रौतहट प्रहरीद्वारा लाखौँको भारतीय मलखाद र कुखुरा बरामद
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार १४:५६:४५
♦ सञ्जय मिश्रा
१० जेठ, रौतहट । रौतहट स्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीको छुट्टाछुट्टै गस्ती टोलीले लाखौँको अवैध भारतीय मलखाद र भारतीय कुखुरा बरामद गरेको छ।
तस्करहरूले भारतबाट विभिन्न नाका हुँदै अवैध रुपमा भन्सार छलि ल्याएका चार लाख सन्तानब्बे हजार दुई सय सत्तरी रुपैया बराबरको युरीया मल, किराना तथा लत्ताकपडा लगायतका सामानहरूसँगै तीन जना तस्करलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन्।
ना२९ प २८१४,ना ३७ प ५३१३ र विआर ३० ई ३४८४ नम्बरको मोटरसाइकल सहित पक्राउ परेका कटहरिया नगरपालिका ५ का सिकिन्दर यादव, फतुवा बिजयपुर २ का बीरबल यादव, आदर्श कोतवाल ३ बाराका प्रदीप यादव र बिना चालक बरामद ना४१ प ५५१४ मोटरसाईकल र पक्राउ परेका तीनैजना लाई सामान सहित आवश्यक कारवाहीको लागी गौर भंसार कार्यालयमा दाखिला गरिएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
त्यसैगरी सशस्त्र प्रहरी ११ नम्बर गण हेक्वा रौतहट बाट गएको गस्ती टोलीले सीमाक्षेत्र बाट तीन क्विन्टल भन्दा बढी भारतीय कुखुरा बरामद गरेको छ। तस्करहरूले भारतीय बजारबाट अवैध रुपमा ल्याउँदै गरेको ३१५ किलो कुखुरा ९४ हजार ५०० बराबरको परोठा ९ मोतिपुर स्थित बरामद गरेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन्।
बरामद कुखुरा सशस्त्र प्रहरी ११ नम्बर गणको हाता भित्र खाल्डो खनी पुरेर नष्ट गरिएको सशस्त्र प्रहरी रौतहटले जनाएको छ। रौतहटमा नयाँ एसपीको रुपमा हुमागाईं आएदेखि नै तस्करी नियन्त्रणमा विशेष सक्रियता देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
जेठ २९, २०८१ मंगलबार
सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ
जेठ १८, २०८१ शुक्रबार
दिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
पहिरो पन्छाएपछि खुल्यो पृथ्वी राजमार्ग
असार ३, २०८१ सोमबार
कस्तो रहला आज दिनभरको मौसम ?
असार ३, २०८१ सोमबार
राष्ट्रपतिको सम्मानमा वर्लिनमा स्वागत समारोह
असार ३, २०८१ सोमबार
युरोकपमा इङल्याण्डको विजयी सुरुवात
असार ३, २०८१ सोमबार
मुस्लिम धर्मावलम्बीहरुले आज बकर इद मनाउँदै, देशभर सार्वजनिक बिदा
असार ३, २०८१ सोमबार