न्यायाधीश भुवन गिरीलाई पक्राउको माग गर्दै श्रीमतीद्वारा सर्वोच्च परिसरमा प्रदर्शन
नेपालबहस संवाददाता
माघ ३, २०७९ मंगलबार २०:६:७
३ माघ, काठमाडौं । कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन माग गर्दै सर्वोच्च अदालत परिसरमा उनकी श्रीमती आरतीले विरोध प्रदर्शन गरेकी छन् ।
न्यायाधीश गिरीकी श्रीमती आरती गिरी रावलले भने अपराधीलाई कारबाही नगरी न्यायालयको कुर्सीमा राखिरहेको भन्दै तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरिन् । आरतीले कालो पोशाकमा सर्वोच्चको मुख्य गेटमा मंगलबार कार्यालय समय सुरुभएसँगै न्यायापरिषदविरुद्ध नारा लगाए ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा न्यायाधीश गिरीमाथि वैवाहिक बलात्कार र घरेलु हिंसाको किटानी जाहेरी परेको छ । उनीमाथि कारबाही प्रक्रिया अघि नबढेको भन्दै पीडित महिलाले मंगलवार सर्वोच्च अदालत अगाडि कालो कपडा लगाएर कपाल फाल्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनस्थलमा रहेकी अर्का प्रदर्शनकारी बिनु यादवले आफूहरु धेरै पटक न्यायपरिषद्मा गएपनि मुद्दा दर्ता नगरेको र पीडितका कुराहरु सुनुवाइ नभएको बताइन् । उनले आफू काका ससुराबाट बलात्कार प्रयासको हिंसामा पर्दै आइरहेको बताइन् । माग सुनुवाई नगरे विरोध प्रदर्शनलाई अघि बढाइरहने चेतावनी दिइन् । मीले न्याय कसरी पाउने रु आत्मदाह नै गर्नुपर्ने हो कि ?,’ यादवले भनिन् । उनले न्यायाधीश नै बिकाऊ भए पछि आफूहरूले जहाँ गए पनि न्याय नपाएको गुनासो गरिन् ।
यस्तै अर्की प्रदर्शन गर्न पुगेकी कृतिका यादवले नेपालको न्यायालयमा न्यायाधीश नै बिक्ने गरेको आरोप लगाए । उनले आरोपित गिरीको कम्प्लेन नै न्याय परिषद्ले लिन नमानेको बताइन् । आरतीले न्यायालयप्रति विश्वास घटेको बताइन् । ‘न्यायापरिषद थुइक्क’ गरिन् ।
उनीहरूलाइ प्रहरीले गिरफ्तार गरी लगेकाे छ । यसअघि श्रीमानबाट हिंसामा परेकामा न्याय नमिलेकाे भन्दै सर्वाेच्च अगाडि राताे रंग छ्यापेर पीडितहरूले विराेध प्रदर्शन गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार
सहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार