निःशुल्क स्वास्थ्य शिविरमा नौ सय जनाको उपचार
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार १६:५५:४६
![](https://nepalbahas.prixacdn.net/media/albums/sibir-2_5y7G0ZlWwd_xaBzYWX28U.jpg)
१३ जेठ, रसुवा । निःशुल्क उपचार सेवाबाट रसुवाको दक्षिणी भेगका स्थानीयवासी लाभान्वित भएका छन् । भोर्ले, चित्ति, बडरेलगायतका स्थानीय बासिन्दा निःशुल्क उपचार सेवाबाट लाभान्वित भएका हुन् ।
डा केदार नरसिंह केसीको अगुवाइमा यशोदादेवी भगवान सिंह मेमोरियल ट्रस काठमाडौंको आयोजना र रसुवा नुवाकोट पर्यटन समाज तथा भोर्लेस्थित रूद्रादेवी आमा समूहको समन्वयमा नौकुण्ड गाउँपालिका-५ स्थित भोर्ले गाउँमा शनिबार निःशुल्क स्वास्थ्य सम्पन्न भएको थियो । शिविरमा नौ सय २२ जनाले उपचार सेवा लिएको नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए ।
स्वास्थ्य शिविरमा दुई सय जनालाई भिडियो एक्सरे, ९२ जनालाई स्त्रीसम्बन्धी उपचार सेवा र एक सय १० जनालाई दाँत एवं ५० जनालाई प्रसूतिसम्बन्धी उपचार गरिएको थियो । दुई सय ७१ जनालाई सामान्य परीक्षण गरिएको अध्यक्ष न्यौपानेले बताए । उपचारका लागि आएका अधिकांसमा गानुगोला, दमको साथै, अमलपित्त, टाउको दुख्ने, नशा तथा हाडजोर्निको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकहरुको भनाइ छ ।
दूरदराज गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा स्थानीय खुसी भएको समाजसेवी बहादुरसिंह तामाङले बताए । शिविरमा स्वास्थ्यपरीक्षण तथा उपचार सेवाका लागि डा केसीको नेतृत्वमा डा विनोद अर्याल, डा दिपेश पौडेल, डा जस्पाल यादव, डा पूजा महतो, डा सामना कोइराला एवं एवं दाँत तर्फ डा अमर श्रेष्ठ, वरिष्ठ नेत्र सहायक राजेन्द्र रानाले सेवा दिएको आयोजकले जनाएको छ । डा. केसीले पहिलेदेखि रसुवालीको हितमा उपचार गरिरहनु भएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘तातो हावाको लहर 'लू' प्रतिकार्यमा जुटौँ’
जेठ ३१, २०८१ बिहिबार
असार मसान्तसम्म बीमा नवीकरण गराइसक्नुपर्ने
जेठ २८, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
आन्दोलनरत ट्यांकर चालक र सरकारी पक्षबीचको वार्ता सकारात्मक, इन्धन आपूर्ति सहज
असार ३, २०८१ सोमबार
सशस्त्रमा आफू भए सबै ठीक, नभए संगठन नै बेठीक ?
असार ३, २०८१ सोमबार
शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण
असार ३, २०८१ सोमबार
बालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार
कोशीमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी
असार ३, २०८१ सोमबार