सुत्केरीले पाउने यातायात खर्च पनि प्रतिष्ठानद्वारा कटौती
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार १६:४:१६
१० जेठ, तुलसीपुर दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले सरकारको आमा सुरक्षा कार्यक्रम लागु गरे पनि सुत्केरी महिलाले यातायात खर्चवापत पाउने रकम कटौती गरेको छ । प्रतिष्ठानले जेठ ३ गतेदेखि लागु हुने गरी कार्यकारी परिषदबाट निर्णय गरेर अस्पतालमा सुत्केरी गराउन आउने महिला डिस्चार्ज भई घर जाने क्रममा १ हजार रूपैँया मात्र दिने निर्णय गरेको हो । प्रतिष्ठानले आफ्नो निर्णय भन्दै सुत्केरीले यसअघि पाउँदै आएको यातायात खर्चको रकम कटौती गरेको हो ।
अस्पतालमा सुत्केरी गराउन गरिब, निम्न आए भएका महिलाहरू आउने गर्छन् । दैनिक १० भन्दा बढी महिलाले प्रसूति सेवा प्राप्त गर्दै आएका छन् । प्रतिष्ठानले यो भन्दा अगाडि यातायात खर्चवापत २ हजार रूपैँया र नियमित गर्भ परीक्षण गरेकोमा ८ सय गरी कुल २८ सय रकम दिँदै आएको छ । प्रतिष्ठानले यातायात खर्च १ हजार दिएर सरकारसँग भने २८ सय दावी गर्दै आएको छ ।
प्रतिष्ठानमा सुत्केरीका लागि आएकी एक जना महिलाले आफूहरूले २ हजार यातायात खर्च पाउँदै आएकोमा यसरी बिना सूचना १ हजार मात्रै दिनुले गम्भीर प्रश्न खडा गरेको बताइन् । आमा सुरक्षा कार्यक्रम लागु भएपछि त्यो अनुसारको सेवा दिनुपर्ने उनीहरुको भनाई छ । प्रतिष्ठानमा कार्यरत एक जना महिला कर्मचारीले पनि केन्द्रबाट पत्राचार गरेको आफूहरूलाई थाहा नभएको, तर, प्रतिष्ठानले एकाएक यातायात खर्च कटौती गर्नु दुःखदायी काम भएको बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९६ करोड
असार १, २०८१ शनिबार
कृषि मेलाबाट हजारौं किसान लाभान्वित
असार १, २०८१ शनिबार
नवलपरासीपूर्वका किसानलाई चैतेधान भित्र्याउने चटारो
जेठ ३१, २०८१ बिहिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
बंगलादेशले नेपाललाई दियो १०७ रनको लक्ष्य
असार ३, २०८१ सोमबार
सन्दीपले लियो नेपालका लागि बंगलादेशको सातौँ विकेट
असार ३, २०८१ सोमबार
बंगलादेशले छैटौँ विकेट गुमायो, रोहितले लिए साकिबको विकेट
असार ३, २०८१ सोमबार
बंगालदेशविरुद्ध नेपालको शानदार बलिङ, पावर प्लेमा ४ विकेट लियो
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार