एनसेल कर प्रकरण : सात दिनभित्र बक्यौता तिर्न एनसेललाई आदेश
इन्द्र रिजाल
बैशाख ४, २०७६ बुधबार १३:३७:२
काठमाडौं । लामो समयदेखि विवादित बनेको निजी दूरसञ्चार कम्पनी एनसेलसम्बन्धी पूँजीगत लाभ करको विषयबारे ठूला करदाता कार्यालयले मङ्गलवार हिसाब निकाल्दै एनसेललाई सात दिनभित्र बक्यौता तिर्न आदेश दिएका छन् ।
उक्त कार्यालयले निकालेको हिसाबमा आयकर ऐन बमोजिमको २५ प्रतिशतले हुन आउने ३५ अर्ब ९१ करोड रुपैयाँ तथा त्यसमा लागेका बिलम्ब शुल्क र ब्याज गरी कुल ६२ अर्ब ६३ करोड रुपैयाँ पुगेको देखिएको छ।
सो परिमाणमा एनसेलले पहिले तिरेको कर रकम तथा बिलम्ब शुल्क बराबरको २३ अर्ब ५७ करोड रुपैयाँ घटाउँदा हुन आउने ३९ अर्ब ६ करोड रुपैयाँ सात दिनभित्र दाखिला गर्न उक्त कार्यालयले मंगलवार आदेश जारी गरेको छ।
साथै उक्त आदेशसम्बन्धी सूचना एनसेल कम्पनीले मङ्गलवार नै बुझेको कार्यालयको प्रेस विज्ञप्तिमा उल्लेख छ। यसअघि गत साता सर्वोच्च अदालतले तीन महिनाभित्र एनसेलसँग उठाउन पर्ने कर उठाउन सरकारलाई आदेश दिएको थियो।
यसअघि सरकारले पूर्ण पाठ नआएकाले अदालतको आदेश कार्यान्वयन गर्न नसकिएको बताउँदै आएको थियो। उसले पूर्ण पाठबाटै अब एनसेलसँग कति कर असुल्न पर्ने हो भन्ने स्पष्ट हुने बताएको थियो।
अदालतले माघ २३ गते निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व बिक्री गर्दा भएको पूँजीगत लाभकर किन्ने कम्पनी आजियटा र एनसेलबाटै असुल्नुपर्ने आदेश दिएको थियो।
त्यसअघि विक्रेता टेलियासोनेरा कम्पनीका नाममा सो कर निर्धारण गरिएको र केही रकम एनसेलले बुझाएकाले लाभकर रकमका बारेमा लामो समय अन्योल रहेको थियो।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
सुनको मूल्य ६ सयले घट्यो, प्रतितोला कति ?
असार ३, २०८१ सोमबार
अल्लु अर्जुन र आमिर खान बक्स अफिसमा आमनेसामने हुने
असार ३, २०८१ सोमबार
मजदुर आन्दोलनका कारण प्राइभेट पेट्रोल पम्प बन्द, सरकारी पम्पमा थेगिनसक्नु लाइन
असार ३, २०८१ सोमबार
चट्याङ लागेर पाल्पामा एक जनाको मृत्यु
असार ३, २०८१ सोमबार
देशभरका मस्जिदमा बकर इदको रौनक: फोटोफिचर
असार ३, २०८१ सोमबार
कपनबाट ६ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ
असार ३, २०८१ सोमबार