स्थानीय तह विज्ञापनको आज अन्तिम म्याद ४ लाख १८ हजार ४७ पुगे आवेदक
इन्द्र रिजाल
असार १७, २०७६ मंगलबार १६:५४:५७
काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदहरुमा गरेको खुला विज्ञापनमा ४ लाख १८ हजार ४७ जनाको आवेदन परेको छ ।
आयोगले दरखास्तका लागि दिएको अन्तिम समयसीमाको अघिल्लो दिन हिजो सम्म हेर्दा आवश्यकताभन्दा कैयौं गुणा बढीले आवेदन बुझाएका छन् ।
आयोगले गत जेठ १५ मा स्थानीय तहका प्राविधिक र अप्राविधिक पदहरुमा ९१६१ कर्मचारी माग गर्दै असार ३ सम्म ‘सिंगल’ र १० गतेसम्म ‘डबल’ दस्तुर तिरेर आवेदन दिन समय तोकेको थियो । अनलाइन प्रणालीमा समस्या आएपछि आयोगले दोब्बर दस्तुर तिरेर दरखास्तका लागि आज असार १७ गतेसम्मको समय दिएको छ ।
लोकसेवा आयोगका सूचना अधिकारी उपसचिव देवीप्रसाद सुवेदीले दरखास्त दिन दिइएको समयसीमाको अघिल्लो दिनसम्म ४ लाख १८ हजार ४७ जनाले आवेदन बुझाइ सकेको जानकारी दिए । आवेदन दिने म्याद असार १७ गते राति १२ बजेसम्मका लागि भएकाले यो संख्या अझै बढ्न सक्छ ।
‘स्थानीय तहका लागि कर्मचारी माग गरिएको विज्ञापनमा ४ लाख १८ हजार ४७ ले आवेदन दिइसक्नु भएको छ’, उपसचिव सुवेदीले भने, ‘दरखास्त दिने म्याद आजसम्म भएकाले यो संख्या बढ्न सक्ने छ ।’
स्थानीय तहका लागि पहिलोपटक गरिएको विज्ञापनमा सबैभन्दा बढी आवेदन पुरुष उम्मेदवारको तर्फबाट परेको छ । आयोगका सूचना अधिकारी सुवेदीका अनुसार, हालसम्म ३ लाख १८ हजार ६ सय ४७ आवेदन पुरुषको तर्फबाट मात्रै परेको छ ।
पुरुषको तुलनामा महिलाको आवेदन भने निकै कम छ । ९९ हजार ४ सय महिलाले मात्रै असार १६ सम्म आवेदन बुझाएका छन् । यो पुरुषको भन्दा २ लाख १९ हजार २ सय ४७ ले कम हो ।
समावेशीतर्फ भने आदिवासी जनजाति आवेदन बुझाउनेको पहिलो नम्बरमा छन् । आयोगका अनुसार, आदिबासी जनजातितर्फबाट ४१ हजार ८ सय ७ आवेदन परिसकेको छ । त्यस्तै मधेसीबाट २३,४४९, दलितबाट २,९७०, अपांगबाट १३७ र पिछडिएको क्षेत्रबाट ११३ जनाले स्थानीय तहको सेवा प्रवेशमा रुचि देखाउँदै आवेदन दिएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपटेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
जेठ ३१, २०८१ बिहिबार
बालमन्दिर प्रकरणः विशाल ग्रुपसँगको सेटिङमा गृह मन्त्रालय अनुसन्धान तुहाउँदै
जेठ ३०, २०८१ बुधबार
टेलिकममा अख्तियारको आँखाः दुई प्रबन्ध निर्देशकलाई बयान
जेठ ३०, २०८१ बुधबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्ग र अर्थमन्त्री पुनबीच भेटवार्ता
असार ३, २०८१ सोमबार
करेण्ट चाउचाउमा किरा भेटिएको समाचार कपोलकल्पित फण्डा मात्रः यशोदा फुड्स
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेललाई बर्लिनमा गार्ड अफ अनर
असार ३, २०८१ सोमबार
बाँके र बर्दियामा उखरमाउलो गर्मी, जनजीवन प्रभावित
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार