ओली सरकारलाई जेसुकै गर्ने छुट छैन : प्रकाशमान सिंह
इन्द्र रिजाल
फागुन २७, २०७५ सोमबार २०:५२:१७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले सस्तो लोकप्रियता हासिल गर्ने बाहेक अन्य कुनै काम गर्न नसकेको आरोप लगाएका छन्।
गृहमन्त्री आइतबार सदनमा बोलिरहँदा जनकपुरमा गरिएको प्रदर्शनले त्यसको पुष्टि गरेको नेता सिंहले जिकिर गरे। सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले सरकारले स्वतन्त्र मधेस गठबन्धनसँग गरेको ११ बुँदे सहमतिलाई के भनेर बुझ्ने भन्ने प्रश्न उब्जिएको टिप्पणी गरे।
उनले महत्वपूर्ण र गम्भीर विषयमा जिम्मेवार भएर प्रस्तुत हुन सरकारलाई सुझाव दिए। उनले संविधानको मर्म र भावना विपरित खुलमखुल्ला मुलुकको स्वाधीता विरुद्ध भएका गतिविधिप्रति जिम्मेवार बन्न नेता सिंहले आग्रह गरे।
उनले संसदीय निर्वाचनमा आफूहरुले हार व्यहोर्नु परेपनि जन जनको मनमा कांग्रेसप्रति सकारात्मक सोच रहेकाले कांग्रेसलाई कमजोर सोचेर जे सुकै पनि गर्ने छुट सरकारलाई नभएको चेतावनी दिए। उनले दुई तिहाइको नाममा मुलुकको अहित हुने काम आफूहरुलाइै सैह्य नहुने चेतावनी दिए।
फरक प्रसंगमा नेता सिंहले पार्टी्भित्र अहिले पनि बहुमतको बलमा पेलेर जाने पद्धति बसाउन खोजिएकाले पार्टी संगठनलाई असर गरेको बताउँदै अनुसान समिति बनाउने कुरामा आफ्नो अर्काको भन्दा पनि सहमतिको आधारमा सबैलाई मान्ने हुने गरी समिति बनाउनुपर्ने बताए।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
शहरको सडकमाथि बनाइएको 'ओभरब्रिज'
असार ३, २०८१ सोमबार
ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित
असार ३, २०८१ सोमबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
भिर मौरीको मह सिकारबाट मनग्य आम्दानी
असार ३, २०८१ सोमबार
इन्धन ढुवानी चालक र सरकारबीच उद्योग मन्त्रालयमा वार्ता
असार ३, २०८१ सोमबार
लुम्बिनीमा बाल मृत्युदर घट्यो
असार ३, २०८१ सोमबार