महानगरका सबै विभागका प्रतिनिधिलाई ‘सार्वजनिक निजी साझेदारी कार्यक्रम’ सम्बन्धी तालिम
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार १३:३०:४१
![](https://nepalbahas.prixacdn.net/media/albums/KMC.jpg-14_2ocshZdLsH_69W1MxQGNG.jpg)
११ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले अभ्यास गरिरहेको सार्वजनिक निजी साझेदारी कार्यक्रमका विषयमा विभागका अधिकारीबीच समान बुझाइ विकास गर्न २ दिने तालिम आयोजना गरिएको छ । सार्वजनिक निजी साझेदारी एकाइले सबै विभागबाट एक एक जना प्रतिनिधि बोलाएर विभागसँग कस्ता कार्यक्रम हुन सक्छन्, यी कार्यक्रमलाई कसरी कार्यान्वयनमा लैजान सकिन्छ भन्ने विषयमा सैद्धान्तिक छलफल र व्यवसायीक कार्ययोजना निर्माणको अभ्यास गराइएको छ ।
तालिममा निजी साझेदारी कार्यक्रमको अवधारणा, परिचय र महत्व, नेपालको सन्दर्भमा सार्वजनिक निजी साझेदारी कार्यक्रमको सफल अभ्यास, सम्भावना र चुनौती, सार्वजनिक निजी साझेदारी अवधारणाका लागि सम्भावित र महत्वपूर्ण आयोजनाहरू, साझेदारी कार्यक्रमका अङ्गहरु र व्यवसायिक कार्ययोजना निर्माण अभ्यास, योजना छनोटका सूचक, विधि र प्रक्रियालगायत विषय समेटिएका थिए । यस्तै बजारीकरण र उत्पादन योजना, संस्थागत प्रबन्ध (संगठन र व्यवस्थापन) तथा वित्तीय योजना र योजना विश्लेषण तालिममा समेटिएका थिए ।
कार्यक्रममा महानगरपालिकाको सार्वजनिक निजी साझेदारी बोर्डका सदस्य एवं वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले नीतिमा समस्या भए जनप्रतिनिधिले काम गर्नु पर्ने, कार्यान्वयनमा समस्या भए कर्मचारीले काम गर्नुपर्ने बताए । यस्तै बोर्डका अर्का सदस्य एवं वडा नंं ३० का अध्यक्ष दलबहादुर कार्कीले, साझेदारीबाट गरिने कामको प्राथमिकता निर्धारण गर्नु पर्नेमा जोड दिए ।
सार्वजनिक निजी साझेदारी कार्यक्रमको मुख्य मर्म भनेको सबै पक्ष लाभान्वित हुनु हो । यसमा लगानी गर्ने पनि र नगर्ने पनि लाभान्वित हुनुपर्छ । लगानी गर्नेहरूको लगानी सुरक्षा तथा प्रतिफल र लगानी नगर्नेहरुका लागि सेवा उपभोगको अवसरले साझेदारी कार्यक्रम सफल हुने हो । यसमा निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण स्पष्ट बनाउनुपर्छ । कार्यक्रममा सहरी योजना आयोगका सदस्य डा. सुरजराज काफ्लेले धारणा राखे ।
सबै अवधारणा सबै ठाउँमा कार्यान्वयन अनुकुल नहुन सक्छन् । कार्यक्रममा आयोगका अर्का सदस्य प्रसुन्न बज्राचार्यले स्थानीय अवस्था र आवश्यकताबाट परियोजनाको ढाँचा एकिन गर्नु पर्ने बताए ।
एकाइका प्रमुख नरेन्द्रबिलास बज्रचार्यकाअनुसार महानगरपालिकाले २०५६ सालबाट सार्वजनिक जिनी साझेदारी अवधारणाअनुसार कार्यक्रम थालेको हो । यसपछि कति योजना सफल भए, कति योजना सफल बनाउन पुरक सम्झौता गर्नु परेको छ । कति योजनामा सम्झौता गरेर काम थालनी भयो तर कार्य सम्पन्न भएन । यसकारण विगतको अभ्यास अध्ययन विश्लेषण गर्नु र महानगरपालिकाले जारी गरेको ऐन कार्यान्वयन गर्न नियमावली तर्जुमा गर्नु अहिलेको आवश्यकता रहेको छ ।
तालिमका प्रशिक्षक विश्व कार्कीले, निजी साझेदारीका कार्यक्रम सञ्चालन गर्नु पूर्व कार्यक्रमका अन्तरपक्षमध्ये पनि लगानी, निर्माण, सञ्चालन तथा व्यवस्थापनको दायित्व, दिगोपना, हस्तान्तरणजस्ता पक्षमा स्पष्ट हुनुपर्ने र जोखिम आँकलन गर्नु पर्ने बताए । यस्तै अर्का प्रशिक्षक शुशिलकुमार शर्माले, साझेदारी कार्यक्रमबाट छिटो नतिजा प्राप्त हुने, सञ्चालन र व्यवस्थापनमा अपनत्व तथा दिगो उपयोगमा योगदान हुने बताए ।
तालिममा वातावरण व्यवस्थापन विभाग, पूर्वाधार निर्माण, सहरी यातायात सञ्चालन व्यवस्थापन जस्ता सञ्चालनमा रहेका परियोजनालाई प्रतिनिधि अवस्था मानेर यसका चरण, लाभ, हुनुपर्ने र भएको अवस्थाका विषयमा अन्तरक्रिया गरिएको थियो । यस्तै यी परियोजनाको व्यवसायिक कार्ययोजना निर्माण अभ्यास गरिएको थियो ।
तालिमपछि अधिकारीहरुमा साझेदारी कार्यक्रममा पीटु (पोलिसी एण्ड प्लेस) र एमथ्री (मनी, म्यानेजमेन्ट र म्यानपावर) कार्यक्रम सञ्चालन, व्यवस्थापन, स्वामित्व र लाभका विषयमा एउटै धारणा विकास भएको हामीले अपेक्षा गरेका छौँ । तालिमको नतिजाका विषयमा वरिष्ठ शाखा अधिकृत कविता राईले जानकारी दिइन् ।
सार्वजनिक निजी साझेदारी बोर्ड
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को संयोजकत्वमा सार्वजनिक निजी साझेदारी बोर्ड गठन भएको छ । उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत, प्रदीप परियार, सहरी योजना आयोगका उपाध्यक्ष, डा. सुमननरसिंह राजभण्डारी बोर्डका सदस्य रहेका छन् । यस्तै वडा नं. ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, ९ का अध्यक्ष रामजी भण्डारी र ३० का अध्यक्ष दलबहादुर कार्की, सार्वजनिक निजी साझेदारी कार्यक्रमका विज्ञ सुदीप ढकाल सदस्य छन् । सार्वजनिक निजी साझेदारी एकाइका प्रमुख नरेन्द्रबिलास बज्राचार्य बोर्डको सदस्य सचिव छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार
बागमतीमा चालु आवको भन्दा बढी बजेट, कार्यान्वयन हुनेमा विपक्षीको आशंका
असार १, २०८१ शनिबार
बागमती प्रदेशको बजेट ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार