मदुरोको धोतीमा लुकेको ओलीको अपरिपक्व कूटनीति
इन्द्र रिजाल
असार ३१, २०७६ मंगलबार २२:२८:२६
दुई तिहाई जनमतसहितको सत्ता केपी ओलीका लागि बाँदरको हातमा नरिवल भएको छ । अदूरदर्शिता र केटाकेटीपनको भद्दा स्वरुप ओली सरकारले फेरि पटाक्षेप गरेको छ । विश्व समुदायबाटै लगभग एक्लिएको तानाशाही मुलुकका रुपमा चर्चित भेनेजुएलाका लिटिल निकोलसलाई ओलीले राजकीय सम्मानका साथ निम्याएर आफ्नो कूटनीतिक दरिद्रता प्रदर्शन गरेका छन् ।
ओली सम्बद्ध नेकपा निकट वल्र्ड फेडेरेसन अफ डेमोक्रेटिक युथ नामक संस्थाको नाममा भेनेजुएलाको उच्चस्तरीय भ्रमण टोली नेपालमा राजनीतिक भेटघाटमा व्यस्त छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोका पुत्र निकोलस अर्नेस्टो मुडुरो चार दिने नेपाल भ्रमणमा छन् । उनका साथ भेनेजुएलाका मन्त्रीसमेत सहभागी छन् ।
ओली र प्रचण्डको उत्ताउलो स्वभावले मित्र राष्ट्र अमेरिका तथा पश्चिमा चिढिने अवस्था बन्दै छ । जनताको अपार समर्थन प्राप्त ओली सरकार घरेलु मामलामा त बिफल थियो नै अहिले कूटनीतिक मामलामासमेत बल्ड्याङ खाने अवस्थामा पुगेको छ । ओली र प्रचण्डको व्यक्तिगत चाहना र लहडले नेपालको परराष्ट्र नीति चलाइयो भने भोलि नेपालको अवस्था कस्तो होला ?
गत जनवरीमा दोस्रो कार्यकालका लागि निर्वाचित भेनेजुएलाका राष्ट्रपति मदुरो बिरुद्ध व्यापक प्रदर्शन भयो । धाँधली गरेर चुनाव जितेको भन्दै विपक्षी दलले सडक आन्दोलन चर्काएका छन् । अमेरिका लगायत शक्ति राष्ट्रहरुले मदुरोको ज्यादती विरुद्ध नाकाबन्दी लगाएका छन् । साथै विपक्षी नेता जुआन गाइडोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिइएको छ । उता , रुस र चीनले भने मदुरोको समर्थनमा आफूलाई उभ्याएका छन् । यस्तो अवस्थामा नेपालका सत्ताधारी भने मदुरोको सच्चाभक्त देखिन लालयित देखिन्छ ।
ओली र प्रचण्डको उत्ताउलो स्वभावले मित्र राष्ट्र अमेरिका तथा पश्चिमा चिढिने अवस्था बन्दै छ । जनताको अपार समर्थन प्राप्त ओली सरकार घरेलु मामलामा त बिफल थियो नै अहिले कूटनीतिक मामलामासमेत बल्ड्याङ खाने अवस्थामा पुगेको छ । ओली र प्रचण्डको व्यक्तिगत चाहना र लहडले नेपालको परराष्ट्र नीति चलाइयो भने भोलि नेपालको अवस्था कस्तो होला ? भेनेजुएलासँग नेपालको कूटनीतिक सम्वन्ध सन् १९८७ मा स्थापना भएपनि कुनै प्रत्यक्ष स्वार्थ देखिंदैन ।
आर्थिक , सामाजिक , साँस्कृतिक रुपमा भेनेजुएलासँग निकटता वा स्वार्थ नभएकै बेला केवल कम्युनिष्ट विचारकै आधारमा हाईप्रोफाइल महत्व दिइनु भनेको केवल अहंकार मात्र हो । साथै अमेरिकाको शेखी झार्न कै लागि भनेर ओली संयन्त्र वक्त्व्यबाजीमा जानु नेपालका लागि घातक हुने देखिन्छ । अमेरिकाले विपक्षी नेता गाइडोलाई अन्तरिम राष्ट्रपतिका रुपमा स्वीकार गर्दा ओली सरकारको टाउको दुख्नुपर्ने कारण थिएन । यद्यपि अमेरिकाको समर्थन गर्नु पनि जरुरी छैन । बरु यो मामलामा नेपाल तटस्थ बस्दा बढी फाइदा हुने थियो ।
तर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लुकेर मदुरोसँग भेटिरहेका छन् । उनले मन्त्रालयमा नभई संसद् भवनमा मदुरोसँग भेटघाट गरे । यसबाट मदुरोको भ्रमण सरकारी जानकारीमा नै भएको पुष्टी हुन्छ । मदुरोले ओली बाहेकका नेकपाका शीर्ष नेतालाई भेटिसके । जसमा प्रचण्ड, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत रहेका छन् ।
सनक, लहड र उत्ताउलो स्वभावका भरमा कूटनीतिक सम्बन्ध बनाउन थालियो भने भोलिको अवस्था के होला ? निश्चित रुपमा यसले मुलुकलाई गम्भिर क्षति पु¥याउँछ नै ।
मदुरो पुत्र अहिले खुल्लेआम कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटघाटमा व्यस्त छन् । यद्यपि सरकारले यसबारे आधिकारिक रुपमा केही बोलेको छैन । तर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लुकेर मदुरोसँग भेटिरहेका छन् । उनले मन्त्रालयमा नभई संसद् भवनमा मदुरोसँग भेटघाट गरे । यसबाट मदुरोको भ्रमण सरकारी जानकारीमा नै भएको पुष्टी हुन्छ । मदुरोले ओली बाहेकका नेकपाका शीर्ष नेतालाई भेटिसके । जसमा प्रचण्ड, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत रहेका छन् ।
यसरी विश्वभरिका तानाशाही चरित्रका कम्युनिष्ट नेताहरुलाई भ्रमण गराउन थाल्ने हो भने भोलि कस्तो संस्कार बस्ला ? कसैले स्वतन्त्र तिब्बतसँग जोडिएको नेतालाई उच्च सम्मानका साथ नेपाल भित्र्याउने हो भने कूटनीतिक रुपमा कस्तो असर पर्ला ? यसका ख्याल गर्नु पथ्र्याे ।
अहिले जुनियर मदुरोलाई नेपाल भ्रमण गराउनुका पछाडि के स्वार्थ होला ? धेरैको जिज्ञासा छ । तर सरकार र नेकपा यसमा प्रष्ट छैन । केवल सनक र अहंकार नै कम्युनिष्ट नेताहरुको मुख्य कारण बन्न पुगेको छ । यदि नेपालको हितका लागि भ्रमण गराइएको थियो भने अन्य दलका नेतासँग पनि भेटघाट छलफल गराइने थियो । त्यसो नगराइनु भनेको ओलीको व्यक्तिगत अभिष्ट पूरा गर्नु मात्र हो ।
ओली र उनको मण्डलीले बुझ्नुपर्ने कुरा के हो भने नेपालमा साम्यवाद आएको हैन , केवल कम्युनिट पार्टीको सरकार बनेको हो । यसरी विश्वभरिका तानाशाही चरित्रका कम्युनिष्ट नेताहरुलाई भ्रमण गराउन थाल्ने हो भने भोलि कस्तो संस्कार बस्ला ? कसैले स्वतन्त्र तिब्बतसँग जोडिएको नेतालाई उच्च सम्मानका साथ नेपाल भित्र्याउने हो भने कूटनीतिक रुपमा कस्तो असर पर्ला ? यसका ख्याल गर्नु पथ्र्याे ।
नेपालले कुन मुलुकलाई कति महत्व दिनुपर्छ र स्वार्थ कहाँ मिल्छ भन्ने जानकारी नै नभएका ओली र मण्डलीले कूटनीतिक मर्यादाको सम्मान गर्न सकेनन् । आफ्नै छिमेकीहरुबाट दुत्कारिएका मदुरो सरकारलाई ओली सरकार रातो कार्पेट राखेर स्वागत गर्छ । यसबाट कस्तो कूटनीतिक सन्देश जाला ? यो मुलुक ओली र उनका आसेपासेको मात्र होइन । सम्पूर्ण नेपालीको भावना प्रतिनिधित्व गर्न सक्नुपर्छ । ओली सरकार हरेक मोर्चामा चुकेको छ ।
सन् २०१३ मा पहिलो पटक सत्तामा उक्लिएका मदुरो सधैं विवादमा घेरिएका नेता हुन् । उनले सत्ता सम्हालेपछि भेनेजुएलाको अर्थतन्त्र ध्वस्त भयो । महंगीमाथि उनको नियन्त्रण भएन । बीसौं लाख मानिस विदेश पलायन भए । मुख्य आम्दानीको स्रोत तेल पनि बिक्न नसक्ने अवस्था आयो । जनतामा हाहाकारको अवस्था बन्यो । जसले गर्दा उनी विरुद्ध सडक संघर्ष सुरु भयो ।
यस्तै अवस्थामा सन् २०१९ को जनवरीमा उनले दोस्रो कार्यकालको शपथ लिए । तर विपक्षीले राष्ट्रिय सभाका अध्यक्ष गाइडोलाई अन्तरिम राष्ट्रपति घोषित ग¥यो । अमेरिका लगायत छिमेकी ब्राजिलले समेत यसको समर्थन गरे । तर सेनाको बलमा मदुरो सत्तामा टिकिरहेका छन् । कुनै पनि बेला मदुरोको सत्ता फुत्किन सक्छ । यस्तो कमजोर अवस्थामा रहेको मदुरोलाई ओली सरकार भने कूटनीतिक बढावा दिइरहेको छ । यसबाट पनि ओली सरकारको अपरिपक्वता र अदूरदर्शिता प्रष्ट हुन्छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपटेलिकमको इन्टरनेशनल ब्यान्डविथ खरिदमा मुद्दा चलाउने अख्तियारको तयारी
जेठ ३१, २०८१ बिहिबार
बालमन्दिर प्रकरणः विशाल ग्रुपसँगको सेटिङमा गृह मन्त्रालय अनुसन्धान तुहाउँदै
जेठ ३०, २०८१ बुधबार
टेलिकममा अख्तियारको आँखाः दुई प्रबन्ध निर्देशकलाई बयान
जेठ ३०, २०८१ बुधबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’को गीत सार्वजनिक
असार ३, २०८१ सोमबार
आन्दोलनरत ट्यांकर चालक र सरकारी पक्षबीचको वार्ता सकारात्मक, इन्धन आपूर्ति सहज
असार ३, २०८१ सोमबार
सशस्त्रमा आफू भए सबै ठीक, नभए संगठन नै बेठीक ?
असार ३, २०८१ सोमबार
शुक्लागण्डकीमा पाँच हजार कफीका बिरुवा वितरण
असार ३, २०८१ सोमबार
बालेन शाह ब्राजिल प्रस्थान
असार ३, २०८१ सोमबार