सात महिनामा चार करोड ५० लाख राजश्व सङ्कलन
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
जेठ ७, २०७६ बुधबार १:५१:२७
![](https://nepalbahas.prixacdn.net/media/albums/sghJvBfe2wWM5GV8GY1V_UBh3MTh79y.jpg)
लम्की । कैलालीको व्यापारिक नाका सत्ती भन्सार कार्यालय टीकापुरले सात महिनामा रु चार करोड ४९ लाख ७३ हजार १०० राजश्व सङ्कलन गरेको छ ।
भन्सार कार्यालयका प्रमुख वसन्त केसीले गतसालको कात्तिकदेखि यही वैशाख मसान्तसम्म छ महिनाको अवधिमा सो रकम बराबर राजश्व सङ्कलन भएको जानकारी दिए ।
उनले आवश्यक कार्यालय नभएका कारण अझ सोचेजति राजश्व सङ्कलन गर्न नसकिएको बताए । यसअघि छोटी भन्सारका रुपमा रहेको सत्ती भन्सार गत कात्तिक ५ गतेपछि मूल भन्सारमा स्तरोन्नति भएको हो ।
त्यसअघि गत साउनदेखि कात्तिक ४ गतेसम्म छोटी सो भन्सार कार्यालयले रु ३९ लाख राजश्व मात्र सङ्कलन गरेको थियो ।
गतवर्ष वार्षिक रु दुई करोड राजश्व सङ्कलन गरेको भन्सारले यसवर्ष सात महिनामै दोब्बर राजश्ज सङ्कलन गरिसकेको छ । “यो रकम पनि कम नै हो, हाम्रो लक्ष्य त रु नौ करोड बढी राजश्व सङ्कलन गर्ने लक्ष्य हो”, उनले भने, “भन्सारमा आवश्यक कार्यालय पशु क्वारेन्टाइन, खाद्य प्रयोगशालाजस्ता अतिआवश्यक कार्यालय छैनन्, जसले पशुजन्य र खाद्य गुणस्तर जाँच गर्नुपर्ने सामान यो बाटो आउंदैनन् ।” भारततर्फ कच्ची र साँघुरो बाटो भएका कारण ठूला सवारी साधन पनि आउन नसकेको उनले बताए ।
खुला सिमानाका र पर्याप्त कर्मचारी नहुँदा समस्या रहेको बताइएको छ । गत कात्तिक महिनाको अन्ततिर भन्सारसँगै सशस्त्र प्रहरी बलको बेसक्याम्प स्थापना गरिएको थियो ।
प्रहरी स्थापना भएपछि राजश्व सङ्कलनमा वृद्धि भएको उल्लेख गर्दै प्रमुख केसीले सशस्त्र प्रहरीको उपस्थिति पछि चोरी निकासीमा समेत कमी आएको बताए । उनले भने, “सात महिनाको अवधिमा रु एक करोड बराबरको सामान पक्राउ पनि गरेका छौँ, अब लिलाम पक्रियामा जाने तयारी हुँदैछ ।” भन्सार कार्यालयले ११३ थान मोटरसाइकल र एक थान स्कारपियो कारसमेत बरामद गरेको छ । मोटरसाइकल र कारको समेत लिलाम प्रक्रिया शुरु गरिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
वीरगञ्जमा रोकिएन तस्करी, बिलबिजक जारी नभएका २७ करोडका सामान बरामद
असार ३, २०८१ सोमबार
कर घटाउने माग लिएर गएका व्यापारीलाई परराष्ट्रमन्त्री श्रेष्ठको घरमा चियानास्ता
जेठ ३१, २०८१ बिहिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार