अर्थतन्त्रमा प्रादेशिक योगदान : बागमतीको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ९, २०८१ बुधबार २०:४६:३२
![](https://nepalbahas.prixacdn.net/media/albums/EconomyNepal_2KmAva0aL8_0UXCbBeu7R.jpg)
९ जेठ, काठमाडौं । मुलुकको कूल गार्हस्थ उत्पादन (जिडिपी) मा प्रदेशको योगदान हेर्दा बागमती प्रदेशको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक कूल गार्हस्थ उत्पादन अनुमानसम्बन्धी तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको मुलुकको कूल अर्थतन्त्रमा बागमती प्रदेशले सबैभन्दा बढी ३६ दशमलव ४ प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ ।
त्यस्तै, कोशीको १५ दशमलव आठ, लुम्बिनीको १४ दशमलव तीन, मधेसको १३ दशमलव एक, गण्डकीको नौ दशमलव एक र सुदूरपश्चिम प्रदेशको सात दशमलव एक प्रतिशत योगदान रहने अनुमान गरिएको छ । जिडीपीमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको करिब चार दशमलव तीन प्रतिशत बराबर मात्रै रहने अनुमान तथ्याङ्क कार्यालयले गरेको छ ।
कार्यालयका अनुसार गत आव २०७९/८० को संशोधित अनुमान बमोजिम कुल गार्हस्थ उत्पादनमा प्रादेशिक योगदान सीमान्त रूपमा परिवर्तन भएको छ । “गत वर्षको तुलनामा कूल गार्हस्थ उत्पादनमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिमको योगदान सीमान्त रूपमा घटेको छ भने बाँकी प्रदेशको योगदान सीमान्त रूपमा बढेको छ”, तथ्याङ्क कार्यालयले भनेको छ ।
चालु आव २०८०/८१ मा राष्ट्रिय वार्षिक कूल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब रु ५७ खर्ब पाँच अर्ब हुने अनुमान गरिएको छ । देशको शासन प्रणालीमा भएको परिवर्तन पछि प्रादेशिक तहमा भएको आर्थिक गतिविधिको मापन गर्न र प्रदेशमा देखिएका सामाजिक तथा आर्थिक विभेदलाई न्यून गर्न आवश्यक नीति निर्माणका लागि तथ्याङ्क कार्यालयले यस्तो तथ्याङ्क सार्वजनिक गर्दै आएको छ ।
अर्थतन्त्रको प्रादेशिक अनुमान प्रचलित मूल्य र स्थिर मूल्य दुवैमा मापन गरी सार्वजनिक गरिएको छ । प्रचलित मूल्यको कूल गार्हस्थ उत्पादनबाट अर्थतन्त्रको आकार अनुमान गरिन्छ भने स्थिर मूल्यको कूल गार्हस्थ उत्पादनबाट आर्थिक वृद्धि दर अनुमान गरिन्छ ।
चालु आवको प्रारम्भिक अनुमान बमोजिम उपभोक्ताको मूल्यमा प्रादेशिक कूल गार्हस्थ उत्पादनको वृद्धि दर सबैभन्दा धेरै गण्डकी प्रदेशमा चार दशमलव ५५ र लुम्बिनीमा चार दशमलव ०५ प्रतिशत बराबर रहने अनुमान गरिएको छ । त्यस्तै, कोशीको आर्थिक वृद्धिदर तीन दशमलव ५१, मधेसको तीन दशमलव ७८, बागमतीको तीन दशमलव ९६ र सुदूरपश्चिमको चार दशमलव ४१ प्रतिशत रहने अनुमान गरिएको छ । सबैभन्दा थोरै वृद्धिदर कर्णाली प्रदेशमा तीन दशमलव ३९ प्रतिशत बराबर मात्रै हुने प्रारम्भिक अनुमान छ ।
उपभोक्ताको मूल्यमा राष्ट्रिय कूल गार्हस्थ उत्पादन वृद्धिदर तीन दशमलव ८७ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएकोमा गण्डकी, लुम्बिनी र बागमती प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा धेरै र बाँकी प्रदेशको राष्ट्रिय वृद्धिदरभन्दा थोरै हुने प्रारम्भिक अनुमान रहेको छ ।
तथ्याङ्क कार्यालयका अनुसार सबै प्रदेशमा आव २०७८/७९ को वृद्धिदरभन्दा आव २०७९/८० को वृद्धिदर कम देखिएको छ भने आव २०७९/८० को वृद्धिदरभन्दा आव २०८०/८१ को वृद्धिदर धेरै रहेको देखिएको छ ।
कोशी प्रदेश कूल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा चालु आवका लागि करिब रु नौ खर्ब तीन अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब रु आठ खर्ब ४९ अर्ब रहने संशोधित अनुमान गरिएको छ ।
मधेस प्रदेशको चालु आवका लागि करिब रु सात खर्ब ४८ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब रु सात खर्ब तीन अर्ब रहने संशोधित अनुमान गरिएको छ ।
तथ्याङ्क कार्यालयका अनुसार बागमती प्रदेशको जिडिपी चालु आवमा करिब रु २० खर्ब ७५ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब रु १९ खर्ब ३८ अर्ब रहने संशोधित अनुमान गरिएको छ ।
त्यसैगरी, गण्डकी प्रदेशको कूल गार्हस्थ उत्पादन चालु आवमा रु पाँच खर्ब १७ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब रु चार खर्ब ८४ अर्ब रहने संशोधित अनुमान गरिएको छ । लुम्बिनी प्रदेशको कूल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा चालु आवका लागि करिब रु आठ खर्ब १४ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब रु सात खर्ब ६४ अर्ब रहने संशोधित अनुमान गरिएको छ ।
त्यस्तै, कर्णाली प्रदेशको कूल गार्हस्थ उत्पादन चालु आवमा करिब रु दुई खर्ब ४४ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब रु दुई खर्ब २९ अर्ब रहने संशोधित अनुमान गरिएको छ ।
सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा चालु आवका लागि करिब रु चार खर्ब चार अर्ब हुने प्रारम्भिक अनुमान गरिएको छ भने गत आवमा करिब रु तीन खर्ब ८१ अर्ब रहने संशोधित अनुमान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभोजपुरको सेल्मे फलाम खानी सञ्चालनमा ल्याउन स्थानीयको माग
असार २, २०८१ आइतबार
५ वर्षभित्र अर्थतन्त्रको आकार १०३ खर्ब पुर्याउन ११२ खर्ब लगानी आवश्यक
जेठ २६, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
सशस्त्रमा आफू भए सबै ठीक, नभए संगठन नै बेठीक ?
असार ३, २०८१ सोमबार
शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण
असार ३, २०८१ सोमबार
बालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार
कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
असार ३, २०८१ सोमबार