कार्यदलमा सहमतिको सकस , गोलमटोल कुराले छानबिन अगाडि बढ्न सक्दैन : कांग्रेस
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार २०:४८:३
१० जेठ, काठमाडौं । सहकारी ठगी प्रकरणलाई लिएर छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक पटक–पटक बसे पनि सहमतिको विन्दु पहिल्याउन सकेको छैन ।
सत्ता पक्ष र प्रतिपक्ष दुवै संसदीय छानबिन समिति बनाउन सहमत भए पनि कार्यक्षेत्रबारे कुरा नमिल्दा टिओआरको खाकालाई पूर्ण रुप दिन सकेको छैन । कानून मन्त्रालयमा आज बसेको बैठकमा सहमति जुट्ने सम्भावना रहेको बताइए पनि अन्ततः बैठक निष्कर्ष विहीन हुन पुग्यो । बैठक भोलि फेरी बस्ने बताइएको छ ।
आजको बैठकपछि कांग्रेस सहमहामन्त्री जीवन परियारले आफूहरू गृहमन्त्री रवि लामिछानेकै नाम लेख्नुपर्ने अडानबाट पछि नहटेको बताए । उनले छानबिन समितिमा गृहमन्त्रीको नाम किटान नभएसम्म आफूहरू नमान्ने अडान सुनाए ।
उनले थपे, ‘हामीले जसका बारेमा छानबिन बनाउनुपर्छ भनेर उठाएका हौं । त्यो नभएसम्म हामी मान्दैनौँ भनेका छौं । सत्तापक्षलाई आज पनि त्यही कुरा राखेका छौं । उनले गोलमटोल भाषाले छानबिन अगाडि बढ्न नसक्ने बताएका छन् ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले भने छानबिन समितिमा सहकारीको नाम राख्ने तर व्यक्ति केन्द्रित छानबिन समिति नबनाउने आफूहरूको प्रस्ताव रहेको बताए । व्यक्ति केन्द्रित हुँदा त्यो न्यायोचित नहुने र सुरुमै प्रिजुडिस गर्छ भन्ने आफुहरुको भनाइ रहेको उनले बताए । कार्यदलमा रहेका एमाले सांसद महेश बर्तौलाले आजको छलफल सकारात्मक भएको र भोलि सहमति हुने सम्भावना रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदका कर्मचारी फकाउन सभामुखदेखि सचेतकसम्म बसे छलफलमा
असार ३, २०८१ सोमबार
सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
राष्ट्रपतिको सम्मानमा वर्लिनमा स्वागत समारोह
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
'माया बस्यो' भन्दै आए सुरेश र डा.एलिया
असार ३, २०८१ सोमबार
ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावाका विभिन्न सेवामा विशेष छुट
असार ३, २०८१ सोमबार
भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु
असार ३, २०८१ सोमबार
मध्य चीनमा गाडीमा निसास्सिएर आठ जनाको मृत्यु
असार ३, २०८१ सोमबार
जुम्लाका स्थानीय तहमा सडक निर्माण कमजोर
असार ३, २०८१ सोमबार