गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ८, २०८१ मंगलबार १६:५३:१४
८ जेठ, गण्डकी । पोखरा महानगरपालिका–३० मोहोरियास्थित सङ्क्रामक तथा सरुवा रोग अस्पताल भवन निर्माणकार्यले गति लिन सकेको छैन । ठेक्का सम्झौता अनुसार आगामी असारभित्र भवन निर्माण गरिसक्नुपर्नेमा हालसम्म ५२ प्रतिशतमात्र भौतिक प्रगति र ५५ प्रतिशत वित्तीय प्रगति भएको छ ।
गण्डकी प्रदेश सरकारले बहुवर्षीय आयोजनामा समेटेको अस्पताल भवन निर्माणकार्य ‘एम–धुलिखेल–प्याराडाइज जेभी’ले गरिरहेको छ । वि.सं २०७८ असारमा २८ मा तीन वर्षमा निर्माण सक्ने सम्झौता भए पनि निर्माणकार्यले गति लिन नसकेको प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख रवीन्द्र तिवारीले प्रदेश सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरे पनि निर्माण कम्पनीले सोचेजसरी काम देखाउन सकेको बताए ।
उनका अनुसार गत आर्थिक वर्षसम्म भवन निर्माणमा रु १२ करोड ३८ लाख खर्च भइसकेको छ । चालु आवमा थप रु पाँच करोड विनियोजन गरिएको थियो, जसमध्ये हालसम्म रु चार करोड बराबरको काम पनि नभएको निमित्त प्रमुख तिवारीले जानकारी दिए । “अब जति तीव्रगतिमा काम गरेपनि आगामी असारभित्र एक करोडको काम हुने अवस्था छैन । निर्माण कम्पनीले आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा काममा ढिलासुस्ती भइरहेको हो”, उनले भने । कम्पनीले रु तीस करोड २० लाखको लागतमा चार तलाका तीनवटा ‘ब्लक’ निर्माणको ठेक्का पाएको छ । सरकारले प्रदेशकै पहिलो सङ्क्रामक तथा सरुवा रोग अस्पताल भएकाले भवन निर्माणमा बजेट अभाव हुन नदिने बताउँदै आएको छ ।
निर्माण कम्पनीका प्राविधिक वीरेन्द्र जिसीले भने आगामी असारभित्र विनियोजित बजेटअनुसार काम हुने बताउछन् । उनले यसरी नै बजेट विनियोजन गर्दा भवनले पूर्णता पाउन अझै तीन वर्षजति लाग्ने भन्दै बजेट र भुक्तानी प्रक्रियालाई सहज बनाउन आग्रह गरे । उनले सुरूको वर्ष जग्गा व्यवस्थापन, पर्खाल र जग निर्माणले समय बढी लिएको बताए । “आगामी वर्षदेखि बजेट बढाएमा आफूहरू समयमै काम गर्न तयार छौँ । अहिले पनि ढलानलगायतका काम भइरहेका छन् ।”
२० वर्षअघि सञ्चालनमा ल्याइएको लेखनाथ सामुदायिक लायन्स अस्पताल चार वर्षअघि गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो । प्रदेश सरकारले सोही अस्पताललाई सङ्क्रामक तथा सरुवा रोग अस्पतालको रूपमा विकास गरिरहेको छ । १५ शय्याबाट सुरू गरिएको उक्त अस्पतालको क्षमता हाल ५० शय्याको छ । अस्पतालले बहिरङ्ग र अन्तरङ्ग सेवा दिँदै आएको छ । एक सय रोपनी क्षेत्रफलमा फैलिएको अस्पताल हाल पुरानै भवनबाट सञ्चालन भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधौलागिरि अस्पतालमा तीन वर्षे नर्सिङ पढाइ हुने
असार ३, २०८१ सोमबार
स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिला खुसी
असार २, २०८१ आइतबार
बजेट अभावका कारण क्यान्सर अस्पताल सञ्चालनमा कठिनाइ
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्ग र अर्थमन्त्री पुनबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
करेण्ट चाउचाउमा किरा भेटिएको समाचार कपोलकल्पित फण्डा मात्रः यशोदा फुड्स
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड अफ अनर
असार ३, २०८१ सोमबार
बाँके र बर्दियामा उखरमाउलो गर्मी, जनजीवन प्रभावित
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार