बेलायतमा दोहोर्याएर चुनाव लड्न सांसदहरु अनिच्छुक, के हो कारण ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार ९:१९:४५
![](https://nepalbahas.prixacdn.net/media/albums/rishi-sunak_caYsf3LeTQ_hPCLDsvpu9.jpg)
१४ जेठ, काठमाडौं । बेलायतमा आमचुनावको घोषणासँगै प्रधानमन्त्री ऋषि सुनक नयाँ समस्यामा परेका छन् । उनले आगामी जुलाई ४ मा आम निर्वाचनको घोषणा गरेपछि सत्तारुढ कन्जरभेटिभ पार्टीमा धेरै सांसदहरूले चुनाव नलड्ने घोषणा गरिरहेका छन् । हालै टोरी पार्टीका पुराना नेता माइकल गोभ र आन्द्रे लिडसमले राजनीतिलाई अलविदा गरेका छन् ।
योसँगै सुनकको पार्टीमा राजनीतिबाट सन्यास लिने सांसदको संख्या ७८ पुगेको छ । माइकल गोभअघि रक्षा मन्त्री बेन वालेस, पूर्व प्रधानमन्त्री थेरेसा मे, साजिद जाविद, डोमिनिक राब, म्याट ह्यान्कक, नदिम जाहावी जस्ता दिग्गजहरूले पनि अर्को आम निर्वाचनमा लड्न अस्वीकार गरेका छन् ।
२०१० को आम चुनाव पछि यति ठूलो संख्यामा सांसदहरूले चुनाव लड्न अस्वीकार गरेको यो सबैभन्दा ठूलो संख्या हो । बेलायती संसदको हाउस अफ कमन्समा जम्मा ६५० सांसद छन् । हालसम्म कुल १२२ बेलायती सांसदले अर्को चुनाव लड्न अस्वीकार गरेका छन् ।
त्यसैले टोरी सांसदहरू मात्रै अर्को चुनाव लड्न इच्छुक छन् भन्न मिल्दैन । एलन ह्वाइटहेड र ह्यारिएट हरमन लगायत विपक्षी लेबर पार्टीका कुल २२ सांसदले पनि चुनाव लड्न अस्वीकार गरेका छन् । यसअघि २०१९ मा यो संख्या ७४ थियो । सन् २०१७ को आमनिर्वाचनअघि ३१ सांसद मात्रै र २०१५ को निर्वाचनअघि ९० सांसदले चुनाव नउठाउने घोषणा गरेका थिए ।
बेलायती सांसदको राजीनामाका धेरै कारण छन् । पहिलो ठूलो कारण भनेको देशमा कन्जरभेटिभ पार्टीको कमजोर अवस्था हो । धेरै टोरी सांसदहरू उनीहरूले अर्को चुनाव लडे भने उनीहरूले हार्ने सोचेर अहिले नै चुनाव नलड्ने घोषणा गरिरहेका छन् ।
यस बाहेक धेरै सांसदको बढ्दो उमेर पनि एउटा महत्त्वपूर्ण कारण हो । बढ्दो उमेरका कारण धेरै सांसदले फेरि चुनाव नउठ्ने निर्णय गरेका छन् । तर, कतिपय सांसद यस्ता छन् जसको उमेर ३० वर्षभन्दा कम छ तर फेरि चुनाव लड्न चाहँदैनन् ।
डायना एन्डरसन (३०), निकोला रिचर्ड्स (२९), माइरी ब्ल्याक (२९) कम उमेरका सांसदहरु हुन् जो फेरी निर्वाचनमा भाग नलिने निर्णय गरेका छन् । कतिपय सांसदले राजनीति छाडेर अरु पेसामा लागेका छन् भने कतिपय सांसदले तनावपूर्ण राजनीतिबाट टाढै रहन आगामी निर्वाचनमा भाग नलिने निर्णय गरेका छन् ।
कन्जरभेटिभ सांसद स्टुअर्ट एन्डरसनले दैनिक रूपमा प्राप्त हुने हिंसात्मक धम्कीका कारण राजनीति छोडेको बताएका थिए । उनले सांसद हुनु राम्रो काम भए पनि यसमा धेरै तनाव बेहोर्नु पर्ने बताए ।
यसअघि सन् २०१० मा सबैभन्दा बढी १४९ सांसदले राजीनामा दिएका थिए । यति ठूलो संख्यामा बेलायती सांसदको राजीनामाको मुख्य कारण संसद खर्च घोटाला थियो । यस घोटालामा धेरै सांसदले आफ्नो भत्ता र खर्चको झुटो दाबी गरेको खुलासा भएको थियो ।
यो काण्डले बेलायती राजनीतिमा ठूलो हलचल मच्चायो र उनी जनतामाझ निकै अलोकप्रिय बने । यही कारण धेरै सांसदले आफ्नो प्रतिष्ठा जोगाउन वा राजनीतिक दबाबका कारण राजीनामा दिएका थिए ।
त्यसअघि सन् १९९७ मा ११७ सांसदले पदबाट राजीनामा दिएका थिए । जसमा सत्तारुढ लेबर पार्टीका सबैभन्दा बढी ७५ जना सांसदले पदबाट राजीनामा दिएका छन् । वास्तवमा उनीहरुले स्कटल्याण्डको संसदको चुनावमा भाग लिनका लागि यस्तो गरेका हुन् ।
यो कदम तत्कालीन टोनी ब्लेयरको लेबर सरकारले पारित गरेको विकेन्द्रीकरण कानून अन्तर्गत गरिएको थियो, जसले स्कटल्याण्डमा लेबर पार्टीको राजनीतिक उपस्थितिलाई बलियो बनाउने उद्देश्य राखेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार