कैलालीको विद्यालयमा ‘विद्यार्थी कृषि करेसारबारी’ कार्यक्रम सुरु
नेपालबहस संवाददाता
फागुन ५, २०७९ शुक्रबार २२:३४:१६
५ फागुन, टीकापुर । कैलालीको जानकी गाउँपालिकाले विद्यालयमा ‘विद्यार्थी कृषि करेसारबारी’ कार्यक्रम सुरु गरेको छ । कृषि क्षेत्रको विकास तथा कृषि क्षेत्रमा अध्ययनका लागि विद्यार्थीलाई उत्प्रेरणा जगाउन आजदेखि ‘विद्यार्थी कृषि करेसारबारी’ कार्यक्रम सुरु गरिएको हो ।
ग्रामीण क्षेत्रका विद्यार्थीका अभिभावकले कृषि क्षेत्रमा भएका नवीनतम कृषिसम्बन्धी ज्ञानको अभावमा खेती गरिरहेका छन् । विद्यालयबाट कृषिसम्बन्धी ज्ञान दिन सके विद्यार्थीमा कृषि विषय अध्ययन गर्न उत्प्रेरणा जगाउने तथा कृषिमा भएका नवीनता प्रविधिसम्बन्धी ज्ञान दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख लालवीर चौधरीले बताए ।
“हाम्रो पालिकाका अधिकांश किसान कृषिमा निर्भर छन्, उनीहरूका छोराछोरीलाई कृषिसम्बन्धी ज्ञान दिने उद्देश्य हामीले लिएका छौँ”, चौधरीले भने, “बालबालिका उच्च शिक्षा पढेर बेरोजगार भइरहेको अवस्था छ । कृषि पढेमा आफ्नै बारी भएकाले कृषिमा राम्रो आम्दानी गर्न सक्छन् ।”
गाउँपालिकाले यस वर्ष जयपार्वती आधारभूत विद्यालय परागीपुर, जनता माध्यमिक विद्यालय अमरावती र अरुणोदय माध्यमिक विद्यालय खैरीफाँटामा विद्यार्थी कृषि करेसारबारी कार्यक्रम सञ्चालन गर्दैछ । उक्त कार्यक्रमअन्र्तगत विद्यार्थीलाई कुनै एक बालीका बारेमा सैद्धान्तिक ज्ञान दिनुका साथै उनीहरूको प्रत्यक्ष सहभागितामा बाली बिरुवामा देखिने विभिन्न समस्या पहिचान गराई र समाधानका उपायका बारेमा सिकाइन्छ ।
उक्त कार्यक्रम लागू भएका विद्यायलमा कृषि प्राविधिक शिक्षक तथा अन्य सहयोगको व्यवस्था गाउँपालिकाले गरेको छ । सातामा एक दिन कृषिबारे सैद्धान्तिक पढाइ हुने र अन्य दिनमा व्यावहारिक तथा प्रयोगात्मक कार्य गरिने छ । ‘विद्यार्थी कृषि करेसाबारी’ कार्यक्रममा प्राथमिक तहदेखि माध्यमिक तहसम्मका विद्यार्थीको सहभागिता हुने कार्यक्रम लागू भएका विद्यालयले जनाएका छन् ।
यस कार्यक्रमलाई अभिभावकले सकारात्मकरूपमा लिएका छन् । जानकी गाउँपालिकाका कृष्ण धामीले छोरीलाई कृषि प्राविधिक पढाउने तयारी गरिरहेका छन । “पालिकाले विद्यालयमै कृषि पढाउने भएछ, राम्रो सुरुआत हो । यो कार्यक्रम सबै विद्यालयमा लागू हुनुपर्छ”, धामीले भने, “यसले कृषियोग्य जमिन संरक्षण हुनुका साथै पढेलेखेका युवालाई कृषिमा रुचि जगाउँछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा डोजर चालकको मृत्यु
जेठ १३, २०८१ आइतबार
बूढानीलकण्ठका मेयरसहित तीन वडाअध्यक्षलाई एक महिना कैद गर्न अदालतको आदेश
जेठ १३, २०८१ आइतबार
सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब
जेठ १३, २०८१ आइतबार
दक्षिण एसियामा सबैभन्दा बढी वन क्षेत्र भुटानको, सबैभन्दा कम अफगानिस्तानको
जेठ १३, २०८१ आइतबार
राप्रपा नेपालले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान संचालन गर्ने
जेठ १३, २०८१ आइतबार
चालु आवमा थप तीन लाख जनसङ्ख्यामा सुरक्षित खानेपानी सेवा
जेठ १३, २०८१ आइतबार
चालू आवमा नेपालीको प्रतिव्यक्ति आय बढ्ने, कति बढ्यो त ?
जेठ १३, २०८१ आइतबार