तनहुँको ग्रामीण क्षेत्रमा विद्युतीकरणको काम तीव्र
इन्द्र रिजाल
बैशाख २८, २०७६ शनिबार १६:१५:५६
दमौली । हालसम्म पनि विद्युत् सेवा पुग्न नसकेको तनहुँको ग्रामीण क्षेत्रमा विद्युतीकरणको काम तीव्र पारिएको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले बिजुलीको सुविधा नपुगेका गाउँमा विद्युत् सेवा पु¥याउन काम तीव्र पारेको हो ।
चालू आर्थिक वर्षको असारसम्म बिजुली नपुगेका तीन प्रतिशत घरधुरीमा बिजुली बाल्ने गरी काम अन्तिम चरणमा पुगेको केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिए । गोशलीका अनुसार तनहुँका ८२ घरधुरीमा मात्रै विद्युत सेवा पुगेको छ भने चालू आर्थिक वर्षमा तीन प्रतिशत घरधुरीमा बिजुली पुग्नेछ ।
गोशलीका अनुसार चालू आर्थिक वर्षमा दुई हजार घरधुरीमा बिजुली पुग्नेछ । चालू आर्थिक वर्षमै आँबुखैरेनी गाउँपालिका–६ ढेडगाउँको ११०, बन्दीपुर गाउँपालिका–६ ग्याजाटारको ९६, साराङघाटको ११०, रिसिङ गाउँपालिका नाजुङको १२० घरधुरीमा बिजुली बलिसकेको छ ।
रिसिङ गाउँपालिका–२ दुवुङको १२०, खाल्टुभञ्ज्याङको १२०, रिसिङ गाउँपालिका–४ गुम्लेकको ६० र व्यास नगरपालिका–१३ सुढेपुलको १५ घरधुरीमा बिजुली पु¥याउन विद्युतीकरणको काम भइरहेको गोशलीले जानकारी दिए ।
विद्युतीकरणका लागि बन्दीपुरको साराङघाटमा आठ एमबिएको सवस्टेशन निर्माण भइरहेको छ । उक्त सवस्टेशनबाट आँबुखैरेनीसम्म १९ किमी दूरीसम्म लाइन तानेर आँबुखैरेनीका विद्युत् नपुगेका गाउँमा विद्युत् सेवा पु¥याइनेछ ।
साथै सोही सवस्टेशनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपेलगायतका ग्रामीण बस्तीमा बिजुली सेवा पु¥याइनेछ ।
त्यसैगरी बुद्धसिं फिडरमार्फत आँबुखैरेनी गाउँपालिका वडा नं ५ र ६, बन्दीपुर गाउँपालिका वडा नं ६ खहरे, व्यास नगरपालिका–१४ नाल्दीघाटलगायतका बुद्धसिंमार्गका छेउछाउका बस्तीमा विद्युतीकरण गरिने गोशलीले जानकारी दिए ।
विद्युतीकरणका लागि घिरिङ र खैरेनीटारमा आठ÷आठ एमबिएको सवस्टेशन निर्माणाधीन अवस्थामा रहेको छ । सोही सवस्टेशनबाट त्यस भेगका ग्रामीण क्षेत्रमा विद्युत् पु¥याइनेछ ।
तनहँु जिल्लाका ७८ हजार घरधुरीमध्ये यही असारसम्म ८५ प्रतिशत घरधुरीमा बिजुली पुग्ने र बाँकी घरधुरीमा डेढ वर्षभित्र विद्युत् पु¥याउने लक्ष्य रहेको गोशलीले जानकारी दिए।
सवस्टेशन निर्माण र विद्युतीकरणका लागि रु ८५ करोड विनियोजन भएको छ । उनले भने, “कुनै बाधा अवरोध नभएको खण्डमा डेढ वर्षभित्र सबै घरधुरीमा बिजुली पुग्छ ।”
केन्द्रले दुई वर्षभित्र सबै काठेपोल विस्थापन गर्ने अभियानसमेत सञ्चालन गरेको छ । जिल्लाभर १२ हजार काठेपोल रहेकाले र यो वर्ष तीन हजार काठेपोल विस्थापन गरिने गोशलीले जानकारी दिए।
उनका अनुसार काठेपोल विस्थापनका लागि प्रदेश सरकारमार्फत स्थानीय तहमा दुई हजार ६०० पोल आएको र केन्द्रको समेत आफ्नै कार्यक्रममार्फत काठेपोल विस्थापनको तयारी भइरहेको छ ।
उनले भने, “चुनावको बेला उम्मेदवारले विद्युत्लाई प्राथमिकतामा राखेर प्रतिबद्धता जनाएको कारण विद्युतीकरणमा स्थानीय सरकारको समेत अत्यधिक चासो रहेको छ ।
स्थानीय र प्रदेश सरकारले समेत विद्युतीकरणका लागि केही रकम छुट्याएका छन् ।’ उनका अनुसार १२ हजार काठेपोल विस्थापनका लागि मात्रै रु ३० करोडभन्दा बढी बजेट आवश्यक पर्दछ ।
केन्द्रले भोल्टेज नपुगेको, बस्ती विस्तार भएका ठाउँमा ट्रान्सफर्मर थप गरिरहेको छ । जसअनुसार बन्दीपुर गाउँपालिकामा चार, भानु नगरपालिकामा चार , व्यास नगरपालिकामा सात ठाउँमा र म्याग्दे गाउँपालिकामा नयाँ ट्रान्सफर्मर थप गरिएको छ ।
केन्द्रले नाङ्गो तार विस्थापन अभियानसमेत सञ्चालन गरिरहेको छ । जसअनुसार हालसम्म व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका केही ठाउँमा नाङ्गो तार विस्थापन गरी इन्सुलेटर तार परिवर्तन गरिएको छ ।
कार्यालयले अर्थिङ सुधार, ड्रपआउट र फ्युज परिवर्तनका लागि चालू आर्थिक वर्षमा रु साढे चार करोड बजेट विनियोजन गरेको थियो ।
विद्युत गइरहने समस्या समाधानका लागि २४ एमबिएको तीन सवस्टेशन निर्माण भइरहेको छ । हाल दमौलीमा १६ एमबिए, डुम्रेमा आठ एमबिए र आँबुखैरेनीमा सात एमबिएको सवस्टेशन चालू अवस्थामा छन् ।
निर्माणाधीन सवस्टेशन निर्माण सम्पन्न भएपछि विद्युत् गइरहने समस्या नआउने गोशलीले जानकारी दिए । उनका अनुसार अहिले २० एमबिए विद्युत्को माग छ भने नयाँ विद्युतीकरण सम्पन्न भएपछि पाँच एमबिए बढ्नेछ । उनले भने, “५५ एमबिएमध्ये २५ एमबिए मात्रै विद्युत् खपत हुन्छ, यसले विद्युत् भार हुँदैन ।”
व्यास मूर्ति बनाउन बजेट माग
सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटिरहेको बेला व्यास क्षेत्र शिवपञ्चायन विकास कोषले तनहुँको दमौलीमा निर्माण हुने १०८ फिटको व्यासको मूर्तिलाई बजेट विनियोजन गर्न माग गरेको छ ।
चार वेद १८ पुराणका रचयिता महर्षि वेदव्यासको जन्मथलो दमौलीमा निर्माण गर्न लागिएको व्यासको मूर्तिसहितको संरचनाका लागि बजेट विनियोजन गर्न माग गर्दै कोषले बिहीबार अर्थमन्त्री डा युवराज खतिवडालाई भेट गरेको हो ।
१०८ फिटको मूर्तिसहित अन्य संरचना निर्माणका लागि गठन भएको व्यास क्षेत्र शिवपञ्चायन विकास कोषले गुरुयोजना बमोजिम मूर्तिसहित अन्य संरचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गराउँदै आगामी वर्षको बजेटमा यसलाई समावेश गर्न आग्रह गरिएको कोषका महासचिव विष्णुभक्त सिग्देलले बताए ।
धार्मिक पर्यटनमार्फत व्यासभूमिलाई अन्तर्राष्ट्रिय तीर्थस्थलको रुपमा विकास गर्ने उद्देश्यसहित निर्माण गर्न लागिएको मूर्तिका लागि सहयोग गर्न सरकारलाई आग्रह गरिएको र अर्थमन्त्री यस विषयमा सकरात्मक रहेको सिग्देलले जानकारी दिए ।
कोषको एकल प्रयासले मात्रै सबै संरचना निर्माण गर्न गाह्रो हुने भएकाले सरकारलाई यस विषयमा जानकारी गराउँदै सहयोगको लागि आग्रह गरिएको कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले बताए । उनले भने, “यति ठूलो परियोजना स्थानीयस्तरबाट मात्रै सम्पन्न गर्न कठिन छ । यसका लागि सङ्घ, प्रदेश सरकार र अन्य सरोकारवालाको सहयोग अपरिहार्य छ ।”
कोषले मूर्ति निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माण गरिरहेको छ । व्यासको मूर्तिसहित समग्र व्यास क्षेत्रको विकासका लागि गुरुयोजना निर्माणका लागि काठमाडौँस्थित अर्थक्वेक सेफ्टी सोलुसन्सलाई जिम्मा दिइएको छ ।
गुरुयोजनाअनुसार व्यासको मूर्तिका अलवा प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, गार्ड घर, धर्मशाला, प्रवचन हल, योग हल, सङ्ग्रहालय, वृत्तचित्र हल, व्यास पुस्तकालय, बगैँचाको साथ विश्राम घर, तलाउसहितको मत्स्यगन्धा पार्क, पूजारी घर, २७ साना व्यासका मूर्तिहरु, व्यासका अनुयायीको पाँच साना प्रतिमा र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ । व्यासको मूर्तिसहित अन्य सबै संरचनाका लागि करीब रु ५० करोड लगानी आवश्यक पर्ने अनुमान छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकहिले खोला धमिलो होला र पानी बन्द गरौँला भनेर बसिरहेको छ मेलम्ची खानेपानी !
असार ३, २०८१ सोमबार
दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको दोस्रो अडिटमा सुरुङको काम सुरु
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
उत्तर कोरिया जाँदै रुसी राष्ट्रपति पुटिन
असार ३, २०८१ सोमबार
प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट
असार ३, २०८१ सोमबार
सडक कालोपत्र गर्ने काम बीचमै छाडेर ठेकेदार फरार
असार ३, २०८१ सोमबार