बुद्धको मामाघरमा काष्ठकला राष्ट्रिय कार्यशाला
इन्द्र रिजाल
जेठ ७, २०७६ मंगलबार २१:२९:४८
कपिलवस्तु । गौतम बुद्धको मावली गाउँ देवदहमा बुधबारदेखि काष्ठकलाको राष्ट्रिय कार्यशाला हुने भएको छ ।
प्राचीन कोलीय गण राज्यको राजधानी देवदहलाई उद्यानको शहर बनाउने गरी देशैभरका प्रख्यात मूर्तिकारको सहभागितामा सात दिनसम्म गौतमबुद्ध राष्ट्रिय उद्यान, देवदहमा काष्ठकला राष्ट्रिय कार्यशाला हुने भएको हो ।
आज आयोजित पत्रकार सम्मेलनमा कार्यशाला मूल आयोजक कमिटी संयोजक टेकबहादुर रानाले यही जेठ १६ गतेसम्म कार्यशाला सञ्चालन हुने र त्यसमा देशका प्रख्यात मूर्तिकारले बुद्धको जीवनसंँग सम्बन्धित विभिन्न मूर्ति तयार गर्ने जानकारी दिए ।
मूर्तिलाई सोही उद्यानमा व्यवस्थित गरेर राखिने बताइएको छ । राष्ट्रिय कार्यशालाको मुख्य उद्दे्श्य देवदहका उद्यानहरुमा बुद्धत्व झल्किनेगरी बुद्ध मूर्ति राख्ने रहेको आयोजक कमिटीका सचिवालय सदस्य तथा ड्रिम देवदह युनिटी फर चेन्जका अध्यक्ष सिद्धिचरण भट्टराईले बताए।
आयोजकका अनुसार कार्यशालामा संस्कृतिविद् डा. गितु गिरी, बौद्ध विषयका ज्ञाता डा. कृष्ण न्यौपाने, लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पस प्रमुख फणीन्द्र न्यौपानेलगायतले बुद्ध जीवनका बारेमा मूर्तिकारसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र बुद्ध सामुदायिक वन उपभोक्ता समूह देवदह आयोजक रहेको कार्यशालाको मुख्य संरक्षक देवदह नगरपालिका पर्यटन प्रबद्र्धन समिति र मुख्य प्रवर्धक ड्रिम देवदह युनिटी फर चेन्ज छन् ।
सरकारले पर्यटनका १०० गन्तव्यमा समेत समेटेको देवदहमा पर्यटकलाई घुम्ने ठाउँ पर्याप्त नहुँदा देवदह आउनेहरु केही बेरमै फर्किन थालेपछि कार्यशालामार्फत उद्यान बनाएर पर्यटक भुलाउने लक्ष्य पनि रहेको कार्यशालाका प्रचारप्रसार समितिका संयोजक गोविन्द घर्तीले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपटेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
जेठ ३१, २०८१ बिहिबार
बालमन्दिर प्रकरणः विशाल ग्रुपसँगको सेटिङमा गृह मन्त्रालय अनुसन्धान तुहाउँदै
जेठ ३०, २०८१ बुधबार
टेलिकममा अख्तियारको आँखाः दुई प्रबन्ध निर्देशकलाई बयान
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार