान पाँच–पाँच तथा एथलेटिक्समा समान चार–चार पुरुष÷महिला खेलाडीलाई समावेश गरिएको छ ।
पहिलो चरणमा कराँते, तेक्वान्दो, उसु, जुडो र बक्सिङका ५० खेलाडी र १० प्रशिक्षक तयारी प्रशिक्षणमा छन् । जापानमा हुने २० औँ एसियाली खेलकुदलाई केन्द्रमा राखेर त्यस अगाडि हुने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेत दृष्टिगत गरी राखेपले २०८० साल माघ १५ देखि मिसन–२०२६ अन्तर्गत पहिलो चरणमा पाँच खेल समावेश गर्दै राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणको सुरुआत गरेको थियो ।
एसियाली खेलकुदपछि अर्को सँस्करण लागि राखेपले लगत्तै लामो तयारी थालेको पहिलोपटक हो ।
सदस्य–सचिव घिसिङले छोटो तयारीले खेलाडीबाट ठूलो उपलब्धिको अपेक्षा गर्नु जायज नहुने भएकाले १९ औँ एसियाली खेलकुदपछि स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्यसहित राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सुरु गरिएको बताए ।
नायक राजेश हमालको उपस्थितिमा भएको उत्प्रेरणा कार्यक्रममा सदस्य–सचिव घिसिङले भने, “आजको कार्यक्रम महानायक राजेश हमालको उपस्थितिमा भइरहेको छ । हामी पनि एसियाली खेलकुदमा हाम्रो लक्ष्य पूरा गर्ने नायकहरू खोजिरहेका छौँ । तपाईंहरु (खेलाडी) मध्येबाट नै हामीले खेलकुदको नायक पाउने छौँ भन्ने मलाई पूर्ण विश्वास छ ।”
उत्प्रेरणा कार्यक्रममा नायक हमालले विगतको कमीकमजोरीबाट पाठ सिकेर तयारीलाई अझ परिष्कृत गर्नुपर्ने बताउँदै खेलाडीले जस्तोसुकै चुनौती पनि पार गर्न सक्छु भन्ने आत्मविश्वास पैदा गर्न सक्नुपर्ने धारणा व्यक्त गरे ।
राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले विगतमा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि हुने छोटो अवधिको तयारीको अन्त्य गर्दै विगतको भन्दा राम्रो उपलब्धि हासिल गर्न सदस्य–सचिवले चालेको कदमको प्रशंसा गर्दै एसियाली खेलकुदमा आफूले जित्न नसकेको स्वर्ण अहिलेको विशेष प्रशिक्षणमा रहेका खेलाडीले जित्ने विश्वास व्यक्त गरे ।
उत्प्रेरणा कार्यक्रममा पहिलो चरणको विशेष प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई किट्स पनि प्रदान गरिएको थियो । डा ज्ञानेन्द्र शाहले खेलाडी र प्रशिक्षकलाई डोपिङ सम्बन्धी विविध पक्षबारे जानकारी गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुरोकपमा इङल्याण्डको विजयी सुरुवात
असार ३, २०८१ सोमबार
बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
पहिरो पन्छाएपछि खुल्यो पृथ्वी राजमार्ग
असार ३, २०८१ सोमबार
कस्तो रहला आज दिनभरको मौसम ?
असार ३, २०८१ सोमबार
राष्ट्रपतिको सम्मानमा वर्लिनमा स्वागत समारोह
असार ३, २०८१ सोमबार
युरोकपमा इङल्याण्डको विजयी सुरुवात
असार ३, २०८१ सोमबार
मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद मनाउँदै, देशभर सार्वजनिक बिदा
असार ३, २०८१ सोमबार