सामाजिक उत्तरदायित्वमा अब्बल सिम्रिक साकोस बिर्तामोड
यज्ञप्रसाद भट्टराई
जेठ ९, २०८१ बुधबार १०:३७:१८
९ जेठ, झापा । बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बचत तथा ऋणको कारोबारसँगै सामाजिक उत्तरदायित्वका काम पनि गरिरहेको छ । यहि कार्यक्रमको निरन्तरताका क्रममा साकोसको पाडाजुगी सेवा केन्द्रले आफ्ना शेयर सदस्यहरुलाई बिभिन्न प्रकारका रोगहरुको उपचारमा लागेको खर्चको केहि प्रतिशत रकम नगदै उपलब्ध गराएको छ ।
मंगलबार झापाको जिल्लाको कमल गाउ पालिका वार्ड नं. ५ मा आयोजित एक कार्यक्रममा उक्त उपचार खर्च उपलब्ध गराएको संस्थाका पाडाजुगी सेवाकेन्द्रका सेवाकेन्द्र प्रमूख सञ्जिव मिश्रले बताएका छन् । संस्थामा नियमित कारोबार गरिरहेका शेयर सदस्यहरु, तिनका परिवारका सदस्यहरुलाई बिभिन्न रोगहरुबाट बिरामी भई अस्पतालको बसाई, रोगको प्रकृति, लागत खर्च आदिका आधारमा र संस्थाको नीति बमोजिम आफ्ना शेयर सदस्यहरुलाई सदस्य राहत कोष मार्फत उपलब्ध गराइने उपचार खर्च उपलब्ध गराइएको सेवाकेन्द्र प्रमूख मिश्र बताउँछन् ।
स्वास्थ्य सुबिधा उपलब्ध गराइएका शेयर सदस्यहरुमा शेयर सदस्य पिताम्बर खड्काको बुबाको मृगौलाको उपचार खर्च बापत रु. ४५,०००।–, शेयर सदस्य कृष्णकुमारी बस्तेतको हातको अप्रेशन गरेको खर्च बापत रु. ३०६०।–, शेयर सदस्य बिनिता खड्गीको छोरीको उपचार खर्च बापत रु.१६३९।– र गंगा खनाल तिमिस्नाको सुत्केरी खर्च बापत रु. ८,०००।– नगदै उपलब्ध गराइएको थियो ।
त्यसैगरी सोहि कार्यक्रममा सिम्रिक साकोसले बाल बचत सञ्चालन गरिरहेका शेयर सदस्यहरुका छोराछोरीहरुलाई बिद्यालय ब्याग र स्टेशनरी समेत उपलब्ध गराएको जनाएको छ । बिभिन्न १२ जना बालबालिकाहरुलाई बाल बचतमा प्रोत्साहन स्वरुप उक्त सामाग्री उपलब्ध गराईएको सेवाकेन्द्र प्रमूख सञ्जिव मिश्रले बताएका छन् । उनका अनुसार बालबालिकाहरुलाई फजुल खर्च गर्नबाट जोगाउदै थोरै थोरै रकम भएपनि बचत गर्ने बानी बसाल्न बाल बचत खाता खोलिने गरेको र उक्त खातामा नियमित बचत कारोबार गर्ने बालबालिकाहरुलाई स्टेशनरी र बिद्यालयको झोला संस्थाले बिगत बर्षदेखि नै उपलब्ध गराउदै आइरहेको बताएका छन् ।
कमल गाउ पालिका वडा नं. ५ का वडा अध्यक्ष लाल बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सिम्रिक साकोस केन्द्रीय कर्जा जोखिम बिभाग प्रमूख बिजय बस्नेतले सञ्चालन गरेका थिए भने उक्त कार्यक्रममा मंगलमय टोल बिकास संस्थाका सदस्यहरु, सिम्रिक साकोसका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी सिम्रिक साकोस मधुमल्ला सेवाकेन्द्रले पनि मिक्लाजुङ गाउँपालिका वार्ड नं ५ का वडा अध्यक्ष पूर्णबहादुर कुँवरको प्रमुख अतिथ्यतामा विद्यालयको झोला र स्टेसनरी वितरण गरिएको सेवा केन्द्र प्रमुख महेन्द्र राजवंशीले बताएका छन् । ५६ जना बाल बचतकर्ता बालबालिकाहरूलाई ब्याग कापी पेन्सिल उपलब्ध गराइएको सेवा केन्द्र प्रमुख राजबंशीले बताए ।
यज्ञप्रसाद भट्टराई
यज्ञप्रसाद भट्टराई पूर्वको झापामा रहेर राजनीतिक, सामाजिक अभियानमा क्रियाशील छन् । सहकारी आन्दोलनमा समेत सरिक रहेका भट्टराईले पछिल्लो समय नेपालबहस डटकममा आबद्ध रहेर लेखन तथा पत्रकारिता गरिरहेका छन् ।
लेखकबाट थपसरकारी निकायसँग भएका डकुमेन्टबाट सहकारी ठगीको छानबिन थाल्ने समितिको निर्णय
असार २, २०८१ आइतबार
कछुवा गतिमा काम गरिरहेको सहकारी छानबिन समितिले आज कार्यविधि पास गर्ने
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
सशस्त्रमा आफू भए सबै ठीक, नभए संगठन नै बेठीक ?
असार ३, २०८१ सोमबार
शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण
असार ३, २०८१ सोमबार
बालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार
कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
असार ३, २०८१ सोमबार
काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको अभाव !
असार ३, २०८१ सोमबार