संसद् अवरोध अन्त्य गर्न प्रधानमन्त्रीको सक्रियता, कांग्रेस सभापति देउवासँग छलफल
नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार ११:३७:५३
१३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को अवरोध अन्त्यका लागि नेपाली कांग्रेसलाई आग्रह गरेका छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित लगातार सदनको कारबाहीमा अवरोध गर्दै आएको छ ।
प्रधानमन्त्री दाहालले आज कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेर सदनको काम कारबाहीलाई सहज बनाइदिन आग्रह गरेका हुन् । प्रधानमन्त्री दाहालले सभापति देउवासँग एक्ला एक्लै र अन्य नेताहरूसँग सामूहिक छलफल गरी सदनको अवरोध हटाइदिन आग्रह गरेका थिए ।
कांग्रेस सहमहामन्त्री जीवन परियारले समस्या समाधानका लागि प्रधानमन्त्रीले गम्भीरतापूर्वक सक्रियता लिएको जानकारी दिए । प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच समस्या समाधानका लागि महत्वपूर्ण छलफल भएको उनले बताए ।
संसद्को अवरोध हटाउने विषयमा आज शीर्ष नेताहरुबीच छलफल गर्ने कार्यसूची तय भएको थियो । कांग्रेस सभापति देउवाले आफू अस्वस्थ भएको भन्दै प्रधानमन्त्री दाहाल र नेकपा९एमाले०का अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नै निवासमा आउन आग्रह गर्नुभएको कांग्रेस नेता परियारले जानकारी दिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदका कर्मचारी फकाउन सभामुखदेखि सचेतकसम्म बसे छलफलमा
असार ३, २०८१ सोमबार
सहकार्यको संस्कृतिलाई सबल बनाउन बकर इदको महत्वपूर्ण भूमिका : प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
राष्ट्रपतिको सम्मानमा वर्लिनमा स्वागत समारोह
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
६ किलो सुन र ४८ लाख नगदसहित पक्राउ परेका चिनियाँसँग भेटियो नेपाली नागरिकता
असार ३, २०८१ सोमबार
रौतहटको बजारमा विषादी प्रयोग गरी पकाइएको आँप छ्यापछ्याप्ती
असार ३, २०८१ सोमबार
कोशी प्रदेशमा दश वर्षमा चट्याङ लागेर दुई सय ५४ जनाले ज्यान गुमाए
असार ३, २०८१ सोमबार
साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु
असार ३, २०८१ सोमबार
'माया बस्यो' भन्दै आए सुरेश र डा.एलिया
असार ३, २०८१ सोमबार