चण्डेश्वरी जात्रामा रैथाने खाना महोत्सव
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार ६:५१:५६
१२ जेठ, धुलिखेल । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ भीमसेनथान मार्गमा तीन दिनदेखि रैथाने खाना महोत्सव सञ्चालन भइरहेको छ । बनेपामा वैशाख पूर्णिमाको अवसरमा हरेक वर्ष लाग्दै आएको चण्डेश्वरी जात्रालाई लक्षित गरी काभ्रे होटल तथा रेष्टुराँ व्यवसायी सङ्घ र काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ सङ्घको संयुक्त आयोजनामा आयोजित महोत्सव सञ्चालित छ ।
बनेपा नगरपालिका–५ का स्थानीय सञ्चिता ढकालले जात्रासँगै रैथाने खाना महोत्सवले नयाँ आकर्षण थपेको महसुस भएको बताइन् । विगतमा जात्रा मात्रै हुने गरेकोमा यसपटक भएको खाना महोत्सवले मन परेको खानेकुरा रोजेर खान पाउने र जात्राको अवलोकन पनि गर्न पाउने भएकाले थप आकर्षक बनेको बताइन् ।
खाना महोत्सवमा योमरीको स्टल राखेकी सुमित्रा गौतमले महोत्सवमा आउनेको बढी रुचिको स्टल योमरी भएको बताइन् । योमरीको एउटा मात्रै स्टल भएकाले पनि पहिलो दिनदेखि नै बढी मात्रामा बिक्री भएको उनको भनाइ छ ।
रैथाने खाना महोत्सव आयोजक समितिका प्रतिनिधि एवं होटल व्यवसायी महासङ्घका केन्द्रीय कोषाध्यक्ष कृष्ण श्रेष्ठले गाउँ–गाउँबाट ल्याएको कोदो र फापरको पीठोबाट बनाएको रोटी, योमरी र कोदो, फापर र मकैको पीठो महोत्सवको स्टलमध्येकै आकर्षक बनेको बताए । जात्राका अवसरमा आयोजना गरेको महोत्सव पहिलोपटक भए पनि यसबाट जात्रामा आउने भक्तजनलाई बनेपाको रैथाने तथा परम्परादेखि प्रयोग गर्दै आएको खानाको स्वाद लिन पाउने व्यवस्था गरेको काम अधिकांशले रुचाएको बताए । पच्चीस वटा स्टलमध्ये योमरी, कोदो र फापरको पीठोबाट बनेका रोटी बारा, समयबजी लगायतका विभिन्न परिकारको स्टल राखेको उनले बताए ।
वैशाख पूर्णिमाको अवसरमा हुने चण्डेश्वरी जात्रामा सांस्कृतिक सद्भाव र एकताको भावना जागृत गराउन जात्राका अतिथिलाई बनेपाली रैथाने नेवारी खानाको परिकारबारे जानकारी दिलाउने तथा रैथाने खाना परिकारको प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको काभ्रे पार्टी प्यालेस तथा क्याटरिङ सङ्घका अध्यक्ष श्यामकुमार भालुले बताए ।
बनेपालीले निकै महत्वका साथ मनाउँदै आएको सो जात्रा यहाँका जात्रामध्येकै महत्वपूर्ण मानिन्छ । करिब दुई हजार पाँचसय वर्षअघिदेखि मनाइँदै आएको चण्डेश्वरी जात्राका अवसरमा बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडाको बली दिइएपछि देवता नभएको खाली रथ (खट)लाई स्थानीय युवाहरूले बाजागाजासहित बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी मन्दिर पु¥याउने प्रचलन छ ।
भोलिपल्ट तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देव गृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ । सदियौँदेखि आफ्नै मौलिक परम्परागत सांस्कृतिक तथा धार्मिक पर्वका रुपमा यस जात्रालाई यहाँका बासिन्दाले हर्षोल्लासका साथ मनाउँदै आएका छन् । जात्रा र महोत्सव दुवै आज समापन हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
पञ्चकोटको विश्वशान्ति कलश निर्माणका लागि ७ करोड संकलन
असार २, २०८१ आइतबार
हेटौंडा उपमहानगरको बजेट २ अर्ब ४३ करोड, चालु आवको भन्दा १६ प्रतिशतले कम
असार २, २०८१ आइतबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
बंगलादेशले छैटौँ विकेट गुमायो, रोहितले लिए साकिबको विकेट
असार ३, २०८१ सोमबार
बंगालदेशविरुद्ध नेपालको शानदार बलिङ, पावर प्लेमा ४ विकेट लियो
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार