नेप्लिज फेसन होमले मिस नेवाः नेपाल आयोजना गर्ने
नेपालबहस संवाददाता
साउन २१, २०८० आइतबार १७:५२:१८
२१ साउन, काठमाडौं । नेप्लिज फेसन होमले हरेक वर्षजस्तै यस वर्ष पनि नेवार समुदायका युवतीहरुबीचको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपाल आयोजना गर्ने भएको छ।
आगामी भाद्र ५ गते राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा नेपाल टेलिकमको मूख्य प्रायोजनमा हुने यस वर्षको मिस नेवाः नेपाल ११४३ अन्र्तगतको ट्यालेन्ट राउन्ड शनिवार दिउँसो राजधानीमा सम्पन्न भएको छ। मिस ट्यालेन्ट उपउपाधिका लागि भएको ट्यालेन्ट राउन्डको चन्द्रागिरि नगरपालिकाका प्रमूख घनश्याम गिरीले पानसमा दीप प्रज्वलन गरेर शुभारम्भ गरेका थिए।
ट्यालेन्ट शोमा सहभागी नेवार सुन्दरीहरुले नृत्य, गायन,अभिनय, वाक, वासुरी वादन, कविता वाचन, कराँतेलगायतका आफुमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन गरेर निर्णायकलाई प्रभावित पार्ने कोशिष गरेका थिए। १७औं संस्करणको मिस नेवाः नेपालअन्र्तगतको ट्यालेन्ट शोमा कृष्टी प्रजापति, तुलसी कंसाकार, तिमीला महर्जन, रितीका श्रेष्ठ, तुलसा प्रजापति, अविशा कपाली र सिचु मानन्धरले विभिन्न नृत्य प्रदर्शन गरेका थिए।
त्यसै गरी एड्रिना श्रेष्ठले नृत्यका साथमा कराँते, युनिशा महर्जनले बाँसुरी वादन, रोजिना महर्जनले बक्तृत्व कला, सुविता देउलाले नृत्य र कराँते, अन्सु प्रजापतिले नृत्य र अभिनय, रसिला श्रेष्ठ र मीनासा महर्जनले धिमे बाजा वादन, खुशी डंगोलले नेवारी कविता वाचन, रिद्धीशा श्रेष्ठले पियानो वादन तथा सकिना महर्जनले बक्तृत्व कला प्रदर्शन गरेका थिए।
सहभागीहरुले ट्यालेन्ट शोमा प्रदर्शन गरेको कला प्रस्तुतिका आधारमा निर्णायकबाट प्राप्त नामलाई प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाका दिन मिस ट्यालेन्ट घोषणा गरिने मिस नेवाः नेपालको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन्। मानन्धरले नेवारी कला, भाषा, संस्कार र संस्कृतिको जगेर्ना तथा नयाँ पुस्तालाई हस्तानतरण गर्ने उद्येश्यले १७ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गरिँदै आएको बताइन्। यस वर्षको मिस नेवाः नेपालमा१७ युवतीले अन्तिम स्पर्धा गर्दैछन्।
नेप्लिज फेसन होमका प्रमूख सल्लाहकार समाजसेवी सुरबहादुर श्रेष्ठको सभापतित्व तथा मिस नेवाः नेपाल २०२२ सलिना महर्जन, किड क्वीन इरिना महर्जन, मिस लिटील नेवाः ११४३ सुजुती डंगोल, मिस नेवाः नेपाल ११४२ सेकेन्ड रनर्सअप सेलिना प्रजापति, मिस ट्यालेन्ट श्रेया महर्जन, सोसियल वेलफेयर चिफ अद्रिशा महर्जन, नेपाल भाषा प्रशिक्षक राजु नापितको विशेष आतिथ्यतामा सम्पन्न ट्यालेन्ट राउन्डमा नेपाल क्योकुसिन सेइसिन काईकान कराँते संघ तथा विश्व क्योकुसिनका उपाध्यक्ष सिहान अशोककुमार श्रेष्ठ, लायन्स क्लब डिस्ट्रिक ३२५ एलका गर्भनर मणी श्रीरत्न बज्राचार्य, नमूना फेसन कलेजका भाईस प्रिन्सिपल जिबेश्वरलाल श्रेष्ठ, माँ बगलामुखी सहकारीका अध्यक्ष अधिवत्ता लक्ष्मण महर्जन, बक्सिङ संघका अध्यक्ष राम अवाले र नेपाल लिपी गुठीका अध्यक्ष अनिल स्थापित निर्णायक रहेका थिए। प्रतियोगितामा रोजिन शाक्य मूख्य कोरियोग्राफर रहेका छन् भने मिस नेवाः नेपाल कृषा महर्जन संयोजक रहेकी छिन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानेपाको हेरिटेज गार्डेनमा नेपाल फेसन फेस्टिबल
जेठ ११, २०८१ शुक्रबार
विश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा डोजर चालकको मृत्यु
जेठ १३, २०८१ आइतबार
चालू आवमा नेपालीको प्रतिव्यक्ति आय बढ्ने, कति बढ्यो त ?
जेठ १३, २०८१ आइतबार
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा, हिमाली क्षेत्रमा बढी असर
जेठ १३, २०८१ आइतबार
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
जेठ १३, २०८१ आइतबार
भक्तपुर अस्पतालमा पाठेघरको निःशुल्क उपचार
जेठ १३, २०८१ आइतबार
निःशुल्क स्वास्थ्य शिविरमा नौ सय जनाको उपचार
जेठ १३, २०८१ आइतबार
सरकार पेलेरै जान खोज्यो भने कांग्रेस सहेर बस्न सक्दैन : नेता सिटौला
जेठ १३, २०८१ आइतबार