बागमतीमा दैनिक २० भन्दा बढी सवारी दुर्घटना
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार ११:४८:२८
![](https://nepalbahas.prixacdn.net/media/albums/accident-pic1_ED4Er44smz_tfCrVUTcgV.jpg)
♦ बसन्त भण्डारी
१३ जेठ, काठमाडौं। पछिल्लो १० महिनामा बागमती प्रदेशमा सवारी दुर्घटनामा परि ४ सय १० जनाले ज्यान गुमाइसकेका छन् । बागमती प्रदेशमा सवारी दुर्घटनाको जोखिम घटाउन प्रहरीले कडा कारबाही गर्दै चालु आर्थिक वर्षको वैशाख सम्ममा मात्र करिब ७२ करोड रुपैयाँ जरिवाना असुली गरे पनि सवारी दुर्घटनाका घटनाहरू नरोकिनु नागरिकको चिन्ताको विषय बनेको छ।
प्रहरीबाट प्राप्त तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको वैशाखसम्म प्रदेश भरि ८ हजार ८ सय भन्दा बढी व्यक्ति सवारी दुर्घटनाका कारण घाइते भएका छन् भने ७ हजार ९ सय ३५ वटा सवारी दुर्घटनाका घटनाहरू घटेका छन्। यही अवधिमा, ट्राफिक नियम उल्लङ्घन गर्ने ९ लाख भन्दा बढी सवारी चालकलाई कारबाही गर्दै ७२ भन्दा बढी रुपैयाँ जरिवाना असुल गरिएको छ । यही आँकडा हेर्दा बागमती प्रदेशमा साना ठूला दुर्घटना गरि दैनिक २० वटा भन्दा बढी सवारी दुर्घटना हुने गरेको देखिन्छ ।
“यस्तो जरिवानाले हामीलाई सचेत बनाउँछ तर पर्याप्त छैन,” चितवन-काठमाडौं बस चलाउने सन्तोषकुमार राईले भने, “सडकहरू पुरानै छन्, सङ्केतहरू छैनन्। सवारी चालकहरूलाई शिक्षा दीक्षा पनि उत्तिकै आवश्यक छ।” अर्का चालक उमेश लामाले पनि “नगद जरिवाना मात्रै भएर नपुग्ने” बताए।
सवारी चाप र सडक अव्यवस्थित हुनुका साथै चालकहरूको सचेतना अभावले गर्दा दुर्घटनाका घटनाहरू बढ्दै गएको प्रहरीको विश्लेषण छ। जरिवानाभन्दा पनि सडक सुरक्षा शिक्षा, सरोकारवाला निकायबीच सहकार्य र नयाँ प्रविधिको प्रयोग जरुरी देखिएको छ।
प्रहरी प्रशासनले पनि ट्राफिक नियमको कडाइ, चेकिङ र अनुगमन बढाए पनि दुर्घटनाको खतरा कायमै रहेको स्वीकार गरेको छ। चालु आर्थिक वर्षको वैशाखसम्ममा प्रदेश भर ९ लाख ४३ हजार ५ सय १३ जना बढी सवारी चालकलाई कारबाही गरिए पनि दुर्घटनाको सङ्ख्यामा खासै कमी आउन सकेको छैन। अर्थात् सचेतना हुँदा मात्रै दुर्घटना कमी हुने देखिएन ।
सरकारी तथा गैरसरकारी निकायहरूका साथै सर्वसाधारण नागरिकको सहभागितामा सडक सुरक्षा अभियानलाई नयाँ रणनीतिसहित अगाडि बढाउन सकिने विज्ञहरूको विश्लेषण छ।
ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कडा कारबाही
बागमती प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई प्रहरीले कडा कारबाही गरेको देखिन्छ। चालु आर्थिक वर्षको वैशाख महिनासम्मको तथ्याङ्कले यसतर्फ प्रकाश पारेको छ।
नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार प्रदेशको उपत्यका बाहेकका जिल्लाहरूमा मात्रै १ लाख ८४ हजार १५८ जना ट्राफिक नियम उल्लङ्घनकर्तालाई कारबाही गरिएको छ। यस क्रममा प्रहरीले करिब ३५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको देखिन्छ।
जिल्लागत रूपमा हेर्दा चितवनमा सबैभन्दा बढी ३५ हजार ६ सय ३९ जनालाई कारबाही गरिएको छ भने त्यहाँबाट २ करोड ५८ लाख ४२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ। त्यस्तै, मकवानपुरमा २९ हजार ७ सय ११ जना र धादिङमा १८ हजार ७ सय १९ जनालाई कारबाही गरिएको छ। राजस्व सङ्कलनतर्फ मकवानपुरबाट २ करोड २० लाख ८८ हजार र धादिङबाट १ करोड ३५ लाख ६७ हजार रुपैयाँ सङ्कलन भएको छ।
यसरी, सवारी चालकमाथि कडा नियम लागू गरिएको देखिन्छ। तर नियम उल्लङ्घनका घटनाहरू अझै बढ्दै गएकाले यसलाई लिएर चिन्ता बढेको छ। सरोकारवालाहरूले शान्त र सुरक्षित यातायात व्यवस्थाको सुनिश्चतताका लागि नियममा थप कडाइ गर्नुपर्ने बताउँछन्।
ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सजग गराउँदै कारबाही गर्ने उद्देश्यले विभिन्न चेकपोइन्टहरू स्थापना गरिएको बताउँदै सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित यात्रा सुनिश्चित गर्न सबैले ट्राफिक नियमको पालना गर्नु आवश्यक रहेको नेपाल प्रहरी प्रवक्ता दान बहादुर कार्की बताउँछन्।
सरकारी, गैरसरकारी र निजी क्षेत्रका सरोकारवालाहरूसँगको समन्वय र सहकार्यमा यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सकिने विश्लेषकहरूको भनाई छ। सबैको सहयोगमा मात्र दुर्घटना न्यूनीकरण र नागरिकको सुरक्षित यात्रा सम्भव हुने बताइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुतिरहेको अवस्थामा चट्याङ लागेर एक जनाको मृत्यु
असार ३, २०८१ सोमबार
चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु
असार ३, २०८१ सोमबार
मोटरसाइकलको ठक्करबाट धनगढीमा पैदलयात्रुको मृत्यु
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
रौतहटको बजारमा विषादी प्रयोग गरी पकाइएको आँप छ्यापछ्याप्ती
असार ३, २०८१ सोमबार
कोशी प्रदेशमा दश वर्षमा चट्याङ लागेर दुई सय ५४ जनाले ज्यान गुमाए
असार ३, २०८१ सोमबार
साउदी अरबमा अत्यधिक गर्मीका कारण १४ हजयात्रीको मृत्यु
असार ३, २०८१ सोमबार
'माया बस्यो' भन्दै आए सुरेश र डा.एलिया
असार ३, २०८१ सोमबार
ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावाका विभिन्न सेवामा विशेष छुट
असार ३, २०८१ सोमबार