जीवनमा सफलता कसरी पाउने ? पढ्नुहोस् सफलताका सुत्रहरु
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
जेठ २३, २०७६ शुक्रबार ०:४१:४३
![](https://nepalbahas.prixacdn.net/media/albums/success_tJ6Yst5u0T.jpg)
काठमाडौं । मानव जीवनमा हामी हरेक पलपलमा सफलताको खोजीमा हुन्छौ । तर पनि हामी असफल भइरहेका हुन्छौ, किन ? हामीले आफुले गर्न चाहेको काममा कटिबद्ध भएर लागे सफलता प्राप्त गर्न अबश्य सक्छौ ।
यी हुन् जीवनमा सफलताका सुत्रहरु:
१. मानव जीवनको लक्ष्य भनेकै आफ्नो लागि होइन ,अरूको लागि बाच्नु हो । तसर्थ एउटा सच्चा मानव बन्ने प्रयास गरौं, सच्चा मानवलाई कसैले जित्न सक्दैन, किनभने सच्चा मानवको हात परमात्माले समाएको हुन्छ ।
२. ‘भोलि ‘भन्ने शब्दले संसारलाई नै रोकेर राखेको छ, तसर्थ लक्ष पूरा गर्ने हो भने ‘ भोलि’ भन्ने शब्दलाई नै आफ्नो वरिपरि आउन नदिऊ।
३. लामो धागो र लामो बचनले मानिसलाई सधै अल्झाइ रहने काम गर्दछ । तसर्थ लामो धागोलाई लपेटेर र लामो बचनलाई समेटेर राख्ने बानी मानिसको हुनुपर्छ।
४. मानव भएर जन्म लिईसकेपछि दानवी व्यवहारलाई त्याग्नुपर्छ। मानवले आफू जस्तै अन्य मानवलाई घोचपेच वा निन्दा गर्नु हुन्न साथै रूपैयाँ पैसा पनि जथाभावी-खर्च गरेर उडाऊनू हुन्न । तसर्थ संकटमा त्यहि निन्दा गरेको मान्छे र उडाएको पैसा नै काम लाग्छ।
५.मानिसले सबै भन्दा बढि खर्च गर्ने चिज नै समय हो। समय सबैभन्दा मूल्यबान हुन्छ। तसर्थ समयको सदुपयोग गर्न सिकौं। जब तिमी बितिसकेको समय सोचेर अफसोस गरी राख्छौं, त्यो समयमा पनि तिम्रो समय गूज्री रहेकै हुन्छ तसर्थ समयको महत्वलाई पहिचान गरौं। तिम्रो राम्रो समय र खुशीको समयले दुनियाँलाई तिमी कस्तो हौ भन्ने चिनाउँदछ भने तिम्रो खराब समयले तिमीलाई दुनियाँ कस्तो हो भन्ने चिनाउँदछ। तसर्थ सुख र दुख मानव जीवनको एउटा रिती हो । जसलाई सबैले खुशी खुशी स्विकार्नु पर्छ। सुखमा मातिनु र दुःखमा आत्तिनु हुँदैन।
६.मानवले आफ्नो जीवन आफैले बनाऊने र बिगार्ने गर्दछ। मानिसको सोच यदि नकारात्मक छ भने उसको सम्पूर्ण जीवनमा नै नकारात्मकताको असर परेको देखिन्छ किनभने नकारात्मक सोच हावी हुदाँ जुनसुकै कुरा चाहे आफ्नै जीवन सित सम्बन्धित किन नहोस त्यसमा पनि नकारात्मक असर पर्न जान्छ उ जीवनको कुनै क्षेत्रमा पनि सफल हुन सक्दैन । तसर्थ मानिस सधै सकारात्मक हुनै पर्छ।
