म्याग्दीमा नौ सय रोपनी जग्गामा बर्खे आलु खेती
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ८, २०८१ मंगलबार १२:२५:३४
८ जेठ, म्याग्दी । म्याग्दीमा यस वर्ष नौ सय रोपनी जग्गामा व्यवसायिक रूपमा खायन जातको बर्खे आलु खेती गरिएको छ । जिल्लाका विभिन्न १३ वटा कृषक समूहका दुई सय किसानले कृषि ज्ञान केन्द्र म्याग्दीबाट रु एक करोड तीन लाख ७४ हजार पाँच सय ९४ मूल्यको आलुको बिउ खरिद गरेर व्यवसायीक रूपमा आलु खेती गरेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
कृषि ज्ञान केन्द्र म्याग्दीका प्राविधिक सहायक नवराज भुसालका अनुसार समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवर्द्धन आयोजनाअन्तर्गत खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रममार्फत म्याग्दीभित्रका १३ वटा कृषक समूहले रु एक करोड तीन लाख ७४ हजार पाँच सय ९४ मूल्यको आलुको बिउ खरिद गरेर लगाएका हुन् ।
कृषक समूहका करिब दुई सय परिवारले म्याग्दीको रघुगङ्गा, धवलागिरि, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाका आठ सय ९८ रोपनी क्षेत्रफलमा उक्त मूल्य बराबरको आलु लगाइएको उहाँले जानकारी दिए । उनका अनुसार यस वर्ष बर्खे आलुका लागि विभिन्न १५ वटा कृषक समूह छनोट भएको भए पनि कार्यक्रमका लागि सम्झौता गर्न १३ वटा समूह मात्रै आएका थिए ।
ज्ञान केन्द्रले आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गतको खायन आलु उत्पादन प्रवर्द्धनअन्तर्गत आलु लगाइएको क्षेत्रको अनुगमन गर्दा उत्पादकत्व राम्रो हुने देखिएको ज्ञान केन्द्र प्रमुख सञ्जीव बाँस्तोलाले बताए ।
“जिल्लाको उत्पादकत्वका हिसाबले हेर्दा यस वर्ष सात सय ६५ मेट्रिक टन आलु उत्पादन हुने देखिन्छ”, केन्द्र प्रमुख बाँस्तोलाले भने, “आठ सय ९८ रोपनी भनेको ४५ हेक्टर क्षेत्रफल हो र प्रतिहेक्टर म्याग्दीमा १७ मेट्रिक टन उत्पादन हुने देखिन्छ । आलुको बोट हालसम्मको गुणस्तर हेर्दा अन्य कुनै रोग कीराको समस्या भएन भने यस वर्ष करिब आठ सय मेट्रिक टन आलु उत्पादन हुने हामीले अनुमान गरेका छौँ ।”
यस वर्ष पश्चिम म्याग्दीको धवलागिरि–७ ताकम, धवलागिरी–४ मुदीको बगर, उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ को खिबाङ, रघुगङ्गा–६ ठाडाखानीलगायत क्षेत्रमा बर्खे आलु लगाइएको छ । त्यस्तै बेनी नगरपालिका–३ को भुकभुके, मङ्गला गाउँपालिका–२ हिदीलगायत क्षेत्रमा पनि आलु उत्पादन राम्रो हुने भएकाले त्यस क्षेत्रमा आलु उत्पादनका लागि अनुदान वितरण गरिएको उनले जानकारी दिए । यसपटक २५ प्रतिशत किसानको र ७५ प्रतिशत अनुदान गरी प्रतिरोपनी रु ११ हजार पाँच सय ५३ बराबरको बिउ खरिद गरेर आलु खेती गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार
कुरिलोखेतीबाट एकै याममा सात लाख मुनाफा
असार २, २०८१ आइतबार
साढे दुई कट्ठामा १४ क्विन्टल धान उत्पादन
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’को गीत सार्वजनिक
असार ३, २०८१ सोमबार
आन्दोलनरत ट्यांकर चालक र सरकारी पक्षबीचको वार्ता सकारात्मक, इन्धन आपूर्ति सहज
असार ३, २०८१ सोमबार
सशस्त्रमा आफू भए सबै ठीक, नभए संगठन नै बेठीक ?
असार ३, २०८१ सोमबार
शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण
असार ३, २०८१ सोमबार
बालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार