उपत्यकाको ट्राफिक सुधारका लागि पन्ध्र हजार चालकलाई प्रशिक्षण !
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
बैशाख २५, २०७६ बुधबार २०:५१:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/trafick_v2EGjxwXCm-1_KzYcgIXZn5.jpg)
काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक सुधारका लागि १४ हजार ८४३ चालकलाई प्रशिक्षण दिएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक सुधार तथा प्रदूषण नियन्त्रणका लागि गरेको तीन महीने कार्ययोजनाअन्तर्गत १४ हजार ८४३ मोटरसाइकल तथा स्कुटर चालकलाई प्रशिक्षण दिएको हो ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले उपत्यकाको ट्राफिक सुधारका लागि महाशाखाले विभिन्न निकायसँग मिलेर काम गरिरहेको जानकारी दिए ।
गत चैत २१ गते प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले काठमाडौं उपत्यकालाई नमूना राजधानीका रुपमा विकास गर्न गरेको प्रतिबद्धताअनुसार ट्राफिक प्रहरीले तीन महीने कार्ययोजना बनाएर विभिन्न काम गर्दै आएको छ ।
महाशाखाले सुकेधारामा दुई, गौशालाचोकमा तीन, धुम्बाराहीमा एक, चप्पल कारखानामा एक, शङ्कपार्कमा एक, स्टार अस्पतालमा एक र धोविघाटका दुई स्थानमा जेब्राक्रसिङ निर्माण, चावहिल र सुकेधारामा स्टपलाइन निर्माण, चावहिलदेखि सुकेधारासम्म र प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जदेखि बालुवाटारसम्म सेन्टर लाइन निर्माण गरेको छ ।
यसैगरी, बालकुमार पुल, गोपीकृष्ण पुल, नयाँ बसपार्क पुल, हनुमानस्थान पुलको करिडोर निर्माण, कोटेश्वरदेखि गौशाला, खानी विभागदेखि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज, रातोपुलदेखि गौशालाचोक, थापाथलीदेखि सोल्टीमोडलगायतका क्षेत्रको फुटपाथसमेत व्यवस्थापन गरेको छ ।
महाशाखाले उपत्यकामा सञ्चालित ८८३ सवारी साधनलाई प्रदूषण जाँचमा असफल भएको भन्दै कारवाही समेत गरेको छ । ट्राफिक प्रहरीले उपत्यकामा थोरै जनशक्ति भए पनि उपत्यकाको ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाउन विभिन्न निकायसँग सहकार्य गरेर काम गरिरहेको छ ।
साँघुरो बाटो र धेरै सवारी साधन उपत्यकामा भित्रिँदा दिनानुदिन ट्राफिक चापसमेत हुने गरेको छ । यातायात व्यवस्था विभागका अनुसार हाल देशभर सञ्चालनमा रहेका ३२ लाख सवारी साधनमध्ये छन् काठमाडौँ उपत्यकामा मात्र ११ लाखको हाराहारीमा सवारी साधन गुडिरहेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपटेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
जेठ ३१, २०८१ बिहिबार
बालमन्दिर प्रकरणः विशाल ग्रुपसँगको सेटिङमा गृह मन्त्रालय अनुसन्धान तुहाउँदै
जेठ ३०, २०८१ बुधबार
टेलिकममा अख्तियारको आँखाः दुई प्रबन्ध निर्देशकलाई बयान
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’को गीत सार्वजनिक
असार ३, २०८१ सोमबार
आन्दोलनरत ट्यांकर चालक र सरकारी पक्षबीचको वार्ता सकारात्मक, इन्धन आपूर्ति सहज
असार ३, २०८१ सोमबार
सशस्त्रमा आफू भए सबै ठीक, नभए संगठन नै बेठीक ?
असार ३, २०८१ सोमबार
शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण
असार ३, २०८१ सोमबार
बालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार