'पूजार सार्की' र 'फर्की फर्की' एक साथ रिलिज
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार १३:६:४९
१० जेठ, काठमाडौं । तीन सुपर स्टार रहेको फिल्म ‘पूजार सार्की’ र अनमोल केसीको ‘फर्की फर्की’ एक साथ रिलिज भएका छन् । बुद्ध जयन्तीको सार्वजनिक विदाको अवसर पारेर बिहीबारबाट दुवै फिल्म रिलिज गरिएको हो ।
‘पूजार सार्की’ मा अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको छ । यस फिल्मलाई राष्ट्रिय अवार्ड विजेता दिनेश राउतले निर्देशन गरेका हुन् । सामाजिक विषयमा फिल्म बनाउने निर्देशक राउतले यसअघि ‘प्रसाद’ र ‘प्रकाश’ जस्ता फिल्म बनाएका थिए ।
सुवास भुसालको निर्माण रहेको फिल्ममा आर्यनको जोडी अञ्जना बराइलीसँग बाँधिएको छ भने प्रदीपको अपोजिटमा परीक्षा लिम्बूले अभिनय गरकी छन् । फिल्म अन्तरजातीय प्रेमको कथामा बनेको छ । विकास सुवेदीको लेखन रहेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, शङ्कर आचार्य, प्रेम सुब्बा, सुभास गजुरेल, विद्या कार्की, बसन्त भट्ट लगायतको पनि अभिनय छ ।
त्यस्तै अनमोल केसी र जसिता गुरुङको प्रमुख भूमिका रहेको फर्की फर्की‘टाइम लुप’ को कथामा बनेको छ । यस फिल्मलाई सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । अनमोलका पछिल्ला फिल्मले बक्स अफिसमा राम्रो नगरेको अवस्थामा फर्की फर्की बक्स अफिसमा सफल हुनुपर्ने दबाब अनमोलमाथि रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म रिलिज पछि ‘लण्डन टू पेरिस’को गीत सार्वजनिक
जेठ ३१, २०८१ बिहिबार
१२ औं नेपाल अफ्रिका फिल्म फेस्टिबलमा १० देशका २८ चलचित्र चयन
जेठ ३०, २०८१ बुधबार
चेपाङको जीवनीमा दीपेन्द्रले तयार गरे वृतचित्र ‘पचेडा’
जेठ २७, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार
इन्धन ढुवानी चालक र सरकारबीच उद्योग मन्त्रालयमा वार्ता
असार ३, २०८१ सोमबार
लुम्बिनीमा बाल मृत्युदर घट्यो
असार ३, २०८१ सोमबार
सुनको मूल्य ६ सयले घट्यो, प्रतितोला कति ?
असार ३, २०८१ सोमबार