यदि तिमीले सकारात्मक सोचलाई जीवनको मन्त्र बनाउँछौ भने त्यो मन्त्रले तिम्रो जीवन सुखमय र सकारात्मकताले भरिपूर्ण बनाउँछ तसर्थ तिम्रो हातमा नै छ , जीवनलाई सकारात्मक या नकारात्मक बनाउने भन्ने। आफूलाई कहिल्यै अरू भन्दा सानो र तल्लो नसोच। सकारात्मक सोचले अधि बढ्यौं भने तिम्रो जीवन तिमीले चाहे झैं हुन्छ।
७.सधै अरूलाई दिन सक्ने बनौं अरूबाट लिने कहिले नबनौं भन्ने सोच लिएर नै मानिसले जीउनु पर्छ। मुसिबतमा फसेका मानिसहरूलाई सहयोग गरौं । हाम्रो सानो तिनो सहयोग नै कसैको लागि ठूलो कुरा हुन सक्छ तसर्थ सहयोगको लागि सधैं तत्पर हुनुपर्छ जसको बदलामा उसले हामीलाई आशिष दिन्छ जसले हामीलाई मानसिक शान्ति दिन्छ। जुन खुशी हामीले अरूको आर्शिवादबाट पाउँछौ त्यो संसारमा कतैबाट पाउन सक्दैनौ । तसर्थ सेवा नै धर्म हो भन्ने भावनालाई आफ्नो जीवनको लक्ष बनाऊँ।
८.त्यस्ता पुरुष तथा स्त्री सफल हुन्छन् जसले निःस्वार्थ ब्यबहार गर्छ र सम्पूर्ण मानव जातिलाई नै भातृत्वको भाबनाले प्रेम गर्छ भने उ अबस्य नै सफलताको उच्च शिखरमा पुग्छ।
९.यदि तिमी इमानदारिताले भरिपूर्ण, सत्यवादी, अरूलाई सत्यको बाटो देखाउने उर्जावान पुरूष वा स्त्री छौं भने, जति अरूले एक शताब्दीमा भीड जम्मा गर्न सक्छ त्यो भन्दा बढी भिड जम्मा तिमीले एक बर्षमा गर्न सक्छौ। तसर्थ नेतृत्व चयन गर्दा सधै इमानदार र सत्यवादी नेतृत्वलाई नै चून्नू पर्छ।
१०.प्रेम दिन र लिन सिक। प्रेमको लागि प्रेम गर स्वार्थपूर्तिको लागि होइन । जसले निःस्वार्थ प्रेम गर्छ उसको निःस्वार्थ प्रेमको बिस्तार गहिरिदै जान्छ। जसरी जीवन जीउनलाई सास चाहिन्छ । त्यसरी नै जीवन जीउनको लागि प्रेम पनि चाहिन्छ । तर प्रेम निःस्वार्थ र समर्पित हुनुपर्छ । यस्तो प्रेमले जीवनमा सुखै सुख दिन्छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपस्वास्थ्यका लागि निकै फाइदाजनक लसुन प्रयोग गर्ने तरिका जानौं
जेठ ३१, २०८१ बिहिबार
गर्मीमा किन सुपर फुड मानिन्छ बेल ?
जेठ २६, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
टीम इन्डियाले सुपर-८ खेलमा कुन कुन टिमसँग भिड्दैछ ?
असार ३, २०८१ सोमबार
मनसुन देशभर फैलन अझै साता दिन लाग्ने !
असार ३, २०८१ सोमबार
सशस्त्र प्रहरीमा दुई डीआईजीलाई स्पष्टीकरण !
असार ३, २०८१ सोमबार
यसवर्षको मनसुनबाट कोशीमा एक लाखभन्दा बढी घरधुरी प्रभावित हुने आकलन
असार ३, २०८१ सोमबार
काठमाडौंमा ‘कनेक्टिङ कर्णाली’ सम्पन्न
असार ३, २०८१ सोमबार
लहानका बस्तीमा डकैतीको अफवाह नफैलाउन र भ्रममा नपर्न प्रहरीको आग्रह
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेल र जर्मनीका समकक्षी स्टाइनमायरबीच भेटवार्ता
असार ३, २०८१ सोमबार